नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अमेरिकी राष्ट्रपतिले आठ–आठ वटा युद्ध जितिसकेको कुरा धेरै भइसक्यो। तर आँखाचाहिँ शान्ति नोबेल पुरस्कारमै अड्किएको छ। किनभने काला अमेरिकी राष्ट्रपति ओबामाले त पहिलो कार्यकालमै नोबेल पदकबाट सम्मानित भइसके भने, म गोरा राष्ट्रपति—मैले किन नपाउने? यही बालहठले ग्रसित तत्कालीन अमेरिकी राष्ट्रपतिलाई FIFA ले समेत एउटा पदकले सुसोभित गरिसक्दा, बालहठ घट्नुको सट्टा झन् बढ्दै गयो। अन्ततः यही वर्ष नोबेल शान्ति पुरस्कार पाउने भेनेजुलियन मचाडोले त्यो पुरस्कार उसको हातमा थमाइदिए। तर उनले त्यसलाई सजाएर राख्ने कुनै चासो नै नदेखाएको स्पष्ट हुन्छ। अब प्रश्न उठ्छ—यो पुरस्कार लिएपछि के उसले शान्ति पाउला? के नोबेलको कुरा गर्न छोड्ला? शान्ति होइन, अशान्ति झन् बढ्नेछ—त्यो पनि पुरस्कार कहाँ टाँगेर राखिन्छ भन्नेमा भर पर्छ। क्लोजेटभित्र वा दैनिक नदेखिने ठाउँमा नराखे, मरिच चाउरेझैँ चाउरिएर माथि जान बेर लाग्दैन। किनभने जति पटक त्यसमा आँखा पर्छ, आफ्नो नाम होइन—मचाडोको नाम नै देखिन्छ। “खै त मेरो नाम?” आफ्नो नाम नदेखिएको पीडाबाट उत्पन्न मानसिक रोग झन् संक्रमणित हुने सम्भावना प्रबल देखिन्छ। उपाय भने पक्कै निकाल्लान्— ‘मचाडोबाट अमेरिकी राष्ट्रपतिलाई सम्मानित’ भनी सुनौलो अक्षरले, सकेसम्म टाढैबाट पहिलो नजरमै उसकै नाम देखिने गरी थप्लान्।

Logan · Jan 16, 2026 10:01 AM · 14,818 views

14 Replies

मेरो श्रद्धेय कॉमेडियन राष्ट्रपति ट्रंपको खेदो खन्नुको साटो त्यो ग्रीनकार्ड फ़ालेर जानु नी बरु नेपाल.

Oops i did it again · Jan 16, 2026 11:34 AM

कुन राज्यमा हुनु हुन्छ हजुरले टिप्न मिलने गरेर फ्याकौला |

logan · Jan 16, 2026 4:40 PM

शान्ति पुरुस्कार नर्वे ले नदिएको कारण ग्रीनल्यान्ड अमेरिका मा गाभ्ने र युरोपियन रास्त्रमा फेरि नया भन्सार महसुल लागु गर्यो | शान्ति पुरुस्कार यो मानब हो या बाल्हठि दानब लाई दिई सके पछि पनि खुसि छैन | कुनै बेला एक राजाले राज्यका सबै बाल बाईकालाइ खुसि बनाइँ भबिस्यका आसल नागिरक बनाउने घोसणा र लागु गरे | २-४ हप्ता बिति सके पछि राजाले खारेज गर्न बाध्य भए | कारण एक बालकले हाती मागेछ . दिन भरि खेली सके पछि यो हात्तीलाई झोला राख मा घर लैजान्छु भनेछ | बाल्हठ एक दुई चोटि मात्र पुरा गर्न सकिएला तर एक पछि अर्को demand आउन सुरु हुन्छ | एसियाली मुलुकमा यस्तालाई बालहथी बालकलाई २ चड्कन दीई सक्थे , अनि चुप पनि लाग्थे |

Logan · Jan 19, 2026 4:01 PM

नोबेल पुरस्कार कमिटीले कसैलाई नोबेल पुरस्कार दिदा अनुहार हेरैको मात्र भरमा नोबेल पुरस्कार दिन्छन् कि कसो ? यो नोबेल पुरस्कार भाॅडभैलो मच्चाउने कामको भागीदार ट्रम्प र मचाडो अलावा नोबेल पुरस्कार कमिटीले पनी हुन ।

Khaobaadi_Netaa · Jan 19, 2026 5:00 PM

काले रास्त्रपतिले पहिलो बर्समै शान्ति नोबल पुरस्कार पाउछ भने मैले किन नपाउने ? भिख मागे झैँ मागेर पाइने कुरा शान्ति नोबल पुरुस्कार हो र ?

Logan · Jan 20, 2026 12:32 PM

आई विल अर्न इट लोगन जी

Oops i did it again · Jan 20, 2026 1:39 PM

"आई विल अर्न इट" Whatever you aim to earn is your personal goal, and we wish you well. However, it does not concern us. It is better to act first rather than speak about goals that have not yet been achieved. Wise people focus on results, not announcements. As the saying goes, “Empty vessels make the most noise.” Good luck with your goal.

Logan · Jan 21, 2026 10:25 AM

Why Attacking Venezuela for Oil is a Bad Investment Kidnapped the Venezuelan dictator and his wife for oil? Forget it. It’s not just morally wrong—it’s a terrible investment. The oil profits would just end up in the same hands as always: the oil jar and a handful of facilitators. Billionaires have no interest because they know that with each new president, the perks change. Why risk it? Instead, they’re getting smarter—film production, crypto investments through foreign nationals, paying off legal fees, and buying an airplane as a gift, which are Safer, more profitable, and less attention to add billions in pocket. He donated his salary to himself. Look, this isn't much different from the true story where a man rented out his house, only to rob it himself later. Some people just prefer easy shortcuts to making money. Whether you're a billionaire or just an average person, or an international leader or any average person, it's the same game to become a billionaire in a short period. There's always an easier route if you're willing to cut corners and unethical practices. Opps: I did not write it for you, please do not comment with" इट ईज नट क्लिस्ट " Last edited: 04-Feb-26 01:46 PM

logan · Feb 3, 2026 4:17 PM

बुझ्या भए मारिदीनु. तपाई एस्टई हो? साझामा कटी टाइम बितायिंच ?

Oops i did it again · Feb 4, 2026 11:52 AM

किन सोध्नुहुन्छ मलाइ आफ़्नै दिनचर्या हेरी भन्नुस त कति टाईम बिताईयो ? टपाइले कहिले धागो कोर्ला र " बुझ्या भए मारिदीनु. तपाई एस्टई हो?" जस्ता कमेन्ट कोरेर धागो लाइ अगाडि बढाउनु हुन्छ | मेरो कमेन्ट मा कमेन्ट नगरे भात रुचि नहुने गर्छ कि "मेरै लागि कोरेको हो " ठान्ने गरिन्छ ?

LOGAN · Feb 4, 2026 1:37 PM

अमेरिकी राष्ट्रपतिलाई सम्मानपूर्वक शान्ति नोबेल पुरस्कार नै हस्तान्तरण भइसकेछ रे! तर Donald Trumpको होटलमा २० फिट अग्ला अक्षर राखेर पनि नपुगेपछि अब के गर्ने भन्ने चिन्ता देखिन्छ। इतिहास हेर्दा तानाशाहहरू कार्यकालमै आफ्ना ठूला–ठूला सालिक ठड्याउन रमाउँछन्। अब कतै White House नजिकै, वा Abraham Lincolnकै सालिकभन्दा अग्लो मूर्ति राखेर “अपग्रेड” गरिदिने पो हुन् कि! John F. Kennedy Center for the Performing Artsको नाम फेरिएपछि सूची त सुरु भइसक्यो जस्तो छ। भोलि कतै Barack Obama र Michelle Obamaलाई सामाजिक सञ्जालमा जंगली जनावरको रूपमा देखाउने मानसिकता नै “राष्ट्रिय कला” घोषित गरिएला कि! अनि Martin Luther King Jr.को सालिक हटाएर आफ्नै फोटो राखे पनि अचम्म नमानौँ। नभए मेक्सिको सिमानाबाट १० माइल टाढैदेखि देखिने मूर्ति अमेरिकी सिमाना तर्फ त पक्कै बनाउलान, यसको अर्को आसय : अमेरिका छिर्न आउनेहरुलाइ तर्साउन र हतोत्साह गर्ने छ भन्ने तर्क छ हल्ला त यतिसम्म छ—बिलिनियरहरूको डोनेशनले ५०० मिलियन उठिसक्यो रे, अब Mount Rushmoreमा चार राष्ट्रपतिका टाउकासँगै सबैभन्दा ठूलो र मोट्ठो अनि सबै भन्दा बढी चम्म्किने ( सबैका आखा ट्रंप कै मा मात्र परोस ) अनुहार थपिने सम्भावना पनि नकार्न सकिन्न। Ronald Reagan Washington National Airportको नाम बदल्ने कुरा पनि चल्दै छ रे। रेड राज्यहरूमा उनका सालिकहरू उम्रन थाले भने यो धागो सम्झनुहोला—तानाशाहीको पहिलो लक्षण भनेकै देशभरि आफ्नै प्रचार प्रसार गरि गुहु लाइ उत्कृस्ट नमुना को टपरी ले छोपे झैँ मात्र हो | कोहि खोही मैले कोरेको धागो तपाई मेरै लागि समर्पित गरि लेखेको ठानेर कमेण्ट नगर्नु हुन अनुरोध छ |

Logan · Feb 16, 2026 10:43 AM

यो रे र लाइक लाइक भन्ने चिजको येती सम्म दुरुपयोग र ओवरयूज़ भाको छ नि….. कुरा गरेर साध्य छैन. नेपाली समाजमा त जरो गाड़ेरायी बसेको छ भण्डा ग़लत… नहुला ……l घर घर को कहानी यही “रे “भन्ने अक्छर बाटा सुरु हुँच र खत्तम पनी….नत्र आफ़ई एउटा वाक्य बनायर हेरनोस त.. लाइक सब्द हेराउ ….. यो अंग्रेजहरूले एकटा वाक्य समापन गर्न २-३ लाइक न भनी यिनी हरुलाई खाको पचड़ैन. अझ एंजाइटी र डिप्रेशन बाट ग्रसित बेकती हरूको त झन कुरई नगरूम. २ हरफ़ सक्कौन १०-१२ चोटी लाइक सबड यूज़ गरेर वाक्य समापन गरछन ओवरथिंकरहरुले पणि यो सबद निकई प्रयोग गरेको पौचू. मनको निश्चलता अडेर तपाई पणि??

Oops i did it again · Feb 16, 2026 1:55 PM

ठिकै कोर्नु भयो " रे " बारेमा | कटाक्ष मा " रे " शब्द को प्रयोग हुनु मा overuse होईन | कुनै सत्य कुरा को ओरिपरि घुम्ने नक्षत्र झैँ काल्पनि नक्षत्र सम्झदै व्यंगात्मक एकालाप बनाउन खोजिएको हो तेसैले "रे" को शब्द प्रयोग हुन्छ | "रे" न राखे के चै राख्दा ठिक होला कुनै पार्यबाचक कुनै त्यस्तो कुरा छ भने जानकारी गराउनुहोस \| तर हजुरले "अझ एंजाइटी र डिप्रेशन बाट ग्रसित बेकती हरूको त झन कुरई नगरूम" अतिनै सत्य कुरा त्यो पनि आफैलाई सम्झदै / मनन गर्दै कोर्नु भएको जस्तो लाग्यो | लोगन नाम बाट कोरिने धागा मा केहि देखरे हो वा नाम मात्रै देख्ना साथ् केहि कोर्ने पर्छ ठानी लेख्नु भएको हो त्यो चै बुझ्न सकेको छैन किनकी हजुर मात्रै एकल व्यती तुरुन्तै आफ्ना भावना पोख्न पछि पर्नु हुदैन | एउटा हिन्दि फिल्म मा विलेंन ले " ये गालि दे रही है या प्रसंशा" भनि आफ्ना भरौटे लाइ सोधे झैँ मैले पनि हजुरको आसय अहिले सम्म बुझ्न सकेको छैन , लौ साझा छिर्ने भद्र पुरुस हरु ले बताई दिनु भए आभारी हुने थिए |

LOGAN · Feb 17, 2026 11:00 AM

यो बर्स चै पक्कै पनि " नोबल पिस" प्राईज पाउने छ किनकी बिस्व बाटै " Terrorism" हटेर जानेछ र अमेरिकी नागरिक सुरक्षित हुनेछन भन्ने कुरा चै मृग तृस्ना सरह नै हुनेछ | समाचार मा अमेरिकी हरु इरान युद्द पछि २ जना मारिए , हेर्दै जौ के के सुन्न र देख्नु पर्ने हो ?

Logan · Mar 2, 2026 11:09 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion