Nepali payment system operators say they will soon begin the service in India. The daily transaction limit for merchant payment is Rs15,000 or Rs100,000 per month.
नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा २ जना मात्र उपस्थित भएपछि राष्ट्रिय योजना आयोगको संयोजकत्वमा गठित अध्यक्ष छनोट सिफारिस समितिले उक्त प्रक्रिया शुक्रबार रद्द गरेको हो ।सूचनामा प्रक्रिया रद्द गर्नुको कारण कारण केही बताइएको छैन ।
कर्णाली प्रदेशसभा बैठक शुक्रबार पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमाथि आपत्ति जनाउँदै बैठकमा अवरोध गरेको हो । आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि सदनमा छलफल सुरु भएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरी ‘सिधाकुरा डटकम’ मा ‘डार्क फाइल’ नाम दिएर फेक सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्ने तीनजनाविरुद्ध काठमाडौैं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।