शुक्रबार बेलुकादेखिको वर्षा, बाढी र पहिरोका कारण सिरिजंगा गाउँपालिका-६ मामांखेका २२ परिवार विस्थापित भएका छन् । २४ वटा घर जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । पहिरोले पाइप बगाएपछि यहाँका तीन सय बढी घर खानेपानीको समस्यामा परेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रका विकृति अन्त्य, सामाजिक सुरक्षा प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा देखिने गरी आफ्नो नेतृत्वमा कार्यसम्पादन भएको दाबी गरेका छन् ।
सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ बचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरी नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।