भलादमी जगत्का निम्ति गायक भिटेन कुनै ‘आतंक’ भन्दा कम छैनन् । किनभने, ‘सडक वाङ्मय’ अन्तर्गत पर्ने उनका गीत (र्याप) मा शिष्टता, शालीनता, संस्कारजस्ता भलादमी तत्त्वहरूको धज्जी उडाइएको हुन्छ । भिटेन भन्छन्, ‘सक्ने भए मलाई यो देशका जेन्टलम्यानहरूले देशै निकाला गर्थे होलान् । जेलमा त जाकी नै हाले ।’