~चौतारी १९९~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~  चौतारी १९९ ~ आउनुहोस् आउनुहोस् आगामी अंकमा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्!!!!     हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ! सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Perfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते, spoken- स्पोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 199 editions. Last edited: 10-Aug-10 08:43 AM

perfectionist · Aug 10, 2010 8:27 AM · 178,305 views

178 Replies

म बोर फस

बिस्टे · Aug 10, 2010 8:35 AM

ए एता पुरे केटो ले गज्जप को चौतारी खनी सकेछ, मैले उता अर्को ठड्याको थिए,लुकाइदिये। अनी खै त ठुल्दाइ कता जानु भो, मंगलवार बगलामुखी जानु को रमाईलै अर्कै,मखुला ठुल्दाइ। ल चिया पिउन जाउ बरु हिन्नुस्,पुरे गणेशथान तिर हिन्यो जस्तो छ्।

बिस्टे · Aug 10, 2010 8:36 AM

नयाँ चौतारीमा नयाँ तारेमाम। तारेमाम बिस्टे काजी, छोरो जस्तै गफाडी बनोस ।।

rahulvai · Aug 10, 2010 8:39 AM

तारेमाम पुरे , छिट्टै झ्याइँ होस् ।

rahulvai · Aug 10, 2010 8:42 AM

तारेमाम तारेमाम पुरे त्यो बिच को प्यारा मा १९९ गर्न बिर्सेंछौ,अरु काइदा को छ्। अनी खै कता लुकिरा? ठुल्दाइ मलाई आसिक दिनु भा हो लोल हो हो झट्टै झ्याइ होस् पुरेको एही मङ्सिरै मा ल जा त।

बिस्टे · Aug 10, 2010 8:43 AM

  ल पुरे महाराजले नयाँ चौतारी चिनिसकेछ, महाराजलाई धन्यवाद अनि तारेमाम बिष्ट काजी र ठुल्दाईको साथमा, अनि नयाँ चौतारीमा नयाँ औतारीहरु त देखिएका छैनन् नै तर पुरानाहरु पनि धेरै गयल छन्, साइलीको हातको सकुन खाएर धेरै घायल भएर हो कि क्या हो?   Last edited: 10-Aug-10 08:50 AM

Geology Tiger · Aug 10, 2010 8:45 AM

तेइ सब मिलाउँदै थें दाई, त्यो meet the world's finest तिर त कस्तो गन्जागोल भा रेछ, एस्सो सफा गरुम भनेको त तिरिमिरीझाइँ भो, आSSSSSS भनेर एसै छोड्डिएं। अब २०० बनाउने ले घच्चीको बनाउँदा मिलाउनी। त्यो स्पोके ब्रो नि हाल्दिएँ मैले, जैलेइ कोम्प्लेन गर्थे बुढा, अब हाइ-सन्चो भो होला भन्ने मान्या छु। कसैले भेटे भन्दिनु है। ठुल्दाइ र् बिस्टे काजिलाई प्रणाम। ठुल्दाइ त्यो लहरेको त भा छैन, मेरो के हत्तार, मखुला? ह्याँ बिस्टे दाई, काँ भक्खरको बालखलाई एइ मंसिर भनिरा, रमाईलै गर्न पा छैन, यस्सो घुम्-घाम गरुम, शहरहरु घुमुम, अनी दार्ही जुनगो पलाएछी गर्नी नि, बिस्टे काजी जस्तो झप्पक्क पार्न पर्छ दार्ही अनी गर्नी हो। खै कुरो बुझ्या।

perfectionist · Aug 10, 2010 8:50 AM

जिटे ब्रोलाई नि प्रणाम, लेख्दा लेख्दै आइसकेछन

perfectionist · Aug 10, 2010 8:51 AM

पुरे त्यो त गन्जागोलै छ,मैले नि पहिला गर्न ला हो तर छाडिदिए जिते तारेमाम है,हैन तिम्रो त्यो तस्बिर कल्ले खिच्या ह,गचप छ है। के को बालख नि पुरे अब बालख को बाउ हुन चै लायकका छौ। त्यो तिमी ले भन्या सप्पै गर्न थालेउ भने त दारी जुगाँ नि फुल्छ,अहिले का तरुनी हरु नि बुढी हुन्छन तेसैले बिलम्ब नगर।

बिस्टे · Aug 10, 2010 9:08 AM

हैन दाई, त्यो लहरे जत्ती बुढो भेछी गर्नी हो क्या, ऐले अलिक बेला नि भा छैन। यत्रा दाई-भाउजुहरु छन, खोज्दिन्छु भन्या छन पर्या बेलाँ मैली बज्यैले भन्या नि एक बर्खै हुन लायो, बेला भेछी सोध्न जानी हो क्या, कोइ न कोइ त पक्कै नजरमा राख्या होलिन केरे भन्ने मान्या छु बिस्टे दाई, त्यो फोटो क्या, किन तल सम्म आको मेरो, एेत्रो सानो thumbnail बना'र राख्दा नि तल सम्मा लत्रेको छ बा, सान ब्रोको कुरै बुझी नसक्नु छ

perfectionist · Aug 10, 2010 9:25 AM

तारेमाम जिते , त्यै त पुराना औतारिहरु हराए साइली माइली को भट्टी मा हो कि साइली माइली को.............................. मा , सोध कार्य गर्नु पर्ला जस्तो छ ।   दोस्रो शतांक को संघारमा यस्तो सन्नाटा ?? यो त भेन नि ? आयोजक समिती निस्कृय छ । तात्नु पर्‍यो। पुरे लहरे बैरे रामे ।  

rahulvai · Aug 10, 2010 9:32 AM

हा हा  एस्मा सान ब्रो को कुनै गल्ती छैन पुरे,तिमी मान्छे लामो,फोटो नि लामो सबै थोक लामो भर होला हा हा हा।

बिस्टे · Aug 10, 2010 9:34 AM

ए ठुल्दाइ नि आईसक्नु भएच,एसो एक दुइटा कबिता, सबिता, नमिता राख्नु न ठुल्दाइ अनी आउछन। म त भागे।

बिस्टे · Aug 10, 2010 9:37 AM

तारेमाम पुरे, ठुल्दाइ, बिस्टे काजी, बाघे, कहाँ अहिले नै बिहे गर्छ यो पुरे ले - पहिले केटो लाई दुई चार जना सँग घुम्न त देउ - दुई चार जना आईमाई साथी बनाउ न त देउ दुई चार जना अइवा मै चाहियो आईमाई साथी - १०-२० चोटि त्यो हस्तिनापुर गा जस्तो पानी को १० रुप्पे पर्ने ठाउँ मा जान त देउ - एवम प्रकार ले - २०-४० जना तरुनी सँग लसपस/संगत गरिसकेपछी बल्ल पुरे ले बिहे गर्छ सुकुमारी सोझी केटी लाई त्यो पनि लोप सप गरेर होइन नी - घर बाटै खोजेर - केटो सोझो छ - लोप सप भन्या त मोजमस्ती को लागि मात्र हो क्या - बिहा गर्न त घर बाट वा आफुले भन्दा ठुलो ले खोजेकै गर्नु पर्छ यो हाम्रो सोझो ज्ञानी भलादमी पुरे लाई त्यो भन्दा बढी त के तारिफ गराइ भो र   

serial · Aug 10, 2010 9:37 AM

तारेमाम लहरे , लौ २०० अंक तयारी समितिको अध्यक्षज्यू पनि आउनु भयो ।   मिटिङ सिटिङ राखेर भब्य रुमा नब्य दिन सम्म मनाउने कार्यक्रम बनाउनु पर्‍यो ।    पुरे ले पुरा पुर सहयोग गर्ने छ ।

rahulvai · Aug 10, 2010 9:45 AM

हैन ठुल्दाइ पहिला एउटा सुचना नै निकालम न सबै हाजिर गर्नु पर्ने नत्र हुस्सु दण्ड पाउने अब हुस्सु दण्ड भन्या के हौ भन्लाउ त्यो चाँही म बिस्तारै भन्दै गरम ला यो पुरे लाई लाई २०० अंक को समारोह मा जुस बोई बनाउनु पर्ला अब केटो बच्चै भएकोले एस्तो काम गर्न अली जाँगर उठ्छ पुरे लाई

serial · Aug 10, 2010 9:52 AM

जत्खेर नि टन्टै टन्टा...झ्याँक्नी  जिन्दखी... चैनी, तेस्सिम्या काल कैले मुन्टनी हो? लु, तरेमाम है!

Poonte · Aug 10, 2010 9:55 AM

तारेमाम पूण्टे दाई । के टन्टा आइपर्‍यो त्यस्तो ?  जिन्तखीमा टन्टा आएन भने मान्छे र भन्टा के फरक भो । त्यो टन्टा लाई फ्यान्टा सरि पिइदिनुस् , जिन्दगी लाई यसरी नै जिइदिनुस् । तारेमाम ।

rahulvai · Aug 10, 2010 10:06 AM

तारेमाम पुन्टे दाई टन्टा सन्टा भयो भने चिन्टा बोकेर अलेक निरनजन भन्नु पर्छ रे -

serial · Aug 10, 2010 10:17 AM

sabai lai namaste!! Ani Pure, timro bya ma malai ni bolau hai.. Bihe ko bhoj khana napako jug bho aafule  !!

cheli · Aug 10, 2010 10:49 AM

विश्व सुन्दरिहरुको फोटो हेरेर आँखानै तिरीमिरी झ्याइँ भो गान्ठे । चिया सिया भै सकेको हो सप्पैको , मेरो चै भयो है , एक थर्मस चिया बल्ल सकियो, जेठि मैयाले अर्को थर्मश बनाउदै छे दिउसोको लागि। सप्पैलाई तारेमाम , जदौ अनी नमस्कार , हो त है चेली जन्ती बाख्रो नखाको नि धेरैनै भो है ।  

Harka_Bahadur · Aug 10, 2010 10:56 AM

हाइइइइइइइइइइ ......... कस्तो निन्द्रा लागेको हो ......... ल सब्बै औतारिहरुलाई मेरो प्रणाम है ........ अनी पुरे लाई एउटा कुरा भन्न मन लाग्यो ....... माइली बुढी को भर नपर है ...... यहाँ जिते पनि छ .... त्येस्लाइ त २-३ बर्ष हुन लागिसक्यो खोजिदिन्छु भनेको ...... औँला भान्ज्दै गन्यो भने हाथको औँला पुग्दैन, त्येति लाई भनेकी छीन माइली बुढीले खोजिदिन्छु भनेर ......... बिचरा जिते अझै आश गर्दै छ ......... पुरेको नि त्यही हालत हुने भयो ......... ल अब एक्छिनमा आउन्छु ...... आयिन भने भोली आउन्छु ..... Last edited: 10-Aug-10 11:11 AM

ramronepal · Aug 10, 2010 11:11 AM

तारेमाम चेली, हर्के दाई, रामे सबै हसुर्न गयो कि के हो कता लागे त सबै -  

serial · Aug 10, 2010 11:35 AM

perfectionist · Aug 10, 2010 11:35 AM

चेली, लहरे, हर्के दाई, रामे, पून्टे दाई लाई प्रणाम लु खा'म! मैले ल्याएँ आज। माम नखानेलाई सालद नि छ। रामे, त्यो बज्यैको कुरो त मलाई नि थाहा छ नि, तर बज्यै ले मलाई स्पेसल ग्यारेन्टी द्या छन, रामे, जिटे भन्दा पैले मलाई खोज्दिन्छु भन्या छन। म त पुरै ढुक्कै छु, केइ नभे हाम्रो ठुल्दाइ छ, ल ठुल्दाइ अब बेला भो भन्न मात्र पर्छ, ठुल्दाइले लाइन लगाइ दिन्छु भन्या छन, तेइ भेर हत्तार छैन। बरु सब मिलेर त्यो लहरेको उपकार गर्दिन परो, केटो सुध्रेला कि ब्या भेछी त, तेइ भेर उस्का लाई चाइँ खोज्दिनु बरु। i can wait!

perfectionist · Aug 10, 2010 11:39 AM

असत्ती पुरे भोक ला भेला खाना को फोटो हाल्दो रैछ अहिले म: म: को फोटो टास्दिम हो हो

serial · Aug 10, 2010 11:39 AM

हन डढेको प्याज ख्वाउन लायो पुरे ले सपलाई मंगलबारे गन्नुमय जदौ पुरे, ठुल्दाइ, बिस्टे, लहरे, चेली, रामे, हर्के, पुन्टे दाई र जितेमा ! ब्यान देखी एक्छिन टाउको उठाउने फुर्सत भा' होइन ! अहिले नि टाउको निहुराएरै लेख्दै छु ! गफिदै गरम है औतारी हो !

ritthe · Aug 10, 2010 11:42 AM

पुरे पातकी भन्या कुरा केही गर्ने होइन अहिले यहाँ आएर ट्यार ट्यार गरेर बस्छ -  

serial · Aug 10, 2010 11:43 AM

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम रामे, चेली, हर्के , रिट्ठे । बिहे को कुरा गर्दा लहरे र पुरे को कम्पिटिशन गराउनु पर्छ, (एउटा गोप्य मन्त्र पनि छ म सँग,)  भोली के भरे नै गर्छु भन्छन दुबै जनाले ।  तर घरजम् गर्न लाई नि घर हुनु पर्‍यो, भर हुनु पर्‍यो भनेर मध्य रातमा म्याद थपिदिएको छु । कम्ता हतार भाको छ तिनलाई, भन्ने बेला मा मेरो बेला भा छैन । मुटु माथि ढुंगा हैन फलाम राखी सलाम  गर्दै छन।  

rahulvai · Aug 10, 2010 11:50 AM

भोक लाग्यो के हानी के हानी भो

ritthe · Aug 10, 2010 12:22 PM

कल्लाई हान्ने ? दुष्ट लाई भे जुत्ता हानुम। आँफैलाई भे फुलबुट्टा ।

rahulvai · Aug 10, 2010 12:24 PM

के खानि के खानि भन्या ठुल्दाइ ! आउनु उता ससुराली गाम तिर जाम ! म नि उतै छु

ritthe · Aug 10, 2010 12:44 PM

अख्खि चौतारीके पब्लिक लोग को अपुनका जदऊ!

Birkhe_Maila · Aug 10, 2010 12:48 PM

अब्बे क्या बोलरेहेला रे बिर्खा सिंह? सड्डे मोहोल्ले मै सन्नाटा छागया

ritthe · Aug 10, 2010 1:11 PM

क्या बोलरहा हे हे नि अब कोइ छैन कता गया सबै सब खारहा है लागिराछ खै के खै के -

serial · Aug 10, 2010 1:20 PM

भोग लगरिया है मामु! Last edited: 10-Aug-10 01:41 PM

perfectionist · Aug 10, 2010 1:31 PM

पुरे ले लेखेको त केही देखेन दुई चोटि इन्टर प्रेस गरेर मात्र पोस्ट गर पुरे - सुन्या हो

serial · Aug 10, 2010 1:32 PM

पुरे लाई कसै कसैले चिच्याउने बाकसमा HI भन्देउ रे ल त्यही भन्दै छु मैले ल

serial · Aug 10, 2010 1:33 PM

RIP - Ted Stevens and all others who died in Alaska Plane Crash

ritthe · Aug 10, 2010 1:38 PM

ल एस सबै चौतारीका ज्ञात अग्यात औतारी हरु लाई यो TMS को सादर् प्रनाम ल आज एउटा जोक  एक जना केमिस्ट् एक जना बायोलोजिस्ट  र एक जना एलेक्त्रिकल इन्जिनिएर लाई अमेरिकामा म्रितुदण्द को सजाये भएछ , एलेक्त्रिकल चेअर मा राखेर, म्रितुदण्दको दिन पहिला केमिस्ट् को, दोस्रो बायोलोजिस्ट को र लास्ट  एलेक्त्रिकल इन्जिनिएरको पालो  रेछ म्रितुदण्द दिने मान्छे केमिस्ट संग: तिम्रो केही भन्नु छ? केमिस्त: छैन म्रितुदण्द दिने मान्छेले केमिस्ट् लाई मेचमा  राखेर  electricity  on गरेछ, केही भएन छ, केही नभएपची म्रितुदण्द पाएको मान्छे लाई जिउदै छोड्न पर्ने निएम  रहेछ, केमिस्ट् छुटेछ म्रितुदण्द दिने मान्छे बायोलोजिस्ट संग: तिम्रो केही भन्नु छ? बायोलोजिस्ट: छैन तेस्पछी म्रितुदण्द दिने मान्छेले बायोलोजिस्टलाई मेचमा  राखेर  electricity  on गरेछ, केही भएन छ , त्यो पनि छुटेछ एलेक्त्रिकल इन्जिनिएर यो सब बहिर कोठामा बसेर हेरी रको रेछ लास्टमा  एलेक्त्रिकल इन्जिनिएर म्रितुदण्द दिने मान्छे एलेक्त्रिकल इन्जिनिएर संग: तिम्रो केही भन्नु छ? एलेक्त्रिकल इन्जिनिएर: (कत्तिन जान्ने बन्दै) त्यो तिम्ले बिजुली को मैन स्वित्च नै on गर्न बिर्स्या छ आनी कसरी एलेक्त्रिकल chair ले काम गर्छ त म्रितुदण्द दिने मान्छे: Oh thank you very much भन्दै मैन switch on गरेछ तेस्पची के भो आँफै अनुमान गर्नुस्    

timi_mero_sathi · Aug 10, 2010 1:44 PM

तारेमाम बिर्खे बुढा । एक झलक मै अलप ?? भेन नि ?? तारेमाम साथी। जोक दामी गयो ।

rahulvai · Aug 10, 2010 1:54 PM

perfectionist · Aug 10, 2010 5:59 PM

timi_mero_sathi · Aug 10, 2010 6:46 PM

For  classic lovers

timi_mero_sathi · Aug 10, 2010 8:46 PM

This song reminds me of good old days.

Harka_Bahadur · Aug 10, 2010 9:00 PM

झिरमा उनिनु त्यो एउटा कुरा, पिरमा उनिनु त्यो अर्कै कुरा , नभिज्ने आँखा कस्को छर तर झर्नु नझर्नु त्यो अर्कै कुरा ।

Harka_Bahadur · Aug 10, 2010 9:08 PM

छितिजको अग्लाई नाप्छु भन्थे कि तिम्रो उचाइ पनि छुन सकिन , सपना देख्थे ठुला ठुला तर म केही पनि हुन सकिन।

Harka_Bahadur · Aug 10, 2010 9:12 PM

दीप श्रेष्ठको बुडिले स्वोर पनि मिठो छ।

Harka_Bahadur · Aug 10, 2010 9:18 PM

खुशी त कहाँ जित्न सकिन्छ जिन्दगी हारेर , क्या क्या गीत भन्देखुन , एभर ग्रिन ।

Harka_Bahadur · Aug 10, 2010 9:25 PM

जिन्दगी बित्यो saahaara सधैं आशुको लिएर , उजाड रह्यो जीवन तेसै दु:खमा जिएर । arko mutu kachelaa hune geet hai.......

Harka_Bahadur · Aug 10, 2010 9:29 PM

To all broken hearted people from chautari..........

Harka_Bahadur · Aug 10, 2010 9:41 PM

दीप श्रेष्ठको सदा बहार हिट गीत ।

Harka_Bahadur · Aug 10, 2010 9:52 PM

Harka_Bahadur · Aug 10, 2010 10:04 PM

Harka_Bahadur · Aug 10, 2010 10:07 PM

Missing Nepal a lot , wanna go home................

Harka_Bahadur · Aug 10, 2010 10:17 PM

aajko last geet, mero Nepal.........

Harka_Bahadur · Aug 10, 2010 10:32 PM

शुभप्रभात । ए उठ हो जाग हो .... आज त घाम नि लागेको रहेनछ ..... बादल ले धाकेको रहेछ ...... हर्के .... सञ्चै छौ ? रात भरी निन्द्रा परेनछ ? जाहन परिवार लाई त ठिकै छ ? ठुल्दाइ त क्लासमा होलान, कबिता फुर्छ कि भनेर यता उती हेर्दै मन कसैलाई दिएको जस्तो गर्दै होलान क्यार .... बिस्टे बुढा उठेर छोरा लाई रटाउँदै होलान ..... आज यो यो औतारिलाई यो यो गफ दे है बाबु भन्दै .... पुरे, लहरे, बैरे, रिठ्ठे को त के कुरा गराइ भयो र ....... हिजो पनि जाल मा कोही परेन भनेर मन मा अनेक कुरा खेलाउँदै ढिला सुतेका होलान ...... अझै सुतिरहेका छन ....... ओये पुरे ..... कती घुरेको ..... जिते को त के कुरा गराइ भयो र ....... न आफु सुत्छ न अरुलाई सुत्न दिन्छ .... २ बजायो ए गाँठे हिजो को रात त ....... ल आम्दा जाम्दा लाम्ला पिरती .....

ramronepal · Aug 11, 2010 7:59 AM

खाना काल रामेचा। को घुर्यो? म त अघी उुथेर मर्निङ वक गएर आको, तिमी त फ्वाँ-फ्वाँ सुतिरा थियौ म जाँदा, हल्ला गर्नी नि सिमा हुन्छ नि। लु दुध तताएर आउँछु, भोक लायो, तिमी केटी ढुकेर बस बज्ये! प्रणाम तर जे होस्, TMS र हर्के दाईले चाइँ बबाल गाना बजाको रेछन हिजो। म चाइँ यै सुन्दै दुध बिस्कुट खानि भएँ, धन्यापात

perfectionist · Aug 11, 2010 8:17 AM

कसरी थाहा पाएको पुरे ले म खाइरहेको छु भनेर ..... खाना काल नै भयिएको छ .... के गर्नु ....... मर्निङ वाक रे ........ हे हे हे ........ बेडरूम बाट बाथरूम सम्म होला होइन ....... कसलाई सुनाएको हो पुरे ? कोइ तरुनी आउँदैनन चौतारीमा .............. उही बुढा ठुल्दाइ र बिस्टे काजी आउने हुन ....... केही काम छैन .... जिम गएनी भन्न पर्दैन यहाँ .... बरु थुतुनो किताब मा भने काम लाग्छ कि ....... बिचार  गर है पुरे बाबु ......

ramronepal · Aug 11, 2010 8:25 AM

गूड् मर्निङ चौतारी तारेमाम राम्पुरे .. ब्यान ब्यान देखी के ट्यार ट्यार गर्छ भन्या त यो रामे फतफताइ रा रछ, आज त सखारै उठेछौ नि रामे,हिजो कुरो भा थ्यो कि कसो। बढा चुस्ती फुर्ती छ आज? ठुल्दाइ को टिरेन को चक्का पञ्चर भा जस्तो छ् आज। अरु कता मुन्टेछन?

बिस्टे · Aug 11, 2010 8:47 AM

गूड् मर्निङ बिस्टे .... म त सधैं सखारै उठ्छु नि ..... ठुल्दाइ कता गएछन आज ........ अनी अरु भात मारा हरु कता गएछन कुन्नी ......

ramronepal · Aug 11, 2010 10:16 AM

  शुभप्रभात चौतारी! तारेमाम रामचा, बिष्ट काजी र पुरे, साथै ठुल्दाइ, रिठ्ठे र लहरेलाई अग्रिम तारेमाम! कुरो र कुलो जता लगे पनि जान्छ, यदी हामी सबै खानाको काल हौ भने कालको खाना पनि हौ, तर अहिले चाँही म एउटा ठूलो कप भरी चिया लिएर स्वाद लिई स्वाद लिई खाँदै छु। मलाई यो चिया खाँदा बिस्कुट सिस्कुट केही पनि खान मन पर्दैन। चियाको असली स्वाद त चिया मात्र लिएर खादाँ आउछ कि कसो?   

Geology Tiger · Aug 11, 2010 10:27 AM

हन के भाका यि औतारिहरु कती छुच्चो मुख गर्न सक्या हुन? यो रामे त झन एक नम्बरको छुच्चो मुख छ ! तेइ भएर चिच्याउने बाकसमा नि कोइ नि बोल्दैनन् रामे सँग ! यसो कैले काही त सोझो साझो कुरा गर्नु (म जस्तै) ज्ञान गुन को कुरा गर्नु ! खाली तरुना र तरुनी भन्या छन तेत्ती हो ल सबैलाई नमस्ते गरे है हृदय देखी नै !

ritthe · Aug 11, 2010 10:33 AM

जदौ जिते ! जिते र मेरो त फेरी ठ्याक्कै ३६ को आँकडा रैछ ! म चाँही चिया तेस्सै छिर्दै छिर्दैन घाटिबाट बिस्कुट चाँहीहाल्छ ! कतै पहुना लाग्न जानु पर्‍यो भने पनि खल्तीमा १ पुरिया बिस्कुट राखेर जान्छु अनी चिया दिने बित्तिक्कै खल्ती बाट एउटा बिस्कुट निकालेर चोपिहाल्छु

ritthe · Aug 11, 2010 10:36 AM

तारेमाम रामे, पुरे, बिस्टे काजी, बाघे, रिट्ठे बिजी भएर ल्यायो भन्या - दिक्कै लागिसक्यो मिल्या काम नी बिग्रिरा छ - के हो के हो कुन चाँही पातकी को आँखा लाग्यो देखाउन जानु पर्‍यो जस्तो छ -

serial · Aug 11, 2010 10:38 AM

तारेमाम गाम्लेहरु बुधबारे हस्याङ फस्याङ्गे जदौ । ट्रेन को पाङ्रा पञ्चट भएको ठीक साँचो हो। ब्यानै देखी ट्रेन चलेको छैन ।  बैकल्पिक बाटोबाट अड्डा आउँदा २ घण्टा लाग्यो। किलास नि छुट्यो , गिलास नि छुट्यो। । अहिले फेरी ल्याब छ । लौ त फुर्सद मा सप्पैलाई तारेमाम भन्न आउँला।

rahulvai · Aug 11, 2010 10:50 AM

जदौ! मैले त उता भोट खसालेर आएको निकेतानन्द ढकाललाई!  

Birkhe_Maila · Aug 11, 2010 12:30 PM

रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम बिर्खे बा, लहरे, रिट्ठे, जिते , रामे बिस्टे , पुरे । खै यस्तो ताल ले के २०० अंक मनाउछ गाम्ले ले , जाँगर साँगर नै छैन गाम्लेको । ११.५० मा मेरो पोस्ट पछी १.३० मा बिर्खे बा को ।

rahulvai · Aug 11, 2010 12:54 PM

छ्पनीले छान् छान् डबकीले हान् डबकीको निगारले लाग्यो मलाई बाण बुधवारे जदौ सबै गाम्लेहरुलाई। हर्केले गंगा बरदानको पुरानो गीत राखेको रहेछ, बंगूरको मासुसँगै निगार घुट्काउन छटपटी भए जस्तो छ बज्जेलाई। बिर्खे बुढो पनि आज कताबाट आइपुग्यो भन्या त भोट खसालेर आउँदा बाटो परेको रहेछ। ठुल्दाइ, टिरेन नचलेको किन नि? लोडशेडिङ कि कर्मचारी हड्ताल? बाउचा, काम मिल्छ चिन्ता नगर। श्याम शरण आएर केही भएन तर के भि राजन पनि आएका छन् अब ठीक हुन्छ। म चाँही चिया तेस्सै छिर्दै छिर्दैन घाटिबाट बिस्कुट चाँहीहाल्छ ! कतै पहुना लाग्न जानु पर्‍यो भने पनि खल्तीमा १ पुरिया बिस्कुट राखेर जान्छु अनी चिया दिने बित्तिक्कै खल्ती बाट एउटा बिस्कुट निकालेर चोपिहाल्छु लोल रिट्ठे सर, लोल। जीते, के भनेको त्यस्तो? अहिले ठुल्दाइले सुन्नुभयो भने भन्नुहुन्छ, "चियाको असली स्वाद त चिलिमसँग खाँदा पो आउँछ, मखुला?" रामे त खोइ, लाग्यो होला समुन्द्रको किनारतिर। पूरे र बिष्टेको चाँही के छ नि खबर?           

chipledhunga · Aug 11, 2010 12:57 PM

samarthan · Aug 11, 2010 1:05 PM

तारेमाम चिप्ले सर, समर्थन जी । हो हो चिप्ले , चिया चुरोट बिना अधुरो नै हुन्छ, जस्तो सीता बिना श्रीराम, राधा बिना कृष्ण आधा भने जस्तै ।

rahulvai · Aug 11, 2010 1:46 PM

  लौ चिप्लेगुरु पनि पाल्नु भएछ, तारेमाम! अब चिया र चुरोट सँगै खानेहरुको त कुरै बेग्लै भयो नि! ठुल्दाइले भने जस्तो राम र सिताको जोडी, तर मेरो मनमा धेरै अघिदेखि लागि रहेको जिज्ञासाको जवाफ दिएकोमा रिठ्ठेलाई पनि साधुबाद। अस्ति बोस्टोनमा रिठ्ठेसँग भेट हुँदा एकै चोटि गुल्कोज, थिन आरारोट, सोल्टी, पाइनआप्पल, बटरक्रेकर जस्ता विभिन्न नेपाली बिस्कुटहरुको हवारहवारती बास्ना आएको थियो। म त एक क्षण कहाँबाट के आयो भनेर दङ भएको! अब कसैलाई केही सोधु भने पनि बिस्कुटे भन्लान् भन्ने डर, अहिले आएर पो थाहा भयो सारा बिस्कुटको बास्ना यही रिठ्ठेको गोजीबाट आएको रहेछ। अनि रिठ्ठे महाराज अरु गोजिहरुमा के के राखने गर्नु भएको छ? जे होस् बन्दबस्तीको सबै समानहरु हुन्छ जस्तो छ, राती बास बस्नको लागि.....   ल है असली खजाना त रिठ्ठे महाराजको गोजी पो रहेछ। सबैलाई चेतना भया।  

Geology Tiger · Aug 11, 2010 2:05 PM

Geology tiger, are you able to sell house

8847 · Aug 11, 2010 2:09 PM

jadau !!!!

baire · Aug 11, 2010 2:09 PM

हँसायो जीतेले। रिट्ठेलाई बर्गन्डे भनिरहेको त बिस्कूटे पो परेछ त। ८८४७, अलि कुरो बुझिएन है। चिया बिस्कूटसँग घर बेच्नेको के सम्बन्ध हौ? बैरे, जदौ। 

chipledhunga · Aug 11, 2010 2:23 PM

लहरे, ठुल्दाइ, जिम्माल, चिप्ले, जिते र बैरे लाई पनि साझाकै सबै भन्दा सोबर रिट्ठे को जदौ ! जिते राती बास बस्न को लागि के? एअर बेड त बोकेर हिड्दिन है म ! लोल बैरे मान बर्थ्डे देखी त गायब छ नि ब्रो ! केक ख्वाउनु पर्छ भनेर हो?

ritthe · Aug 11, 2010 2:24 PM

"Why Can't a Woman Be More Like a Man?

timi_mero_sathi · Aug 11, 2010 6:47 PM

perfectionist · Aug 11, 2010 7:00 PM

perfectionist · Aug 11, 2010 7:11 PM

perfectionist · Aug 11, 2010 7:14 PM

perfectionist · Aug 11, 2010 7:15 PM

perfectionist · Aug 11, 2010 7:19 PM

perfectionist · Aug 11, 2010 8:18 PM

perfectionist · Aug 11, 2010 8:56 PM

perfectionist · Aug 11, 2010 9:02 PM

गूड् मर्निङ चौतारी तारेमाम आँफैलाई। ठुल्दाइ आईपुग्नु भारैन्छ त ,हिजो त टिरेन को चक्क जाम आज के हो नि ? लौ म धुर्ब्या पसला छु है उतै आउनु।

बिस्टे · Aug 12, 2010 7:38 AM

तारेमाम गाम्लेहरु ! बिहिबारे बगलामुखिय जदौ । तारेमाम बिस्टे , एका ब्यानै ध्रुब्या पसल मा ?? गणेश स्थान जाने हैन, आज त चाबहिल जाने बिचार  छ मेरो ।

rahulvai · Aug 12, 2010 8:06 AM

कठै बरै गोरु मरो तेई पनि उत्तानो टाँड पारि कठै बरै साउले लगो ज्यान पाल्ने यो धुरी घरबारी जदौ! यो बिर्खे माईलाको!!

Birkhe_Maila · Aug 12, 2010 8:10 AM

ज्या मैले त आज बिहीवार भन्ने नि भुलिछु,बुढेस्काल भएसी सुद्धी हरौदो रईछ भन्या एही हो एह सौधी ज्यु नि पाल्नु भच खुट्टो खोछ्यौदै,के भो खुट्टो सौधी ज्यु ल जाम न त जाम ठुल्दाइ तीन जवान हरु गणेशथान। बगलामुखी त बैरे पुरे लहरे जस्ता बुढाहरु जान्छन,

बिस्टे · Aug 12, 2010 8:24 AM

जदौ! सम्धीज्यू! जाम त नि गन्थान् एकछिन्। मलै त चाइन्तो ब्यान ब्यानै गन्थानमा नानीहरुले पुजाआजा अरेओ देख्दा मन चङ्गा हुन्छ गाँठे, अब धर्म कर्म कल्लाई मन पर्दैन त हाउँरो उमेराँ, कि कसो?!

Birkhe_Maila · Aug 12, 2010 8:37 AM

तारेमाम ठुल्दाइ बिस्टे काजी जिम्बाल बुढै बुढा हरु लागेछ जस्तो छ गणेश स्थान आफु चाँही अद्दा तिर लाग्यो ल आज नि काम भएर ल्याएको छ - अली बिजी नै हुन्छु लौ त तारेमाम

serial · Aug 12, 2010 8:40 AM

तारेमाम बिर्खे बा , सञ्चै ? ( के सोध्नु यो उमेरमा, तै पनि सोध्नै पर्‍यो । ) जाम जाम, धर्म कर्म गरे पो पुण्य कमाइन्छ। आलारेहरु शर्म कर्म गर्छन्, न पुण्य कमाउछन न पुण्या , मखुला ??  

rahulvai · Aug 12, 2010 8:42 AM

तारेमाम् ठुल्दाई! लहरे! अब हेरि सञ्चो बिसन्चोको कुरो अर्ने एई उमेराँ त हो नि.....एसो गाथ तलमाथि हुने उमेराँ नसोध्या कुरो तरुनो छँदा के सोध्नु, ठिटा ठिटिलाई सोधे जइले नि एउडै उत्तर आउँछ!

Birkhe_Maila · Aug 12, 2010 8:45 AM

शुभप्रभात । बिस्टे, जिम्माल, ठुल्दाइ अन्ड लहरे ....... सब्बै बुढै बुढा रहेछन .. ल म त लागे ......

ramronepal · Aug 12, 2010 9:14 AM

तारेमाम लहरे, रामे , हे राम चा, कल्लाई बुढा देख्या ?? ...........जिम्माल लाई ??   मोती बिन्दू मात्र हैन हीरा बिन्दू भा छ यो रामे लाई ।

rahulvai · Aug 12, 2010 9:20 AM

ल अद्दाँ पुगियो है ल काम गर्न तिर लागे क्यार्नु काम नगरि माम खाने पैसा आउँदैन ल पछी आउँला फुर्सद भएछ भने

serial · Aug 12, 2010 9:24 AM

hello guyssssssssss

uptowngal · Aug 12, 2010 9:24 AM

सुर्खेतैमा सालीना बुल्बुले ताल मन तरुनो सालीना ज्यान बुढो यो साल बिहिबारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई। ल हेर यो रामे र बाउचा दुबैको गालामा जुत्ताको छाप। के गर्यौ तिमीहरुले बगलामुखीमा त्यस्तो? तरुनी फकाउने पनि एउटा ताल हुन्छ नि। पूरेले त अझ मुखै देखाएको छैन, ऐया ऐया गर्दै रुँदै होला घरमा। के छ ठुली? अनुहारै देख्न गार्हो तिम्रो त। आरामै छौ? ठुल्दाइ, सूर्य बाँकी छ कि ब्याक टु मार्ल्बरो हो? बिर्खे बुढो जिउँदै रहिछ अझै, खुशी लाग्यो। बरु खुशी भन्दा हाम्री खुशीलाई नदेखेको धेरै भो बरु। मदन्वा पनि बेपत्ता छ। बिष्टे चाँही धुर्ब्या पसलाट अझै फर्क्या छैन जस्तो छ। अरु चाँही कता छन् कुन्नी।        

chipledhunga · Aug 12, 2010 9:57 AM

samarthan · Aug 12, 2010 10:32 AM

जाम कि क्या हो म पनि जिम खाना जाम कि क्या हो म पनि जिम खाना पल्ला घरे लिखेले पनि घोर्ले छोरो पायो माथ्ला घरे ठुले पनि बिदेश तिर लाग्यो जाम कि क्या हो म पनि लाहुर जाम कि क्या हो म पनि लाहुर बिहीवारे बिहानीको चिसचिसो जदौ ल !

ritthe · Aug 12, 2010 10:32 AM

शुभप्रभात चौतारी! बिष्ट काजी, ठुल्दाइ, बिर्खे बा, लहरे, राम चा, ठूली, चिप्ले गुरु, समर्थन र रिठ्ठे लगायत सबै ज्ञात अज्ञात चौतारीबासीहरुलाई तारेमाम! पुरे एक क्षणमा आउँछ होला उसलाई पनि तारेमाम! यो रिठ्ठे फटाहा आज बिहीवार बगलामुखीमा लाइन लागेर सुन्दरीहरुको दर्शन गर्न छोडेर जिम खाना जान्छु पो भन्छ, कत्तिन ज्यान बनाउला जस्तो फेरी, त्यो पनि बिस्कुट खाएर! बरु आफू चाँही ठूली आएको मौका परेर आफ्नो फेवेरट गीत गाइहल्नु पर्‍यो: ए ठूली नाकैमा फुली हेलीकोपटेर चढेर त्रिशुली       

Geology Tiger · Aug 12, 2010 10:48 AM

ए साँच्ची त हुन त चौतारीबासीहरुले मलाई चौतारीमा बसेर घरजग्गाको कारोबार गर्ने अनुमति नदेलान् तर पनि मेरो आत्मिय मित्र ८८४७ ले यही चौतारीको डिलमा बसेर राखेको प्रश्नको उत्तर यही दिन चाहन्छु। प्रिय मित्र ८८४७ मलाई पनि कता कता चिप्ले गुरुलाई जस्तै भयो कुरो बुझ्न गाह्रो भयो। मित्रसँग ५०,००० डलर नखत भएको त मैले साझाबाटै जानकारी पाएको हो तर मैले मित्रलाई कसरी सहयोग गर्न सक्छु त्यो चाँही अलि बुझ्न गार्हो भयो। पहिलो कुरा त आफू डेरामा बसिएको छ, त्यसैले मैले घर बेच्ने भन्ने कुरा नै छैन। यदी मित्रले नेपालको कुरा गरेको भए नेपालमा भएको श्रीसम्पती जति सबै मेरो आमाबुवाको कमाइ हो। त्यसैले म आँफैले घर बेच्ने स्थिती छैन। अर्को कुरा म यो घर बेचाउने कम्पनीहरुसँग पनि सम्बन्धित छैन। त्यसैले मित्रले म बाट कस्तो सहयोग खोज्नु भएको हो अलि प्रस्ट पारिदिनु हुन्छ कि? धन्यवाद!       

Geology Tiger · Aug 12, 2010 10:57 AM

lau sabai lai taaremaam, yo haptaa janu mildaina tara arko haptaa dekhi ma ni jaulaa bangala mukhi ... la ali kaam chha bhyaaera aaulaa

बैरे · Aug 12, 2010 11:13 AM

नमस्ते भनें है मैले नि सबैलाई.. समर्थनजी  नयाँ हुनुहुन्छ हो ? मैले त चिन्न सकिन त!!

cheli · Aug 12, 2010 11:15 AM

दाल, भात, तरकारी, अचार! रिट्ठेको भाग- लहरेको भाग- राम्पुरेको भाग- पुरे केटोको भाग- हर्केको भाग- भुगर्भेको भाग माइनस मासु- सम्धीज्यूको भाग- ठूल्दाईको महाभाग- पुरेको बम्पर उपहार भाग- मदनवाको सदाबहार भाग- चिप्लेको भाग- निशान्तेको भाग- कोहि पनि भोको नहुन्! डिस्क्लेमर- यस पोस्टले कुनैपनि किसिमको नश्लीय, जातिय, चारित्रिक,लैङ्गिक,भौगोलीक, तथा स्वघोषित भेदभाव नगरेको र पोस्टको उद्देश्य केवल भोक जगाऊनु रहेको छ।

Birkhe_Maila · Aug 12, 2010 11:24 AM

नाइँ नाइँ गर्या छ भेदभाव .. नगर्या भए मलाई चैं खोइ त ?

cheli · Aug 12, 2010 11:27 AM

अरे हो जिम्माल तेसै त पेटले सा रे गा मा गाइराको बेला झन त्यस्तो परिकार देखे पछी त सा रे गा मा छोडेर रक संग गाउन थाल्यो हौ ! क्यार्नी होला अब ! जे होस् मान्छे अनुसार कै भाग राख्द्या चाँही हो बुढा मान्छेले ! निशान्ते र मदन्वा को चाँही काइदा को रैछ लोल जिते, बिस्कुट खाएर त हो नि ज्यान बनाउनी, देखेनौ पार्ले जि को बिज्ञापन? चेली मैले नि नमस्ते फर्काये है ! बैरे यो हप्ता किन जान मिल्दैन भन्या? के पर्‍यो?  

ritthe · Aug 12, 2010 11:33 AM

चेली नानी को भाग- पहिलो - त्यसपछिको महा आकर्षण..ढ्यानट्यार्याssन...

Birkhe_Maila · Aug 12, 2010 11:33 AM

ल मिठाइ चैं घच्ची आयो .. थ्यान्क्यु माल्दाइ !!! माछाको चैं झोल मात्र खानुपरो .. काँडा अड्कियो भने कहाँ गुराँस खोज्न जानु ? Last edited: 12-Aug-10 11:37 AM

cheli · Aug 12, 2010 11:36 AM

तारेमाम जिते, आकर्षण , बैरे, चेली , चिप्ले , ठुली ।   आकर्षण जी हिजो नि आउनु भयो । टाउको छोडेर जानु भयो । यसो भलाकुसारी गरम , सप्पै आफ्नै गाम्लेहरु हुन। चेली, झेली भो । दुइहफ्ता मा एक दिन आएर भाग त्यो मणी माछो कै ??  

rahulvai · Aug 12, 2010 11:38 AM

नमस्ते चेली । अनी अरु सबै औतारी हरुलाई प्रणाम, यो रामे को ।   यो बिर्खे ले के गरेको हो एस्तो ....... एस्तो भोग लागिरहेको बेला मा एस्तो फोटो रखेर ... चौतारीको डिल मा बसेर मरिजा मुर्दार बुढो भन्न पर्ने भो त । अरु त त्यस्तै हो ..... निसान्तेको, मदन्वाको, अनी ठुल्दाइ को भोजन चाँही शाही लाग्यो है ...... हीजो जिम्मालको कुरा धेरै बेर भएको थियो पुरानो साथी सँग  ..... जिम्माल ले २-३ चोटि फोन नै नउठाएको भएर जिम्मालको फोन नै मेटिदियेको रे ..... अनी जिते ...... के छ त हो गाँठे ? रिठ्ठे ह्यान्सी के छ त ? चिप्ले गुरु ...... त्येसो भये सुर्खेत मा पनि याद छोडिएको छ है ...... ठुल्दाइ ....... किन ब्येस्त हो भन्या एस्तो ...... ल कसैले २०० भाग को पूर्व सन्ध्या मा केही बिज्ञापन नि टाँसे  हुन्छ नि चौतारीमा ....... जिम्माल ले गरे हुन्छ नि ...... बुढा हिंड्न नसकेर घरैमा बसिरहेका होलान क्यारे ..... काम छैन होला क्यारे ....... Last edited: 12-Aug-10 11:40 AM

ramronepal · Aug 12, 2010 11:39 AM

ल बिर्खे बालाई खना देखेर मुखमा पनि नै आयो। तर त्यो माइनस र प्लस चाँही अलि झुर लाग्यो हे हे हे. बिहान उठे देखी यति लामो ईमेल लेख्दै थिए, भन्छन् नि भलाका तो जमना ही ना रहा! कति त्यो चोरेर चोरेर चोरेर गीत सुन्ने, कहिले काँही त किनेरै सुनुन यसो आफ्नो देशको संगीत उद्द्योगलाई पनि अलि अलि भरथेक हुन्छ भनेर म्युजिक नेपाल भन्ने कम्पनीबाट जाबो १२ डलरको पुराना नेपाली गीत किनेको त्यो गीत डाउनलोड गर्ने लिकं पाको होइन, होइन हो लिकं पठाओ न भनेर ईमेल गर्छु, केही जवाफ दिने होइन, दुई चोटि फोन गरे १० डलरको फोन कार्ड झ्वाम्। केही सिप नलागेर म तिमीहरुको रिपोर्टिङ गरिदिन्छु भनेर ईमेल पठाएपछी बल्ल जवाफ फर्काए। यस्तो छ हाम्रो नेपालाँ!    

Geology Tiger · Aug 12, 2010 12:09 PM

टन्न भोजन गरेर आइयो। अब त आफैँले टाँसेको खानेकुरा हेर्न मन छैन हे हे हे। चेली नानी गुराँस नभेटे 'गुराँस गुराँस' भने नि हुन्छ रे! अगि नै थाहा पाएको भए काँडा नभा'को माछा दिन्थेँ नि त, अब अर्को पालि है? हन आजकल खुसी नानी आउँदिनन्? राम्पुरे! २-३ चोटी फुन नउठेर फुन लम्बर मेट्या रे? भनेसि त्यो साथिको फोन बुक भन्या खालि उत्तरपुस्तिका जस्तो भईसको होला। २-३ कल नउठ्दा मेट्दै गयो भने त तेइ त हो नि। जदौ भूगर्भे!  

Birkhe_Maila · Aug 12, 2010 12:34 PM

मध्यान्हको जदौ सबैलाई। बिर्खे बुढाको भोजन चित्रहरुमा घोर बिरोध: १) पहिले आँफैबाट सिरी गणेश गरम् न। मलाई शाकाहारी भोजन किन? दुई दुई वटा खसीलाई त सँगै गएर सफाया दिएर चुल्हे तथा थाले कारवाही गरे जस्तो लाग्छ। २) हर्क्या भागमा बङूरको मासु खोइ? ३) ठुल्दाइको भागमा त wrapper मार्का मम परे जस्तो देखिन्छ। ४) रिट्ठेको भागमा दालभात नभएर चिया र बिस्कूट (बिबिध पुरियाका) हुनुपर्ने। ५) लहरेको भागमा मकैका घोगाहरु हुनुपर्ने (स्मरण रहोस्, संस्क्रीत पढ्दा "बानरम् मर्कट्टानम् खादति, बाँदरले मकै खान्छ" भनेर हामी सबैले रटेका थियौं) ६) आफ्नो भाग चाँही फोटो नखिची हत्तपत्त खाइहालेको हो? चौतारीको एक नम्बर हन्तकाली को हो भन्ने आज थाहा भयो। आफ्नो त खायो खायो जीतेको मासुमा समेत आँखा लगाएको (नत्र माइनस मासु किन भनेको) देखियो। मेरो भाग त उहिले ह्याप्स दिएको जस्तो छ। चेली, नडराइ माछा खाउ। काँडा अड्के फुलौरे स्टेटको फूलको नाम लिउ, ठीक हुन्छ। अनि निस्तो (भात वा चिउरा के हो बिर्सिएँ) नभए निस्तो पाउरोटी खाउ। ठाम अनुसार मिलाई खाम्, कसो? रामे, "याद" भन्दा पनि सम्झना, स्‍मृति, स्मारिका आदि चाही सुर्खेत देखि गैरीखेत, तुम्लिङ्टारदेखि खैरेनीटार, भक्तपुरदेखि सिङ्गापुर आदि धेरै ठामका छन् भन्दिहालूँ न। बरु बिहान बगलामुखीमा कती नम्बरको जुत्ताको चाप लागेको रहेछ त? गाला अझै दुखिरहेको छ?                                  

chipledhunga · Aug 12, 2010 12:36 PM

क्यरिराछौ ए गाम्ले हो?  घाम तालुमा पुग्ने बेला भईसक्यो भोकले पेट चिरिनला बेलाँ तिमेरु चै के का हलगोरु जस्ता एउटाले बोल्न पा छैन तेस्का पुच्छर समार कुरो लम्मौछौ ए हँ? बिर्ख्या नलीखुट्टिमा धमिरो लायो कि के हो हँ बिर्खे माछो सनी मिठाइ खान्छन? ढन्नेसो सेक्न नपुया  

kancha01 · Aug 12, 2010 12:42 PM

आज त मेरो बिहीवार, के गर्या बाजे त्यस्तो, हरे त्यो बङाली को माछा सम्झाये नि लौ न, अङ्गुर चपाइरा थें, निल्नै सकिन। हैन किन यस्तो गर्न पर्या जिम्म्मालबा। दया माया एत्ती नि भेन है। हेत्तेरिका!!!! सप्पै लाई भोकाको यो पुरेको हत्तार हत्तारवाला प्रणाम Last edited: 12-Aug-10 12:54 PM

perfectionist · Aug 12, 2010 12:46 PM

बुझी नसक्नु को छ भन्या हाम्रो चौतारी पनि ! कैले मन आन्दोलन को बेलाको निउरोड जस्तो सुन्सान मसान हुन्छ ! कैले दशै हुँदी बेलाको असन जस्तो हुलमुल हुन्छ ! लौ त लौ ! भोक लाग्या हातले के धेरै थेग्न सक्ला र ! अलिखेरा आम्ला !

ritthe · Aug 12, 2010 12:48 PM

ए पुरे हाम्रो नि बिहीवारै हो आज है ! तिम्रो मात्र होइन ! ब्यान ब्यान  झूट बोल्दिनी ब्रो?

ritthe · Aug 12, 2010 12:49 PM

हेत्तेरिका रिट्ठे ब्रो, कुरो बुझेर नि बुझ पचाइ दिनी भन्या। के ताल हो। साग पात खानि आज, तिम्ले त बुङुर चपाइ सक्यौ होला नि. त्यो पो भन्या त। कुरो गरे कुरै को सत्यानास गर्दिनी भन्या ह्या यो सान ब्रोले के गर्या, एउटा enter हान्न पर्नी, नत्र आफ्नै फोटोले छेक्नी, कस्तो होला त, उफ्फ्फ्फ्फ Last edited: 12-Aug-10 12:57 PM

perfectionist · Aug 12, 2010 12:56 PM

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।   लोल चिप्ले लोल । भाग चाइ माग बमोजिम न भाको ले यस्तो भाको हो ।  बुढाको भाग मा ओखर हो कि क्या हो ?? जिते यस्तै हो नेपाल र नेपाली को चाला । नेपाली र नेपाल भन्ने बित्तिकै कत्ती गौरब हुन्थ्यो कुनै बेला अहिले दुबै कौरब हुन कि जस्तो लाग्न थाल्यो । मेरो छिमेकी को चाला देख्नु भयो क्या रे। वाइ फाइ को connection मागी मागी, मेरै कन्ट्याक्ट् ब्लक (डिलिट ) गरी दियो।

rahulvai · Aug 12, 2010 1:01 PM

तारेमाम पुरे , कस्तो स्लिम भाको केटो त , अघी देख्दै  न देखेको । ॐ ह्रिम बगलामुखी सर्व दुस्टानाम वाचम मुखम पदम स्तम्भय् जिह्वआ किलय् बुद्धी विनाशाय् ह्रिम ॐ स्वाहा ।। बंगलामुखी माताकि जये ....................

rahulvai · Aug 12, 2010 1:09 PM

वाइ फाइ को connection मागी मागी, मेरै कन्ट्याक्ट् ब्लक (डिलिट ) गरी दियो। म त हाँस्दा हाँस्दै मर्छु कि क्या हो ए रातै

ritthe · Aug 12, 2010 1:12 PM

ठुल्दाइ धन्न कसो वाइ फाइ को कनेक्सन मागेर आफ्नै ईन्टरनेट कनेक्सन बाट दुई धारनी भाईरस पठाएनछ ! जिम्मी सुड्ढो ले ल्याको मिठाइ त हरिप मिठो छ जस्तो छ ! त्यो मोटिचुर (लहरे स्टाईलमा) चाँही म लिनु पर्‍यो है चेली?

ritthe · Aug 12, 2010 1:16 PM

१) पहिले आँफैबाट सिरी गणेश गरम् न। मलाई शाकाहारी भोजन किन? दुई दुई वटा खसीलाई त सँगै गएर सफाया दिएर चुल्हे तथा थाले कारवाही गरे जस्तो लाग्छ। माथि भनिए जस्तै, संगै गएर खसि सफाया कार्यक्रम गरौँ र त्यसो गर्दा, बुधुनो दाँत लिएर हैन, टिलिक्क टल्कने धारे दाँत लिएर जाँदा चोक्टा मजाले धुलो पर्ने भएकोले श्री चिपलकान्त चापागाईँको दाँतबाट मासु नचिप्लिई टुक्रा टुक्रा परोस भन्ने हेतुले शाकाहारी व्यञ्जन परोसिएको हो र यसरि व्यञ्जन परोसनुमा केवल मात्र केवल दाँत तिखार्ने अभिप्राय रहेको व्यहोरा जानकारी गराऊन चाहन्छु। २) हर्क्या भागमा बङूरको मासु खोइ? श्री हर्कबहादुर हाडा आजकल पाडातिर बढुवा भएको कुरा डढुवा बाँदरले सुनाएको हुँदा सम्पूर्ण अमेरिखर्क र केनडाँडाभरि आफूले जाने बुझेको पोखरीहरु डुल्दा पनि पाडा नभेटिएकोले धेरै बोसो खाएर ठोसो परेको ज्यानमा पाडा खाना दिइएको हो। फेरि पाडा खै त भन्नुहोला, हजूर त्यहि शाकाहारी खाना नै पाडा(पातलो डाइट) हो। ३) ठुल्दाइको भागमा त wrapper मार्का मम परे जस्तो देखिन्छ। ठूल्दाईको भागमा र्यापर मार्का म:म परेको भन्ने कुरा नितान्त कपोलकल्पित् तथा 'ठूल्दाई भड्काऊ, चौतारीको ठालु पद पड्काऊ' भने जस्तो कुरा हो। उक्त म:मलाई घेरेको सेतो आवरण यहि बुढो तथा चाउरिएको कालो हातले ठसठसि कनेर मुछेको पिठोबाट बनेको कुरा पनि जनसमूदाय सामू जानकारी गराऊन चाहन्छु। ४) रिट्ठेको भागमा दालभात नभएर चिया र बिस्कूट (बिबिध पुरियाका) हुनुपर्ने। रिट्ठेलाई चिया र बिस्कुट दिन खोज्दा हाम्रो पालाका चमेना, खाजा र सुपर बिस्कुटहरु लोप भएर गैसकेका र नयाँ बिस्कुटको स्वादमा रिट्ठे अलमलिएर बाटामा हिँड्ने तरुनिहरुको चच्छु स्वाद समेत लिन नसक्ने होला बजिया भनेर, राम्रो स्वास्थ्यवर्धक दाल भात तरकारि दिइएको हो, भनिन्छ नि, 'दाल भात तरकारी जिऊ धन सरकारी'। ५) लहरेको भागमा मकैका घोगाहरु हुनुपर्ने (स्मरण रहोस्, संस्क्रीत पढ्दा "बानरम् मर्कट्टानम् खादति, बाँदरले मकै खान्छ" भनेर हामी सबैले रटेका थियौं) लहरेको भागमा मकैका घोगा नभै हामिले नरिवल दिने निर्णय गरेका थियौँ तर नरिवलको अभावका कारणले गर्दा हामि बाध्य भयौँ। भैगो लहरेको बिषयमा धेरै कुरा नगरौँ। ६) आफ्नो भाग चाँही फोटो नखिची हत्तपत्त खाइहालेको हो? चौतारीको एक नम्बर हन्तकाली को हो भन्ने आज थाहा भयो। आफ्नो त खायो खायो जीतेको मासुमा समेत आँखा लगाएको (नत्र माइनस मासु किन भनेको) देखियो। मेरो भाग त उहिले ह्याप्स दिएको जस्तो छ। आफ्नो भाग सबैलाई दिएपछि हसुरेको व्यहोरा उल्लेख गर्न चाहन्छु। जितेको मासु सुकुटि बन्दै गरेको कारणले गर्दा हमि घटाऊन बाध्य भएका थियौँ। मासु सुकेर केहि ब्याक्टेरिया र केहि औँसाहाहरु परेर पूर्णरुपमा सुकुटी बनेपछि सबैलाई एक एक छटाक दामासाइले भाग लगाएर दिइने छ।

Birkhe_Maila · Aug 12, 2010 1:16 PM

चौतारी हाजिरी जवाफ प्रतियोगिता १. लहरेको हातमा नरिवल थमाइदियो भने के गर्छ लहरेले? _____१० (सहि उत्तर दिने लाई त्यो माथिको म:म १ पिलेट पुरस्कार स्वरुप प्रदान गरिनेछ)  

ritthe · Aug 12, 2010 1:27 PM

१. लहरेको हातमा नरिवल थमाइदियो भने के गर्छ लहरेले? _____१० उत्तर: हातले नरिवल समातेर आँखिभौँ खुम्च्याउँदै एक पटक सुइँक्क गरेर सिङगान माथि तान्छ र न्वारन देखिको बल लगाएर उक्त नरिवलले रिट्ठेको निधारमा बजाउँछ! लु म:म पुरस्कार पाम!

Birkhe_Maila · Aug 12, 2010 1:36 PM

लोल बिर्खे बा लोल अझ "हातले नरिवल समातेर आँखिभौँ खुम्च्याउँदै एक पटक सुइँक्क गरेर सिङगान माथि तान्छ र न्वारन देखिको बल लगाएर उक्त नरिवलले रिट्ठेको निधारमा बजाउँछ" को लागि महा लोल ।

rahulvai · Aug 12, 2010 1:47 PM

लोल बिर्खे बा लोल Last edited: 12-Aug-10 02:21 PM

perfectionist · Aug 12, 2010 1:53 PM

लोल जिम्माल लोल ..... "हातले नरिवल समातेर आँखिभौँ खुम्च्याउँदै एक पटक सुइँक्क गरेर सिङगान माथि तान्छ र न्वारन देखिको बल लगाएर उक्त नरिवलले रिट्ठेको निधारमा बजाउँछ!" ........... लोल महा लोल .. दिम दिम ........ जिम्माल लाई  म म १ हैन ४-५ प्लेट नै दिम ..... Last edited: 12-Aug-10 02:14 PM

ramronepal · Aug 12, 2010 2:14 PM

samarthan · Aug 12, 2010 2:52 PM

ढ्याऔुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउुउ।।। तन्न राज्मा र भात पेलेर आएँ। हैन यो समर्थन भन्या फेरी कस्को मुकुन्डो हो? जैलेइ आउँछ प्याच्च मुख देखाउँछ अनी जान्छ। एस्सो दुई चार शब्द कोरे त्यो लहरे जस्तो बदमाश त होइयिन्न होला केरे

perfectionist · Aug 12, 2010 2:55 PM

हेर पुरे धेरै निहु खोज्ने हैन - अहिले चुप लार बस्या छु म कुनै जिन झोक चल्यो भने ड्याम कि ड्याम बजाउला नी होस् गर है 

serial · Aug 12, 2010 3:11 PM

अबुई म डरायो,डरायो!! अबुईीई लहरेको हावा धम्की सुनेर म डरायो बै, क्यार्नी होला अब। हि हि हि हि हि हि हि हि हि हि हि हि हि हि

perfectionist · Aug 12, 2010 3:14 PM

लौ हेर केटाकेटी को ताल । निहु सिउ खोज्ने होइन, लड्की खोज्ने । मक: जन्म लेला अनि थाहा पाउछ तिमीहरुले। बेलाई मा ठुल्दाइले भन्या थ्यो भन्दै पुर्पुरोमा हात मात्र होइन खुट्टा राखेर बस्नु पर्ला।

rahulvai · Aug 12, 2010 3:20 PM

ठुल्दाइ त्यो पुरे चा सम्झाइदिनुस् क्या मान्छे छ के यो पुरे चा - एक हन्यो भने पुग्दैन दुई हान्यो भने बढी हुन्छ - फेरी प्याँssssssssss रोएर जाला - फेरी ठुल्दाइ ले नै फकाउनु पर्ला

serial · Aug 12, 2010 3:34 PM

timi_mero_sathi · Aug 12, 2010 8:50 PM

timi_mero_sathi · Aug 12, 2010 9:29 PM

हिजो आर्काको माल्दाइले जिन्दगीमा पैलो चोटी देको मिठाई "मोटिचुर" (लहरे स्टाइलमा) लड्डुमा  आखाँ लाउन नि कसरी सक्या होला  ?  कसैलाई एक टुक्रो नि दिन्न आफै खान्छु ... नमस्ते समस्ते नि भन्दिन म त !!

cheli · Aug 13, 2010 7:25 AM

गूड् मर्निङ चौतारी नमस्ते चेली आज कता बाट ब्यान ब्यानै,हिजो को लड्डु खोपामा लुकार,कसैले खाइदेलान भनेर ब्यान ब्यानै आको जस्तो छ् नि ? ठुल्दाइ उतै धुर्ब्या पसलाँ आउनुस् है।

बिस्टे · Aug 13, 2010 7:47 AM

प्रणाम! चेली, बिस्टे दाइ

perfectionist · Aug 13, 2010 7:56 AM

तारेमाम चेली बिस्टे काजी अनी पुरे फुच्चे पुरे कान्छा आएर नि अम्लेट बनाउन भ्याइसकेछ फुच्चे काम गर्छ - अहिले काही सन्किने ठुस्किने बानी मात्र नराम्रो हो

serial · Aug 13, 2010 8:10 AM

तारेमाम गाम्लेहरु ! शुक्रबारे जदौ । तारेमाम चेली, बिस्टे , पुरे । आज त ब्यान ब्यानै भीड ??  बिशेष के छ ? बिर्खे बुढाले ल्याइदेको बासी मिठाइ खान?? बासी खान हुन्न यो गर्मीमा । उता तनहुँमा टाइफ्वाइड, नेपालगंज मा हैजा , डडेलधुरामा जन्डिस को सम्चार मा चौतारीको नाम पनि जोडीएला । आएं है बिस्टे काजी , अर्डर गरी राखे हुन्छ, चिनी ५ चम्चा सहितको चिया ।

rahulvai · Aug 13, 2010 8:11 AM

ठुल्दाइ लाई ले सबैलाई तारेमाम भन्यो मलाई भनेन (चेली इस्टाइल)

serial · Aug 13, 2010 8:31 AM

तारेमाम लहरे , अब भनें , ल अब माथिको पोस्ट संशोधन गर त बाबु ज्ञानी लहरे । अघी टाइप हानी राख्या बेला सुन्ला भनी जुत्ता घाँटी मा झुन्ड्याएर छिर्‍यौ के गर्ने ??

rahulvai · Aug 13, 2010 8:40 AM

शुक्रबारे तेह्रौँ तारिखको हाहाकारी जदौ! यो बिर्खे माईलाको!! हन पछ्छिमतिर किन यो दिनलाई भुते दिन भन्छन हँ?

Birkhe_Maila · Aug 13, 2010 8:44 AM

नमस्ते चेली । प्रणाम बिस्टे बुढा । तारेमाम ठुल्दाइ । पुरे धन्यवाद । लहरे आज काम छैन ? जिम्माल, खोइ किन हो कुन्नी ......... Last edited: 13-Aug-10 09:06 AM

ramronepal · Aug 13, 2010 8:53 AM

जदौ ! एमर्जेन्सी पर्‍यो ! अहिले एक्छिन मा आउछु ! केही पर्‍यो भने खबर गर्नु है

ritthe · Aug 13, 2010 9:01 AM

तारेमाम बिर्खे बा, तारेमाम बिर्ख्या चेला राम चा । तारेमाम रिट्ठे सोझो । लौ हेर अघी भन्दै थिएं । बिर्खे बुढाले ल्याको बासी खायो भने के के हुन्छ भनेर । भईहाल्यो। हरे शिव ....................................। सोझो रिट्ठे ले बासी खायो अब इमर्जेन्सीमा जानु पर्‍यो। पखाला लागेको मात्र होइन होला, झाडा पनि भयो जस्तो छ । लौ पुरे, रामे गाडी निकाल, इमर्जेन्सी जानु पर्‍यो, रिट्ठे लाई हेर्न । बाटोमा हरी ( लट्ठक )को पासलमा एक छिन रोक्नु, हर्लिक्स किन्नु छ।

rahulvai · Aug 13, 2010 9:11 AM

छु यान चोनगु पुरे ? तारेमाम ठुल्दाइ ! दर्शन सम्धी ज्यु ! व्हाट अप लहरे ! हेल्लो तन्नेरी रामे ! जदौ रिट्ठे ! सब्का सब भेला भईसकेछन, लौ सुरु गरम न त। सुरु गर्ने हैन,रिट्ठे एमेर्जेन्सी परेर गा छ् केरे उस्लाई कुर्ने कि एक्छिन।

बिस्टे · Aug 13, 2010 9:15 AM

नखा नखा भन्दै थिए नि मैले हिजो त रिट्ठे खाना काल रिट्ठे माने पो - ह्या पाको बेला छोड्नु हुँदैन भन्दै घिचेको थियो टन्नै अरु को को जाने हो हेर्न अस्पातलाँ

serial · Aug 13, 2010 9:28 AM

म त शनिबार बाहेक अरु दिन भ्याउँदिन है रिठ्ठे लाई अस्पातलमा कुर्न लाई ....... क-कस्ले कुन-कुन दिन भ्याउँछ भनम है ..... के गर्नु हन्तकाली .... जे देखे नि हाथ अगाडि बडाएर खाइहाल्छ ...... खुरुक्कन खल्तिमा भएको बिस्कुट खाएको भये ..... Last edited: 13-Aug-10 09:42 AM

ramronepal · Aug 13, 2010 9:40 AM

la la mero sukraaar ko jadau !!!

बैरे · Aug 13, 2010 9:41 AM

एमर्जेन्सी त एमर्जेन्सी नै पर्या हो तर चेली को भाग को मोटिचुर खार होइन मदनवाको भाग को गोलगप्पे खार चाँही हो ! ठुल्दाइले कसरी थाहा पाउनु भो एमर्जेन्सी परेको? ठुल्दाइको सिक सेन्स त मान्नै पर्छ ! बिस्टे, लहरे, ठुल्दाइ, चेली, जिम्माल, रामे, पुरे र टिम चौतारीलाई यो सोझो रिट्ठे को शुक्रबारे १३ औ तारिखे जदौ !

ritthe · Aug 13, 2010 9:42 AM

""खाना काल रिट्ठे माने पो - ह्या पाको बेला छोड्नु हुँदैन भन्दै घिचेको थियो टन्नै "" प्रस्तुत हरफहरु, साझा चौतारी, भाग १९९ मा औतारी श्री लहरेकान्त लाकौल द्वारा व्यक्त गरिएको अनेक पानीवायु गफहरु मध्ये एक बाट उद्धृत गरिएको हो। पानीवायु गफ भन्नानाले पानी भित्र उत्पादन गरिएको वायु, पानीको उर्ध्वचापको कारणले सतहतिर विस्थापन हुँदै जसरी बिना कुनै अर्थ र गहन कारण नखुलाई बिलाएर जान्छ, ठिक त्यसैगरि औतारी श्री लहरेकान्त लाकौलको मुखारवृन्दबाट निस्किएका बचनहरु, बिना कुनै अर्थ र फगत झिनो कारण समेत नखुलाई ओइलाएर जान्छन्। माथिका हरफहरुमा पानीवायूगफकार श्री लहरेकान्त लाकौलले अरुले खाएको, खान पाएको, खाने आशय देखाएको आदि ईत्यादी कुराहरुले उनको तनमनमा उब्जाएको जलन, तडपाई र छटपटीको बडो ज्वलन्तताकासाथ व्याख्या गरेका छन्। कुनै वैज्ञानिकले यदि लाकौलजीको प्रत्येक खाना सम्बन्धी शारीरीक प्रतिकृयाको नाप लिइराख्ने हो भने चौतारीकै अरु औतारीहरु बिषेशत: श्री रिठाराम रायमाझी तथा चेली नानी चापागाईँले खानेकुरा खाँदाको प्रत्येक चपाईसंगै करिब आधा माना र्याल चुहाएको परिप्रेक्षमा हिजो र आज गरेर बिष्णुमती बगाईसकेका होलान्। स्मरण रहोस, यहि शिलशिलामा निजले राति राति एक्लै रोएर बगाएको टुकुचा घटाइएको छ। माथिको वाक्यहरुमा भने लाकौलजीको आक्रोश श्री रिठाराम रायमाझि र खानेकुरा पस्कने वयोवृद्ध श्री बिर्खबहादूर बोगटी तर्फ लक्षित रहेको। उनको यो रिस, जलन, औडाहा र छटपटिको आक्रोश कुनै वाण हान्न आतुर शीकारीले वाण तन्काएर कुम पछाडि सम्म लगेको तर हात नछोडिसकेको स्थितीको पोटेन्सियल ईनर्जीले भरपूर रहेको छ, र उनि यसलाई काइनेटिक ईनर्जीमा परिणत गर्न अत्यन्तै उत्प्रेरीत देखिन्छन्। प्रस्तुत छ उनको यस स्थितिको मुखाकृती-

Birkhe_Maila · Aug 13, 2010 9:59 AM

oye ritthe daaku tiraa dai lai dekhenau yaha

बैरे · Aug 13, 2010 10:31 AM

  शुभप्रभात चौतारी!   चेली, बिष्ट काजी, पुरे, लहरे, ठुल्दाइ, बिर्खे बा, रामे, रिठ्ठे, बैरे लगायत सबै चौतारीबासिलाई तारेमाम्, चेलीले एक टुक्रो लड्डु नखुवाए पनि पुरेले बिहानको नास्ताको पुरा ब्यबस्था गरेछ, धन्यवाद!  

Geology Tiger · Aug 13, 2010 10:53 AM

हैन मैले काइनेटिक एनर्जी लगायो भने त जिम्बाल को नली खुट्टा सुट्टा बाँकी रहदैन नि फेरी धन्न बचियाछ जिम्बाल - नत्र तारेमाम बैरे, बाघे र अल

serial · Aug 13, 2010 10:57 AM

samarthan · Aug 13, 2010 10:58 AM

समर्थन जि तारेमाम ल आउनुस् बस्नुस् एसो कुरा कानी नि गरम - अनुहार त हिजो अस्ती नि देख्या हो बोली चाँही सुन्न पाको छैन -

serial · Aug 13, 2010 11:15 AM

तारेमाम जीते, बैरे , रिट्ठे , समर्थन । बुढा आए मुढा चलाए गए ।  दिन त दरो दिएको हो लहरेलाई। लहरे पनि कम छैन । काइनेटिक इनर्जीले दिने भा छ । अस्ती सम्म काइनेटिक मोपेड चलाऊथ्यो ।

rahulvai · Aug 13, 2010 11:35 AM

अरे ह्यापी रे ह्यापी, मि एकदम ह्यापी रे ...... आज तो फ्राइडे  हे ना ...... वोह राह देख रही होगी ........ सराबका सुक्र है, बर्ना गुजरती कैसा साम सराब जिस्ने बनायी है उसे हमरी सलाम Last edited: 13-Aug-10 11:53 AM

ramronepal · Aug 13, 2010 11:53 AM

खोइ कता गये सबै .......... हसुरिसकेको हुन पर्ने अहिले सम्म त ........ अहिले शाहीली कहाँ जाने समय नि भएको छैन ..... के हो के हो ......

ramronepal · Aug 13, 2010 12:46 PM

लोल लहरे पुराण!! समर्थन भन्या नि लहरेको मुकुन्डो हो कि क्या हो ?

cheli · Aug 13, 2010 12:47 PM

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। के हो राम छ , एक्लै फटफटाइ रहेको ? कराँची जानु पर्ने मान्छे राँची जानु पर्ला । साइली लाई यतै बोलाए हुन्न ? हामी पनि माद पिउंथे नि । मखुला ??

rahulvai · Aug 13, 2010 12:49 PM

क्यारम क्यारम भो मलाईनी आजत , अस्तिको क्यारम बोर्ड पनि रिठ्ठे बज्जेले कता राख्यो राख्यो , के अर्ने अब ? आज फ्राइ डे , जिम्माल फ्राइ गर्ने हैन , सिङै बूङूरनै फ्राइ गर्नु पर्छ कि के हो आज त , कि सिङै राङा गर्ने हो ? लु है सप्पैलाई तारेमाम अनी नमस्ते साथ साथै फ्री जदौ ।

Harka_Bahadur · Aug 13, 2010 1:05 PM

लु है झ्यप्प लार चपाम बसेर चिसोको ब्यबस्था कल्ले गर्ने हो अब ?

Harka_Bahadur · Aug 13, 2010 1:46 PM

टन्न छ मजाले खाउ , अरुपनी पोलिदै छ ।

Harka_Bahadur · Aug 13, 2010 1:48 PM

लु रिठ्ठे यो मासुलाई झिरमा उनेर रेडी बनार राखत , अर्को लटमा पोल्नु पर्छ ।

Harka_Bahadur · Aug 13, 2010 1:52 PM

ठुल्दाइ कता लागे भनेको त , मो मोको तयारीमा जुटेका रछन । बूङूर फ्राइ पनि कसैले खान्छ , मो मो पो खानु पर्छ असली महेन्द्र बौचाको पसलको स्वाद आउने मो मो मखुला।

Harka_Bahadur · Aug 13, 2010 1:55 PM

साँधेको खसिको मासु सँग चिरिप्प पारेर झिरिप्प हुने हो कि ?

Harka_Bahadur · Aug 13, 2010 1:59 PM

  होइन हो हर्के हामी सागाहारीहरुलाई पनि त केही ब्यबस्था गर्नु पर्‍यो!  

Geology Tiger · Aug 13, 2010 2:08 PM

लु यो चै भेजीटेबल मो मो बाघको लाई , नाम चै बाघ खाना चै साघ , कि झोल हालेको बूङूरमा , बूङूर हटार झोल झोल खाने होकी हो भने भनी हालौ है ।

Harka_Bahadur · Aug 13, 2010 2:15 PM

  हेर झन हर्केले यती दु:ख गरेर हरेक किसिमको मासुको परिकार तयार पार्दा पनि कुनै औतारिले पनि भरे रमाइलो गर्न केही तयारी गरेनन्। बज्जे अल्लारेहरु त सबै त्यही साइली र माइलिको भट्टिमा गएका त होलान् नि। मलाई त के छ र? हर्केले ल्याएको म:म: छदै छ एक्लै बस्छु आनन्दले खान्छु। थ्यांक यु है हर्के।  

Geology Tiger · Aug 13, 2010 7:18 PM

हर्केजी,  ह्याकुला सेक्न लाग्नु भा जस्तो छ, लौ मत " मान न मान मै तेरा मेहमान" हुन लागे है। बरु चिसो मा के चै उठाउ ? बड् को स्वाद लाग्न छोड्यो , स्टार बियर को स्वाद जस्तो कुनै छ कि ? कोदोको छ्याङ जस्तो बिस्तारै दनक दिने ।

Syanjali · Aug 13, 2010 8:16 PM

तातारेमाम ............म सिमि पोखरेलको    waaaaaaaaaaa साँधेको खसिको मासु !!!!!!!!

smriti44 · Nov 22, 2010 6:52 AM

तारेमाम सिमी जि - यो चाँही पुरानो चौतारी हो - यहाँ अचेल कोही नि आउँदैन - अर्को चौतारी मा आउनु होला सबै उतै बसेर गफेर बसिराखेको छ, नयाँ चौतारी मा जान तल को लिन्क मा क्लिक गर्नुस् नयाँ चौतारी जाने बाटो Last edited: 22-Nov-10 09:32 AM

serial · Nov 22, 2010 9:31 AM

हेल्लो हेल्लो... कोइ छ? चौतारीका औतारीहरु कता हराए अचेल? मेरो लहरु खोइ त? लहरुऊउऊऊऊ...........

shreya08 · Aug 28, 2019 3:15 PM

चौतारी नै हरायो जस्तो लागेको थियो ?

logan · Aug 29, 2019 12:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion