नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सुरुकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्नचिह्न उठ्नेगरी ल्याउन नहुने बताएका छन् ।
एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले नागरिकतासम्बन्धी प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु आवश्यक नरहेको बताएकी छन् ।
प्रारम्भिक बालविकास शिक्षा (इसीडी) सुधारको माग राख्दै १० दिनदेखि माइतीघर मण्डलामा उभिएका समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले इसीडी शिक्षा सुधारको मागमा शिक्षामन्त्री सुमना श्रेष्ठले बेवास्ता गरेको आरोप लगाएका छन् ।