जुम्लाका अधिकांश दुर्गम क्षेत्रका गर्भवतीहरु नजिकै प्रसूति सेवासहितको स्वास्थ्यसंस्था नहुँदा घरमै सुत्केरी हुने गरेका छन् । उनीहरू महिला स्वास्थ्य स्वयम्सेविका र सुँडेनीको भरमा सुत्केरी हुने गरेका छन् । गुठिचौर, पातारासी, तिला, कनकासुन्दरी गाउँपालिकाका लेकाली क्षेत्रका महिलाहरुले सहजै रुपमा प्रसूति सेवा नपाइरहेको दुखेसो गरेका छन् ।