कस्तो भ्रमले गर्दा युलेन्स स्कुल किन जलाइयो ...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

युलेन्स एजुकेसन फाउन्डेसनको सार्वजनिक वक्तव्यले हाम्रो समाजलाई ऐना देखाइदिएको छ। खासगरी समाजको त्यो तप्कालाई;&nbsp;जो आफूलाई सचेत र&nbsp;जागरूक ठान्छ, बुझ्झकी र बुद्धिजीवी&nbsp;ठान्छ। यसमा हाम्रा सञ्चारमाध्यम र हामी पत्रकारहरू पनि पर्छौं। पत्रकारका दुई मुख्य काम हुन्छन् — सत्य भन्ने, र असत्यको भ्रम चिर्ने। युलेन्सको हकमा हामीले यी दुवै जिम्मेवारी पूरा गर्न सकेनौं। युलेन्स एजुकेसन फाउन्डेसन अन्तर्गतका स्कुल र कलेजलाई लिएर समाजमा भ्रम छरिएको थियो। आम मान्छेलाई त्यो भ्रम पूर्वबाट घाम उदाएजस्तै सत्य लाग्थ्यो। हामीले समाजमा व्याप्त त्यो भ्रम चिर्न जरूरी ठानेनौं। जति बेला हामीलाई यसको अनुभूति भयो, युलेन्स आगोमा जलेर खरानी भइसकेको थियो। भदौ २४ को विध्वंसात्मक आगजनी र तोडफोडले काठमाडौंको बाँसबारी र ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलका भौतिक संरचना ध्वस्त भएको खबर सुनेपछि हामी बल्ल झल्याँस्स भयौं। हामीलाई लाग्यो — युलेन्सको सत्य भनिनुपर्छ, लेखिनुपर्छ। हामीले युलेन्सका संस्थापक अध्यक्ष सोम पनेरूलाई फोन गर्‍यौं र आफ्नो कुरा भन्यौं। जबाफमा उनले भने, 'Now it's too late.'&nbsp;(अब धेरै ढिला भइसक्यो।) हामी&nbsp;थप केही बोल्नै सकेनौं। उनले अगाडि भने, 'तपाईंहरूले धेरै ढिला थाहा पाउनुभएछ, जब सबै समाप्त भइसक्यो। हामी अब मिडियासँग कुरा गर्दैनौं।' सोमले जसरी&nbsp;हामीसँग कुरा गरे र फोनको लाइन काटे, त्यसमा उनको आक्रोशभन्दा 'इमोसन'&nbsp;बढी झल्किएको थियो। हामी उनको भावना र संवेदना बुझ्छौं। आक्रोश र पीडा पनि&nbsp;बुझ्छौं। र, यसले हामीलाई लज्जित बनाएको छ। तर&nbsp;फेरि&nbsp;पनि&nbsp;हामीलाई लाग्छ&nbsp;—&nbsp;Better late than never. युलेन्सलाई लिएर आम मान्छेमा दुइटा&nbsp;ठूला&nbsp;भ्रम छन्&nbsp;— पहिलो,&nbsp;यो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा पूर्वपरराष्ट्र मन्त्री आरजु देउवा राणाको स्कुल हो। दोस्रो, धनीमानीका छोराछोरी मात्र पढ्ने यो स्कुलले अकुत नाफा कमाउँछ। आम मान्छेमा ध्रुवसत्यको हदसम्म&nbsp;फैलिएका यी दुवै भ्रममा कुनै सत्यता छैन। सत्य के हो भने,&nbsp;न यो स्कुल आरजु देउवाको हो।&nbsp;न यसले धनीमानीका छोराछोरी मात्र पढाउँछ। र, न यसले नाफा कमाउँछ। युलेन्स नाफा नकमाउने कम्पनीका रूपमा खुलेको&nbsp;स्कुल हो। यसरी खुलेको कम्पनीमा&nbsp;कसैको व्यक्तिगत लगानी हुँदैन। कोही सेयरधनी हुँदैन। त्यसैले&nbsp;यो स्कुलको मालिक कोही छैन। र, यसको नाफा कसैले लैजान&nbsp;पाउँदैन। अनि यो स्कुलले धनीका केटाकेटी मात्र पढाउँदैन।&nbsp;बरू धनीहरूसँग धेरै शुल्क लिएर त्यही पैसाबाट सयौं गरिब विद्यार्थीलाई नि:शुल्क पढाउँछ।&nbsp;जे–जति कमाइ हुन्छ, स्कुलमै लगानी गर्छ। विद्यार्थीको पठनपाठनमै खर्च गर्छ।&nbsp;सम्पन्न र विपन्न दुवै परिवारका विद्यार्थीलाई एकै कक्षामा राखेर&nbsp;विश्वस्तरीय शिक्षा दिन्छ।&nbsp;यो नेपालमा खुलेका सबभन्दा गुणस्तरीय स्कुलमध्ये एक&nbsp;हो। यति मात्र होइन, नाफा वितरण नगर्ने उद्देश्यले खोलिएको यो स्कुल&nbsp;भविष्यमा बन्द भए यसको स्वामित्वमा रहेको सबै सम्पत्ति राज्यकै&nbsp;हुन्छ। केही समयअघि विघटित प्रतिनिधिसभामा&nbsp;हामीले एउटा बहस सुनेका थियौं&nbsp;—&nbsp;सबै निजी स्कुललाई गैरनाफामूलक बनाउनुपर्छ। ठूला धेरै निजी&nbsp;स्कुलले उक्त अवधारणाको विरोध पनि गरे। युलेन्स भने सुरूदेखि यही अवधारणा अनुरूप चलिरहेको छ। यस्तो स्कुल कसले खोल्यो त? कसले चलाउँछ? कसरी चल्छ? योसँग आरजु देउवाको सम्बन्ध के? हामीले बेलैमा नलेखेका यस्ता सवालका जबाफ ढिलै भए पनि यो स्टोरीमा लेख्दैछौं। मिरियम युलेन्स (दायाँ) र उनका श्रीमान गाई युलेन्स। यो स्कुलको स्थापना बेल्जियन&nbsp;नागरिक&nbsp;मिरियम युलेन्स र उनका श्रीमान गाई युलेन्सले गरेका हुन्। कथाको सुरूआत&nbsp;सन् नब्बे दशकको प्रारम्भबाट हुन्छ, जति बेला मिरियम युलेन्स पहिलो पटक नेपाल आएकी थिइन्। यहाँको बसाइले उनको मन पनि यतै बस्यो।&nbsp;अरू धेरै पर्यटक यहाँका मनोरम दृश्यले लोभिन्छन्, मिरियमलाई भने यहाँका मानिसको आत्मीयता र सहृदयताले लोभ्यायो। त्योभन्दा ठूलो कुरा त, उनी ती हजारौं नानीबाबुको अवस्था देखेर पग्लिइन्, जो&nbsp;विभिन्न कारणले दरिद्रताको मार खेपिरहेका थिए र पढ्ने अवसरबाट वञ्चित थिए। उनले&nbsp;त्यस्ता&nbsp;नानीबाबुको भविष्य सपार्न र उनीहरूको जीवनमा थोरै भए पनि खुसी छर्न 'ह्याप्पी होम' नामको बालगृह सञ्चालन गरिन्। बालगृह त खोलिन्, तर नेपालमै बसेर त्यसको दैनिक व्यवस्थापन सम्हाल्न मिरियमसँग समय थिएन। उनी निकै कम समय नेपालमा बस्थिन्। त्यही भएर बालगृहको व्यवस्थापन सम्हाल्न उनी&nbsp;सक्षम व्यक्तिको खोजीमा लागिन्। त्यसै क्रममा उनको भेट भयो, सोम पनेरूसँग। गोरखाको ग्रामीण परिवारमा जन्मिएका सोम&nbsp;अमेरिकी नागरिक तथा प्रख्यात समाजसेवी&nbsp;ओल्गा मुर्रेले खोलेको&nbsp;'नेपाल युथ फाउन्डेसन' मा आबद्ध थिए। त्यही संस्थामार्फत उनी विभिन्न सामाजिक काममा संलग्न रहँदै आएका थिए।&nbsp;खासगरी गरिबीका कारण पढ्न नपाएका बालबालिकालाई छात्रवृत्ति दिने अभियानमा उनी&nbsp;समर्पित थिए। सोमको कामसँग आफ्नो आवश्यकता मिलेपछि मिरियम युलेन्स सोध्दै, खोज्दै उनको सम्पर्कमा पुगिन्। र, ह्याप्पी होमको व्यवस्थापन हेरिदिन प्रस्ताव राखिन्। यहीँबाट मिरियम युलेन्स र सोम पनेरूको सहकार्य अघि बढ्यो। यो सन् १९९६ को कुरा हो। यहाँबाट कथाले नयाँ मोड लिन्छ।&nbsp;मिरियमकै माध्यमबाट उनका श्रीमान गाई युलेन्ससँग सोमको सम्बन्ध गाँसिन्छ। विश्वस्तरीय कला संकलक र&nbsp;व्यवसायीको&nbsp;परिचय बनाएका&nbsp;गाई&nbsp;युलेन्स&nbsp;एक परोपकारी व्यक्ति हुन्। उनी आफूले&nbsp;कमाएको धन समाजको हितमा&nbsp;खर्च गर्नुपर्छ&nbsp;भन्ने&nbsp;सोच&nbsp;राख्थे। त्यसका लागि उपयुक्त अवसरहरूको खोजीमा सधैं तल्लीन रहन्थे। सोमसँग चिनजान भएपछि उनले प्रस्ताव राखे, 'म नेपालको&nbsp;शिक्षा क्षेत्रमा योगदान गर्न चाहन्छु।' <p style="box-sizing: border-box; outline: 0px; margin: 0px; padding: 0px 0px 20px; border: 0px; font-variant-numeric: inherit; font-variant-east-asi

ktmpost · Sep 28, 2025 8:03 AM · 6,736 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion