प्रिय! तिमीलाई यो पत्र लेख्न बस्दा ल्यापटपमा योगा र ध्यानमा बस्दा सुन्ने बाँसुरीको मीठो पार्श्व धून बजिरहेको छ। त्यही धूनजत्तिकै मीठो सम्झना र माया। तिमीलाई सम्झेर सायद अन्तिमपटक पत्र लेख्दै छु। पत्र–पत्रमा, शब्द–शब्दमा बेस्सरी बहकिन मन छ, रुन मन छ। पत्र लेखनको कुनै नियम हुन्छ भने त्यो नियमलाई धरातधुरुत पारेर पत्र लेख्न मन छ। आखिर, लेख्ने कला तिमीले नै त सिकाएका हौ। तिमीसँगको पहिलो भेट सम्झन र सम्झाउन किबोर्डलाई धेरै थिचिरहन मन लागेन। किन पनि भने, झरीले सारेको हाम्रे जोमसोमको जहाजी यात्राका केही पोखरेली दिनमा जसरी हामी नजिक भयौ, त्यसलाई तिमीले कथा बनाएछौ र शीर्षक दिएछौ– सेतो टिसर्ट। केही दिन पहिले पढेकी थिएँ–एउटा साहित्यिक अनलाइन पत्रिकामा। धेरैपछि यति मीठो भाषा पढ्न पाएँ। बाहिर हिउँ परिरहँदा तिम्रो काखमै निदाएजस्तो मीठो। धेरैपछि आज तिम्रो फेसबुकको भित्तोतिर घुम्न निस्किएँ। घुमें। मज्जैले घुमें। दशैंमा खेल्ने रोटे पिङजस्तै घुमें। लुम्रीखोलाको पानीघट्टजस्तै घुमें। चैतेदशैंमा घुमाउने लालीगुराँसको भुरुङजस्तै घुमें। जति घुमे पनि कहीं नपुग्ने गरी घुमें। तिम्रो भित्तामा नयाँ-नयाँ रङ पोतिएछ। कन्ट्रास्ट कलर लिपिएछ भित्तोमा। रङ नै रङको समुद्रमा सुन्दर तस्वीर कोरिएछ। केही नयाँ पालुवा पलाएका लहरा र केही ऐजेरु पलाएका पुराना सुख्खा ठुटा, बन्दाकोभिको पातमा सुस्ताएका झुसिलकिरा र सयपत्रिको थुँगामा अडिएका पुतली, गोधूलि साँझको मधेशको देहाती बस्ती र शीतले लछप्प हुँदै खरबारीमा सुस्ताएका दौंतरी। सुन्दर भित्तो। के भित्तो पोत्न किरण मानन्धरलाई बोलाएका हौ? खैर, हो र होइन जे जवाफ भए पनि मलाई त्यसको अर्थ शून्य बराबरी नै हो।0 लक्ष्मीप्रसाद देवकोटाको म शून्यमा शून्य सरी बिलाएँ जस्तै। तिम्रो त्यो भित्तेचित्रमा भएको चिनारको पातजस्तै भएकी म। त्यही पातलाई सम्बोधन गरेर लेखिएको सायरी जस्ती म। कुच चिजों टुटकर बिखर्ने पर भि खुबसुरत लग्ते हैं, चिनारके पत्तों के तरह। किन थाहा छ?– शून्य पनि त आफैंमा सुन्दर हुन्छ नि। केही नहुनु पनि त केही हुनु हो नि। जस्तो– म तिमीसँग छैन तर यो चिठी त छ नि। जोमसोममा मभन्दा तिमी पुरानो हौ। केही मिनेटले पुरानो। म जोमसोमको विमानस्थलमा ओर्लंदा तिमी मलाई पर्खिरहेका थियौ। एयरपोर्टको गेटबाट बाहिरिएपछि तिमी होटलतिर लाग्यौ– म अफिसतिर। साइनो त गाँसिदै थियो र पनि तिमीले त्यतिबेलै भनेका थियौ– एउटै गेटबाट निस्केर पनि दुई जना दायाँ र बायाँ। अब कहिले यस्तो नहोस्। घुम्ती कत्ति पनि नहोस्। उफ्! तिमीले त्यसो भनेको धेरै वर्षपछि आज घुम्तीको अर्थ बुझ्दै छु। दायाँ र बायाँ घुम्ती। जोमसोम कसलाई मन नपर्ला? कसलाई राम्रो नलाग्ला? जोमसोमको सुन्दरताको नशाजत्तिको लठ्याउने कुन नशा होला अरु? त्यो हावाले उडाएर नलैजाने कुन दुःख होला संसारमा? सुन्दरताको चर्चा गर्दा किन मोनालिसा सम्झन्छन् होला? भिन्चीले जोमसोम देखेको भए केको चित्र कोर्दो हुन?– मोनालिसा कि जोमसोमको? स्वर्ग कस्तो हुन्छ त मलाई थाहा छैन। तर जोमसोमलाई स्वर्ग भनेका हुनु कि जस्तो भने अवश्य लाग्छ। विशेष थियो र अझै पनि उस्तै छ –जोमसोम। जोमसोम, तिमी र म। सम्झ त, यो त्रिभुजका तीन रेखालाई। यो त्रिभुजका समकोणहरूलाई। काली बग्दैन राजा, आँसु बग्छ यतिबेला। सम्झनाका प्रत्येक पलपलबाट आँसुका काली उम्रन्छन्। र कालीका छेउछेउ बाध्यताका बैंसरुपी बोटहरू हुर्किरहेछन्। कथा लेख्न जोमसोम पुगेको तिमी र जागीरको सिलसिलामा जोमसोम पुगेकी म। तिमी भन्थ्यौ नि, लेख्ने मुड चलेको बेला बाहेक अरु बेला बेरोजगार म भनेर। म पनि त बेरोजगार जस्तै थिएँ नि। देखिन त म एनजिओको जागिरे थिएँ। सुनौला हजार दिनको कार्यक्रमको फिल्ड अफिसर थिएँ। तर त्यो औपचारिकता मात्र थियो। तिमीलाई थाहा छ नि, मान्छे औपचारिकभन्दा पनि अनौपचारिक रुपमा जे हुन्छ– त्यही उसको परिचय हो। अनौपचारिक रुपमा म के थिएँ? कस्ती थिएँ? के गर्थें? के बोल्थें? कस्तो रात निदाउँथें र कस्ता सपना देख्थें? यी सबै प्रश्नको साझा जवाफ तिमी थियौ। अब आफैं बुझ, म के थिएँ। तिमीलाई जोमसोमका दिन सम्झाउन र अतीत बल्ल्झाउन यो चिठी लेखेकी हुँदै होइन। किन सम्झाउँ र बल्झाउँ तिमीलाई? सम्झाउन त हावाका प्रत्येक झोंक्का छन्, हिउँका प्रत्येक सिला छन्, स्याउ, खुरपानी र बैंसका प्रत्येक हाँगा छन्। के ले सम्झाउँदैनन् होला र हाम्रो समयलाई? डोल्पातिरको साङ्ता गाउँबाहेक कुन गाउँका कुन गल्ली होलान् र हाम्रा पाइतालाका बासना नबसाएका? कुन निगालोघारी होला र हामीलाई टुसाको स्वाद नचखाएको? कुन मानेमा छैनन होला र हाम्रा औंलाका चक्रका छापहरू? रुप्सेको पानीको लहरादेखी सिमा पिल्लरसम्म के मा मेटिएको होला र तिमीले मेरो नाम जोडेर लेखेको तिम्रो नाम? म त जोमसोममा छैन तर यी आँखाले देखेजतिको दृश्य जोमसोम हो जस्तो लाग्छ। जोसँग बोले पनि तिमीसँगै बोलेजस्तै लाग्छ। जुन रात सपना देखे पनि सिरानी उही हो जस्तो लाग्छ– जुन सिरानीमा तिमीले आफ्नो चित्र कोरेको थियौ। तिमी चित्रकार पनि त थियौ नि। तिमी मेरो मान्छे थियौ। म तिम्री। जोमसोम– सानो ठाउँ। थोरै मान्छे। कसको भान्छामा के पाक्दैछ भन्नेसम्म थाहा हुने ठाउँ। अझ तिमी त कति छिट्टै रैथाने जस्तै भएका थियौ नि। कसले मन पराउँथेनन् र तिमीलाई? चाहे स्थानीय हुन या जागीरको सिलसिलामा पुगेका कर्मचारी। सबैका बीच तिमी कथाकारको रुपमा चिनिएका थियौ। कथा लेख्न त्यहाँ पुगेको तिमीलाई सबैले कथाकार नै भन्थे नि। कथाकार महोदय, तिमीसँगका प्रत्येक पल कथा जस्तै छन। सुन्दर। हरेक साँझ गणेश मन्दिरमा हुने भजनमा तिमीले भजन गाएको र नाँचेको प्रशंशा नगर्ने कोही हुन्थेनन्। भजन टोलीको बीचमा बसेर मजुरा बजाउँदै गरेको तिमीलाई म कुनापट्टि बसेरै हेरिरहन्थें। मेरो ध्यान भजनको लयमा हैन, तिम्रो ओठको लयमा हुन्थ्यो। किन त्यस्तो हुन्थ्यो होला? जबकि म त तिम्री ऋद्धि/सिद्धि जस्तै त थिएँ। सम्झन्छु, देशमा नयाँ संविधान जारी भएको खुसीयालीमा भएको र्यालीमा तिमीले सबैभन्दा ठूलो झण्डा बोकेर हिंडेका थियौ र मैले तिम्रो हरियो विन्ड चिटर। मलाई तिम्रो त्यो सबैभन्दा प्यारो विन्ड चिटर बोक्न लगाउन मात्र हो कि त्यो बेलाको हावाले साँच्चिकै तिम्रो छातीलाई नहानेर हो, त्यो कुरा मैले कहिले सोधिनँ। नसोधेरै ठिक गरें हुँला। र्याली जिल्ला प्रशासन अगाडिको चौपारीमा आइपुगेपछि तिमीले झण्डाले मलाई बेर्यौ र सँगै फोटो खिचायौ। कति लाज लागेको थियो त्यतिबेला मलाई। सबैको अगाडि मलाई पछाडिबाट झण्डा ओढाउने मेरो राजा। भन्दै थियौ– अहिले झण्डासँग फोटो, पछि घुम्टोसँग। हो, मैले त घुम्टोसँग फोटो खिचें तर मेरो साइडमा तिमी भएनौ। तिमीलाई सम्झँदै, जोमसोमलाई सम्झँदै त्यो समय लेख्न सुरु गरें भने उपन्यास तयार होला। म त्यसो गर्दिनँ। त्यसो गरें भने तिम्रो काम खोसेको जस्तो लाग्छ। टिटी तालको किनारामा बसिरहँदा तिमीले भनेका थियौ नि– बुनु! म सधैंभरि लेख्छु मात्र, पछि घर धान्ने जिम्मा तिम्रो है भनेर। तिम्रो घर धान्न त सकिनँ, तर तिमीले गर्छु भनेको काम भने नगरेरै तिमीलाई साथ दिन्छु। लेख्ने काम नगरेर। तिमीले सिकाएको लेखन कला जतन गरेर जोगाएर राख्छु सधैंभरि– केही नलेखेर। भनौला, धत्! लेख्ने काम त जति गर्यो त्यति जोगिन्छ नि भनेर। तर अहँ, मलाई त्यसो लागेन। मैले लेखें भने तिम्रो कला चोरिएला कि भन्ने डर छ मलाई। टिटी ताल। हरियो जंगलको बीचमा सानो ताल, नीलो पानी, धौलागिरी र पानीहाँसले पौडी खेलिरहेको, हरियो घाँसको भिरालो चउर, सयौंथरी फूल, तिमी अनि म। माथि, मीठो घामको छाता। सम्झन्छु, आफ्नै नाम जत्तिकै प्रष्ट सम्झन्छु। एक जोडी पानीहाँस हाम्रो नजिकै आएर माया गाँसेको त्यो बेला कम्ति लाज लागेको थिएन। त्यही बेला तिमीले मेरो गालामा मीठो माया दियौ। मैले पहिलोपटक स्पर्शको माया पाएको बेला थियो त्यो। तिमी थियौ र जोमसोम थियो। तिमी छौ र जोमसोम पनि छ। तिमीले जनहित स्कुलतिरको घरमा कोठा लिएर बसेपछि तिम्रो कोठा मेरो मन्दिर बन्यो, मेरो लाइब्रेरी बन्यो, मेरो घर बन्यो, मेरो चारकोठे संसार बन्यो। तिमी होटलमा बसुन्जेल होटलको कोठामा कहिले नगएकी म,त्यसपछि तिम्रो कोठा छाडेर कतै जान मन लागेन। दिनभरि त अफिसमा जीवन धान्ने मेलो गर्ने म, साँझ नपर्दै तिम्रो कोठामा हाजिर नलगाई मनै मान्दैनथ्यो। म बुझ्थें, तिमीले मलाई पर्खेर बसेको भाषा। भन्थ्यौ– बाहिरको गेट खोलेको आवाजले तिमी आएको भन्ने चिन्छु भनेर। कति ख्याल गर्ने मान्छे। मान्छे र फलामे चुकुलको आवाजबीच सम्बन्ध चिन्ने तिमी। गेट त अचेल पनि खोल्छु मैले– तर तिमीले जसरी चिनिदिने मान्छे छैन। हरेक पटक गेट खोल्दा त्यही गेट सम्झन्छु। तर खै कसले चिनेन तिमीलाई? खै कसले चिनेन मलाई? खै कसले चिनेन गेटलाई? खै कसले चिनेन चुकुललाई? सायद, छैंठीले। अक्षर लेख्न सुरुमा कसले सिकायो, मलाई याद छैन। तर यसरी लेख्न सिकाएको तिमीले हो। थोरै लेख तर धेरै भन। घुमाएर लेख तर सिधा भन। तिमी यसै भन्थ्यौ नि हैन? अचेल म थोरै बोल्ने पनि भएकी छु। बोलेर शब्दले अर्थ पाउन छाडेका छन् अचेल। किन बोलिरहुँ? लेखेर मर्म निचोर्न नसक्ने भएका छन् शब्द अचेल। किन लेखिरहुँ? घरिघरि त यस्तो लाग्छ– फेरेर जीवन पाउन छाडेको छ सासले अचेल। किन फेरिरहुँ? तिमीसँग भेट नभएको भए पनि हुन्थ्यो। पोखरा एयरपोर्टमा मैले त्यो सेतो टिसर्ट नलगाएको भए पनि हुन्थ्यो। तिमीलाई त्यति ध्यान नदिएको भए पनि हुन्थ्यो। तर यो सबै भएन। जे भैसक्यो त्यही नभइदिएको भए हुन्थ्यो भन्नुको पनि के अर्थ? किन भनिरहुँ? बरु यत्ति भन्छु– तिमी कथा लेख। तिमीजस्तै कथा लेख। तिमीले भन्थ्यौ नि– मैले जोमसोमजस्तै कथा लेख्छु भनेर। हो त्यस्तै कथा लेख। तिमीले कथा लेखेर किताब निकालेपछि फेसबुकमा पक्कै राख्छौ। जब देख्छु तिमीले कथा जन्माएको– अनि एकप्रति मेरो नाममा सुरक्षित गर्छु। मेरो मान्छेले लेखेको कथा जुन कथामा म पनि लुकेर बाँचेकी हुन्छु। म अहिले कहाँ बाँचेकी छु, कसरी बाँचेकी छु, त्यो तिमी जान्दछौ। म बाँचेको परिवेश पनि तिमी जान्दछौ। विद्यार्थी भिसामा यहाँ आइपुगेकी म, आफन्तसँग सँगै बस्दै गर्दा कुन जालमा परें, आफन्तकै फ्ल्याटमा बस्दा पानी पिउन नपाएर कति दिनरात थुक निलेर घाँटी भिजाएँ, अनि कसरी पानी पिउन नदिने आफन्तकै गोडाको जल खान विवश भएँ र आफन्तको नाताभन्दा वर भएँ (पर पो भएँ कि कुन्नि?), सबै तिमीलाई इमेलमा बताइसकेकी छु। अब नेपाल फर्कने मन छैन। छ पो र को त्यहाँ? एक तिमी हौ, तिमीलाई थप उदास मुहार देखाउन सक्दिनँ। तिमीलाई लेज कति साह्रो मन पर्थ्यो है? भन्थ्यौ नि– तिमीले खुवाएदेखि हो मलाई लेजको स्वाद यति साह्रो मन पर्न थालेको। अझ भन्थ्यौ– यो लेज होइन। यो मेरो मायालु स्वाद हो। र माया तिमी हौ। यसमा तिमी घोलिएकी छ्यौ। साँच्ची, अचेल लेज खान्छौ कि खाँदैनौ? लेजको स्वाद उत्तिकै मीठो लाग्छ कि लाग्दैन? जोमसोममा रहुञ्जेल तिमीलाई नभनी एउटा काम गरें– डायरी लेख्ने काम। तिमी र म अटाएका डायरी छन् केही थान। तिमीलाई नभनेरै गरेको मैले लेखेका केही जोमसोमका हाम्रा कथा छन् ती डायरीमा। कतै नाचेका छौ, कतै नचाएका छौ। कतै घुमेका छौ, कतै घुमाएका छौ। कतै बाँचेका छौ, कतै बँचाएका छौ। कस्तो थियौ तिमी। उही मोनालिसाको अनुहारजस्तो हुन्छु ती बेला सम्झँदा– न रोएको, न हाँसेको। हेर्नेले जसरी हेर्छन्, उस्तै देखिने। काखमै लुटपुटिएर रुन मन लागेर चिठी लेख्न बसेकी म, लेख्दालेख्दै तिम्रै सिद्धान्तमा गएर अडिने भएँ। रुने तर बुझ्नुपर्ने बाहेकले नबुझ्ने गरी रुने। तिमी महसुस गर्न सक्छौ म यी शब्दमा कति कुरा भनिरहेकी छु र कति पीडा उमालिरहेकी छु। तिमी त मेरो मनको पनि मन छामेको मान्छे। मुटुको पनि मुटु छामेको मान्छे। चिठीमा जोमसोमका नालीबेली फोटोकपी गर्दिनँ। चिठीसँगै ती डायरीका केही पानाका रंगिन फोटोकपी साथमै छन्। कथा लेख्न जोमसोम गएको तिमी, मिल्छ भने ती पानालाई कतै फिट गर आफ्ना कथाहरूमा। म त काटिएँ र छाटिएँ मात्र तिम्रो जिन्दगीबाट तर मेरो डायरीका यी भाग काट, छाँट, मस्काऊ, चम्काऊ। जोड या घटाऊ। गुणा गर या भाग गर। जे गर तिम्रो मर्जी। तिम्रा कथाहरूमा यी पाना कतै बाँचेछन् भने शब्दमा पनि बाँच्नेछ हाम्रो जोमसोमको साथ। बचाऊ/नबचाऊ तिम्रो निर्णय। तिम्रो अ/भूतपूर्व मान्छे।
bandedv2023 · Feb 22, 2024 11:18 AM · 4,711 views
The 95 percent of men who produce normal levels of sperm create around 2 trillion of the swimmers per lifetime, says Shamma. Yes, trillion with a "T." "Out of those 2 trillion, they ejaculate something like 700 billion sperm," he adds. That amounts to around 7.5 liters of sperm in a guy's life. गंगाजी उल्टो बहन थालिन भन्दा अत्युक्ति नहोला | संसारको प्रगतिशील रास्ट्र ठानी आएको अमेरिका अब अरब मुलुक झैँ धर्म अनुसार चल्दैछ | लामो समय युरोपका राज्य चर्चबाट संचालित थिए अर्थात उनीहरुको भनाइ अनुसार राज्य चलेको थियो | लामो संघर्ष पछि राज्य र चर्च दुई फरक स्वतन्त्र निकाय हुन् र यिनी हरु जेरी जेलिए झैँ जेलिनु हुँदैन भन्ने फिलोसोफेर निस्किए र लामो प्रयास पछि सफल भएका थिए | अहिले अमेरिकाको राजनीति धर्म संग जेलिदै छ र बाईबल अनुसार राज्यले नया नया नियम बनाएर मानब स्वतन्त्रता खोस्दै छ | धेरै राज्य हरुले गर्भपतन Crime बनाए , बलत्कृत महिलाले पनि राज्यको कानुनि नियम को पछि दौडदा दौडदै समय बिताउनु परि बच्चा जन्माएर लालन पोषण गर्नु पर्ने बाध्यता बनाउदै छ | यति मात्र हो र गर्भ निरोधक साधन पनि बेच्न प्रतिबनध लगाई सम्भोग नै नगर भन्दै छन् | यो हिसाबले महिलाले Dildo अनि पुरुसले Doll वा हस्तमैथुन गर्न बाद्य हुनेछन | हालै अमेरिका को अलाबामा राज्यले preserve गरेर राखिआ मानब egg & sperm लाइ बच्चा हो भनेको छ | हामि एक्काईसौ सताब्दीमा Mars मा जाने कुरा गर्दै छु भने एता सामाजिक सभ्यतालाई एक दुई सतक पछि धकेल्दैछौ | एक पुरुसले जिबन कालमा खरबौ sperm स्खलन गर्छ तेसो भए तेस्लाई पनि बालक हत्या भएको मान्ने ? तेसै गरि महिलाले मासिकश्राब हुदा निस्कने अन्डा लाइ पनि बालक हत्या भन्ने हो कि ? केटा केटि हो बिचार गरेर मात्र अमेरिकाको कुन राज्यमा बस्ने निधो गर नत्र ढाल पनि किन्न र सम्भोग गर्न नपाइ सम्भोगको तृष्णा मै जिबन बिताउला | Last edited: 22-Feb-24 11:56 AM
Logan · Feb 22, 2024 11:38 AM
तँलाइ बस्नेत र बस्न्यात भनेको एउटा छेत्री अर्को बाहुन हुन् भन्ने लाग्छ अनि के सबैले लाटो, सुस्ते नभनुन त ? बार्हखरी छुट्याउन सक्छस भने नेपालको इतिहाँस ,धर्म ,साहित्य अध्यान गर्ने गर काम लाग्छ .
pitambar · Feb 22, 2024 4:32 PM
एई बज्रस्वाठ तेरो झड्केलो भिनाजुले का बस्नेत र बस्न्यात को कुरा गरेको देखिस ? तेरो सुस्त मस्न्थिति झन् झन् खस्किदै गइ रहेको देखाइस | तेसैले मलाइ नाठो बाउ पनि ठान्न थालिस कि क्याहो | हे महा-सुस्ते म त जस्तो होईन | पहिले को हो नाठो बा तेसैलाई टोकसो हान | छोरा छोरी संगै बाह्रखरी फेरी सिक्दैछास कि क्या हो ? किन आफ्नो टाउको चुरना झैँ मेरो मल्द्वारमा छिराउछ ? Last edited: 23-Feb-24 09:50 AM
logan · Feb 22, 2024 5:48 PM
Oie pakhhandi logan sustttt bahadur humagain kina k bho tetti kai tattinchas ?
Tesla guy · Feb 22, 2024 6:51 PM
साझा पाठक बर्ग : माफ गर्नुहोला चुरने अब पुर्ण पागल भै सकिस ? केहि कोर्न हुदैन यसले आफ्नो टाउको मेरो मलद्वारमा छिराई हाल्छ | यो उत्तर मल्द्वारमा गुजगुजाइ को कारण मात्रै हो | कुनै दिन यसले मेरो राजखानी (balls) टोक्न बेर छैन | गुय ले गरेको कमेन्ट पछि पितेले अनि पितेको कमेन्ट पछि गुय ले कमेन्ट गरि हाल्ने कारण यी दुवै EVD2023 का नालायक बच्चा हुन् | Last edited: 23-Feb-24 02:17 PM
Logan · Feb 23, 2024 9:35 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion