ट्याक्स संङ्ग जोडिएका पुराना सम्झना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

प्रथम ट्याक्स फाइल गर्न जादा छ सात महिना काम गरेका होलान, साथमा २ बच्चा समेत हुदा बिबिध क्रेडिट पाएको हुनाले ५ -६ हजार रिफ़नड पाउदा जोडी दङ्ग परेका थिए | दोश्रो ट्याक्स फाईल गर्न गए अनि एजेन्ट भनेछ " Congratulation! You made good money and your refund will be less than last year". राजा तेस्ले के भनेको भनि बुढीले बुढासंग सोधनी हुदा मैले धेरै काम गरेर आम्दानि बढेको हुदा पोहोर सालको जत्ति रिफ़नड आउदैन रे | जबाफ सुने पछि बुढालाई भन्न पुग्छिन " मैले भनेको होइन त, राजा धेरै दुख नगरिबक्स्योस भनेर , देखिस्यो त रिफ़नड पनि कम आयो" | माया भनेको यस्तो हुन्छ | मेरो चिनजानको मान्छे ले उसको गाउलेलाई ट्याक्स फायल गर्न सहयोग गर्थे | तेश्रो बर्ष हाम्रो आम्दानि एति छ अनि withheld यति छ कति रिफ़नड आउछ भनि सोधेछन | उसले यति जति आउछ भन्दा फलानोको २ बच्चा छ किन हाम्रो ३ जना बच्चा हुदा कम आउने ? कारण बताए पनि धेरै रिफ़नड पाउने ठाउमा गए | तर पाउने रिफ़नड उसले बताएको मा १० - २० डलर मात्रै फरक पर्यो| ट्याक्स फाइल गर्ने सुल्क : कतिवटा w-2 छन , Dependent कति छन् , earn income credit. child tax Credit आदि इत्यादि जे जे फर्म को प्रयोग हुन्छ तेही अनुसार चार्ज बढ्दै जान्छ | यो हिसाबले अबस्य पनि १०० - १५० जति तिरे होलान | तेती खेर TAX-ACT ले १४ -१५ डलर लिन्थ्यो र माग्दीन भन्थ्यो | भेटि चै कति चडाउनु भयो भन्दा आलाटाला गरे रे | यी कुरा सुने पछि मैले मन मनै सम्झीए " ......... लाई घिउ नपचेको" भनेको यही होला |

Logan · Mar 5, 2024 12:40 PM · 13,302 views

1 Reply

आफ्नो ट्याक्स आफैले गर्नु पर्छ भनि प्रोत्साहन गर्ने दाइका कुरा यस्ता थिए | ट्याक्स फाईल गरे पछि पैसा पाइञ्छ, बच्चा हुनेले बिबिध क्रेडिट पाएर पैसा पाइन्छ त्यो दिने चै लोकल ट्याक्स को काम गरिदिनेले गर्छ र तिनैले दिन्छन भन्ने हरु सोच लिने धेरै रहेछन | एउटा अफ्रिकन अमेरिकन २०० डलर जति आम्दानि गरेको एउटा W-2 आगाडी तेर्स्याएर कति रिफ़नड आउछ भनेर सोधे पछि तैले नभरे पनि हुन्छ | तेरो withheld नै छैन भने पछि मेरो छोरि छ मलाइ किन दिदैनस भने पछि यो सरकारी कार्यालय होइन | ट्याक्स भर्न नजान्ने र complicated फ़ाईलिङ्ग हुनेलाई सहयोग गर्ने मात्रै हो भन्दा पनि ठुलो ठुलो स्वरमा कराउन थाल्यो | अपशब्द बोलाइ संगै त भारतीय भनेको सुने पछि उनि जुरुक्क उठेर म इन्डियन होइन नेपाली हु , त Kenyan होस् भने पछि चुप लाग्यो रे | ३ - ४ बर्स काम गरेहोलान एसियनहरु दुर्लबै आए किनभने लक्मी पुजा गर्नेहरुले जोड घटाउ को लागि खेताला लगाई रहदैनन भन्थे |

logan · Mar 7, 2024 9:59 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion