हिन्दूराष्ट्र बनाउन अभियान थालिने 12/05/2010 08:23:00 Naya Patrika Font size: नयाँ पत्रिका काठमाडौं, २८ वैशाख भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय हिन्दू सम्मेलनले नेपाललाई हिन्दूराष्ट्रका रूपमा पुनस्र्थापित गर्ने प्रस्ताव पारित गरेको छ । यसका लागि नेपालमा अभियान चलाउने जिम्मा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पाएका छन् । सम्मेलनमा सहभागी भएर फर्केका अध्यक्ष थापाले आफूले पाएको जिम्मेवारी पूरा गर्ने बताए । 'हिन्दू सम्मेलनमा सहभागी भएर म निकै उत्साहित भएको छु, अब म यस अभियानलाई तीव्र बनाउँछु ।' सम्मेलनबाट फर्केपछि मंगलबार नयाँ पत्रिकासँग उनले भने । नेपालमा हिन्दूराष्ट्र पुनस्र्थापित गर्न सम्मेलनबाट थप बल पुगेको उनको भनाइ छ । राप्रपा नेपालले हिन्दूराष्ट्र, संवैधानिक राजतन्त्र र संघीयताबारे निर्णय गर्न जनमत-संग्रहमा जानुपर्ने माग अगाडि सार्दै आएको छ । सम्मेलनका सहभागीले पनि अभियानलाई सहयोग गर्ने वचन दिएका छन् । अध्यक्ष थापाले नेपाली जनताले चाहेमा हिन्दूराष्ट्र र राजसंस्था पुनः र्फकने उल्लेख गर्दै मुलुकलाई संवैधानिक शून्यताबाट बचाउन राजसंस्था आवश्यक रहेको पनि दाबी गरे । यसैबीच, अध्यक्ष थापाले जनताको म्यान्डेडविपरीत संविधानसभाको म्याद थप्न नहुने बताएका छन् । 'प्रमुख तीन दलका आ-आफ्ना अडानका कारण १४ जेठमा संविधान नबन्ने पक्का भएको छ,' उनले भने, 'मुलुकमा स्थायी शान्ति चाहने हो भने आमनिर्वाचनमा जानुको कुनै विकल्प छैन ।' अध्यक्ष थापाले तत्कालीन सात दल र माओवादीबीच बृहत शान्तिसम्झौतामा त्रुटिपूर्ण सहमति भएकाले मुलुक अनिर्णयको बन्दी भएकोसमेत बताए । Ya arko baula lai buddi deu.
timer · May 12, 2010 6:26 PM · 1,177 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion