अविरल वर्षासँगै कर्णाली राजमार्गको कालिकोट र दैलेख खण्डमा पहिरो गएपछि सयौं सवारीसाधन अलपत्र परेका छन् । सुर्खेत, नेपालगन्जदेखि कालिकोट, जुम्ला र मुगु आउने अनि कालिकोट, जुम्ला र मुगुदेखि सुर्खेत नेपालगन्ज छुटेका सयौं सवारीसाधनहरु अलपत्र परेका हुन् ।
गाैरीशंकर गाउँपालिका-९ मा राेल्वालिङ खाेलामा आएकाे बाढीले ८ घर बगाएकाे छ । बाढीले डाेगाङमा हाेटल व्यवसाय संचालन गर्दै आएकी ६५ वर्षाया जाङमु शेर्पा बेपत्ता भएकी छन् ।
नेकपा (एकीकृत समाजवादी) ले २९९ केन्द्रीय सदस्य चयन भइसकेपछि मात्रै पदाधिकारी टुंगो लगाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको पार्टीका नेता जगन्नाथ खतिवडाले बताए ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सहकारी प्रणालीमा देखापरेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीका समस्या समाधान गर्नका लागि आर्थिक, राजनीतिक क्षेत्रमा निर्मम ढंगले सुधार गर्न जरुरी रहेको बताए ।