प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभाका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् । आईतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बहुमत गुमिसकेकाले संसद्ले वर्तमान सरकारलाई हटाउनुपर्ने तर्क समेत गरेका छन् ।
फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । कार्यदलले ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रधानमन्त्रीसमक्ष बुझाएको हो ।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस र एमालेबीचमा सत्ता गठबन्धन गर्ने सहमति अपारदर्शी भएको बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको व्यवस्थाअनुसार अगाडि बढ्ने पनि बताए ।
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । कांग्रेसले पर्साका जनार्दन सिंह क्षेत्री, रौतहटका सुनिल यादव, सर्लाहीका कौशल राय र धनुषाका शेषनरायण यादवलाई मन्त्री बनाउन लागेको नेपाली कांग्रेसका सांसद सञ्जय महतोले बताए ।