दुख र सुख वस्तु होइनन्— दृष्टिको कोण हुन्। घटना उस्तै हुन्छ, तर हेर्ने नजर बदलिँदा अनुभूति बदलिन्छ। दुख तब जन्मिन्छ, जब म “के छैन” मा अड्किन्छु। सुख तब फुल्छ, जब म “के छ” मा ठहरिन्छु। तर अझ गहिरो हेर्दा— दुख र सुख दुवै mind का खेल हुन्। एक absence मा, अर्को presence मा। दुवै परिवर्तनशील, दुवै अस्थायी। अध्यात्म भन्छ— सुख पनि पार गर्नुपर्ने छ, दुख पनि। किनकि दुवैमा “म” बाँकी रहन्छ। जब म “छ” र “छैन” दुवै भन्दा पर जान्छु, त्यहाँ न दुख हुन्छ, न सुख— त्यहाँ केवल शान्ति हुन्छ। तर सुरुवातको लागि— “मसँग जीवन छ” भन्ने बोध सबैभन्दा ठूलो धन हो। यदि यो गहिरो रूपमा महसुस भयो भने, सुख खोज्न पर्दैन— सुख आफैं प्रकट हुन्छ। यति नै पर्याप्त हो। ॐ शान्तिः शान्तिः शान्तिः ॥
Darshanik · May 7, 2026 10:13 AM · 3,353 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion