यो सप्ताहान्त एक जना साथीको मा गैइएको थियो | मित्र महोदयले आज तिमीलाई मा चिकेन पुलाउ बनाएर खुवाउछु भने | अचम्म मान्दै आज सम्म पुलाउ मात्र सुन्दै आएको मा कहा बाट यो चिकेन सब्द कसरि टासिन पुग्यो तिर दिमाग गयो | यी ति नै मित्र हुन् चाइनिज प्रेसरकुकर को मासु सिलिङ्गमा लिप्ने | कुक भएर काम गर्न सक्ने skill यिनमा भएकाले नया कुरा बनाउनु यिनको लागि कुनै महाभारत होईन | पाकसालामा कुरा कानी गर्दै उनका पकवान पकाउने तौर तरिका लाइ पनि ध्यान दिदै थिए | चामल भिजाएर राखे , कुखुरा लाइ अलिक धेरै प्याज र मसाला हाली एका तिर पकाए , अर्को चुल्होमा पुलाउको तयारि यानी भिजेको चालमा लाइ fry गरे | कुखुरो पाक्ने तरखरमा थियो उनले भुटेको चामल लाई कुखुरो पकाएको प्रेसर कुकरमा खन्याई पकाउन सुरु गरे | सानो आचमा पकाउन सुरु गरे , दुई सिट्ठिमा आगो निभाए | पस्किएर खान सुरु गर्नु अघि तिमिले भनेको चिकेन पुलाउ यहि हो भन्दा सजिलोहोस् भनि नेपालि नामाकरण गरेको हु | इन्डियन हरुले बिरियानी भने अब हामीले चिकेन पुलाउ भन्दा के फरक पर्ला र ? कुरा ठिकै हो जस्तो लाग्यो | हामीले पनि सुन्दै आएका उखान मात्र उखान ठान्नु उचित वा अनुचित हो | कसैले सुरु गर्यो र अरुले प्रयोग गर्दै आए कालान्तरमा उखान हुन् पुग्यो | अनि आफैले कोरे को " काम छैन बुहारी/ डीङ्घा साझा छिर" सम्झदै चिकेन पुलाउ मिल्दो जुल्दो नै लाग्यो | तपाई हरुको के राय छ ? TPS र बेसारे Mischievous रास्ट्रपति का कुरा सुन्नु पर्दा " घरै पिडालु बने पिडालु साझा छिर्यो एक दश धार्नी पिडालु " झैँ भए पछि यो धागो कोर्न पुगेको हु |
logan · Feb 9, 2025 5:24 PM · 8,509 views
sustey, when you add chicken in pulau its Chi-lau haha
salikram jamakattel · Feb 11, 2025 2:31 PM
ए लोगनसु के हो यो चिकेन पलाउ भनेको? पलाउ संग चिकेन खाको भन्या हो ? त बैरागीले चिया संग मासु त खान छोडिनस् ……. वाऊ
Tesla guy · Feb 11, 2025 4:31 PM
बिरयानी बनौन खोजेको धेरै पाकेर खीर्यानी भाको चाही छ है मेरो , खान सके देलिसिओउस नै थ्यो !
surexh · Feb 11, 2025 5:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion