सबै मन्त्रालय तथा निकायहरुले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र मुख्यसचिवबीच भएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको सूचकसहितको प्रगति विवरण हरेक महिना प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने भएको छ ।
गितेन्द्रबहादुर (जीबी) राईलगायत १७ जना विरूद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा मंगलबार चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । अदालतमा १७ जनाविरूद्ध मुद्दा दायर भए पनि चितवन प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।
केही वर्ष अघिको कुरा हो, ‘भ्रष्टचारीलाई किरा परोस्’ लेखिएको टिसर्ट लगाएर विरोध गर्ने अभियान सुरू भएको थियो । यस्तो ‘श्राप अभियान’का सुरुवातकर्ता थिए- साझा पार्टी खोलेर राजनीति गर्दै अहिले राप्रपामा प्रवेश गरेका नेता तथा पूर्वपत्रकार रविन्द्र मिश्र ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित कांग्रेससहितको सरकारले अपेक्षाअनुसारको गति लिन नसकेको सांसद तथा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताएका छन् । सरकार गठनका लागि गरिएको ७ बुँदे सहमतिअनुसार सरकार अगाडि नबढेको र कांग्रेस-एमालेले सरकार चलाउँदा निरंकुशता आउने हो कि भन्ने कुरा खतरनाक रहेको पनि कोइरालाको भनाइ छ ।
थारू समुदाय चितवनका आदिवासी हुन् । थारू समुदायका महिलाले मनाउने पर्व जितियाको यहाँका थारू बहुल क्षेत्रका टोलटोलमा उल्लास छ । जितियाको सुरूको दिन मंगलबार भरतपुर महानगरपालिका-२२ पटिहानीमा विशेष झाँकी निस्कियो ।