कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकामा एक/एक जनाको गरि दुई जनाको मृत्यु भएको हो ।
आर्थिक वर्ष ०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । यो आर्थिक वर्ष २०८०/८१ का लागि एडीबीको अनुमानित प्रक्षेपण ३.९ प्रतिशतभन्दा बढी हो । एडीबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले यस्तो देखाएको हो ।
सेयर कारोबार मापक नेप्से परिसूचक ४९.१८ अंकले बढेको छ । दुई कारोबार दिनपछि नेप्से बढेको हो । गत सोमबार र मंगलबार क्रमश ५९.०२ र ५८.९३ अंकले घटेको थियो भने आइतबार ११.५८ अंकले बढेको थियो ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि उठेका प्रश्नमाथि निर्सत रूपमा अनुसन्धानमा सहयोग गर्नुपर्ने बताएका छन् ।
पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत संघ कास्कीले सहकारीपीडितहरूविरुद्ध प्रदर्शन गरेर रास्वपाले पीडितको पीडामाथि उपहास गरेको भन्दै आपत्ति जनाएको छ ।