डी प्लसवाला विद्यार्थी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ए प्लसवाला साथी डाक्टर बन्छ अनि देखाउँछ इज्जत म माथि पाइलट बन्छ साथी अनि जहाज उडाउँछ मै माथि ईन्जिनियर बन्छ अर्को साथी अनि आफ्नो उपायले गाडी कुदाउँछ नदी माथि पढ्दा ध्यान नदिएकोले छाती बिझाउँछ हेर साथी खेल्छु फेसबुकका कमेन्टसँग; म हुँ डीप्लसवाला विद्यार्थी । डल्ले पढ्नकोलागि काठमाडौँ हाँकियो, खुर्के आएल्टसभन्दै तर्कियो, टुल्के अष्ट्रेलियाको पि-आर भन्दै गर्कियो “साथी कुन ग्रेड आयो ? “ उत्तर दिँदा लाग्ने झर्को अरबको घाम भन्दापनि पोल्ने प्रश्न चर्को अलिकतिले डी प्लसमा परेछु क्यारे जीवन त हेर्दाहेर्दै लर्कियो क्यारमबोर्ड खेल्दै बितिरा’छ दिन साथी आफू त परियो डी प्लसवाला विद्यार्थी ।। त्यो बेलामा सरले पढाउँदा हल्ला गरियो त्यही कारणले अहिले यस्तो दुःखमा परियो ए प्लस , ए र बी प्लस सुन्दा लाग्छ दिक्क यस्तो अवस्था देखेर उबेलाका शिक्षकले भन्दा हुन्,”पर्यो ठिक्क!” हरेक फिल्मको रिलिज मिति जानेको छु साथी म त परे डी प्लसवाला विद्यार्थी ।। अभि डाक्टर साथीसँग पार्टीमा गएर सेल्फी हान्छ आयुष आफ्नो गाडीमा रेबनको चश्मा लाएर उद्योगपति साथीहरूसँग मुस्ताङ घुम्न जान्छ अनि मेसेज पठाउँदै भन्छ , “कता हरायौ यार तिमी जस्तो मान्छे ? “ यो पिडामा म उत्तर दिन सक्दिन त्यसैले मेरो हालत चाल पाएर आफू हेपिने डरले छिनभरमै अनफ्रेण्ड हान्छ मोबाईलमा टाईपिङ्ग स्पिड बढिराछ साथी थाहा नै छ नि म हुँ डी प्लसवाला विद्यार्थी ।। देख्नुभो , बज्र पर्दैछ म माथि परिवारको गाली पनि खनिन्छ मै माथि कति भन्नु पीडा छ मै माथि यस्तो दुःख खप्नुभन्दा त पढेकै जाति ग्रह दशा चल्दैछ रे साथी म त परे डी प्लसवाला विद्यार्थी ।। Nitesh adhikari

Smriti-malla · Jan 23, 2025 8:18 PM · 8,158 views

1 Reply

Teita ramro kaam bhayena bhane sathiharusita vhetna ni daar lagne ego Hurt hune daar le.garo xa ho

Hanuman1 · Jan 24, 2025 11:13 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion