नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेले संविधान संशोधनलाई सरकार परिवर्तनको बहानाकारुपमा प्रयोग गरेको बताएका छन् । उनले संविधान संशोधन कांग्रेस र एमालेको एजेण्डा नै नभएको आरोप लगाए ।
सहकारीको बचत अपचलन आरोपमा पक्राउ परेका पूर्वनायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीविरुद्ध ठगी र संगठित अपराधका दफा लगाएर अनुसन्धान गर्न अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीले अनुमति पाएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले नेपाल भारत सीमा नाकामा सुरक्षा व्यवस्था थप कडाइ गरेको छ । भारतबाट अवैधरुपमा ओसारपसार हुने लागूऔषध नियन्त्रण गर्न स्थानीय प्रशासनले सुरक्षा जाच कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।