८ असार : रौतहटको मौलापुर–६ पथरा बुधरामबाट भारतको बिहारका २० वर्षीय मोनुकुमार जैसवाल कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ परे । पक्राउपछि थाहा भयो, उनी घोडासहनमा सक्रिय ‘बाबा ग्याङ’ नामको आपराधिक समूहमा रही लुटपाट, हत्या, भन्सार चोरी तस्करीमा संग्लन रहेछन् ।