582Shares हाल बेलायत बस्दै आएका बिश्व प्रसिद्ध नेपाली मूलका प्रमुख भान्से (सेफ)सन्तोष शाहसँग बाल्टिमोरमा रात्री भोजन कार्यक्रमको आयोजना गरिने भएको छ । उनि अन्य कार्यक्रममा बिश्वकै सम्राट राज्य न्यूयोर्कमा आएको समयमा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रात्री भोजनको कार्यक्रमको तारतम्य मिलाईएको हो । रात्री भोजन फेब्रुअरी ३,शनिबारका दिन राती ६:३० बजे देखि ८ बजे सम्म हुनेछ । आयोजक मध्ये कै एक बिनोद उप्रेतीले दिएको जानकारी अनुसार उनि कनेक्टीकट राज्यको बिश्व चर्चित यल बिश्वबिद्यालयको निमन्त्रणामा आएको समयमा बाल्टिमोरमा कार्यक्रमको आयोजना गरिएको हो । उनको अमेरिका यो पहिलो भ्रमण पनि हो । शाहले कार्यक्रममा विभिन्न प्रकारका नेपाली परिकार पकाउने छन् । अधिकांश नेपाली समुदायले खादै नखाएका केही नेपाली परिकारहरुका खानेकुराहरु बनाउन उनले आफ्नो प्रतिभा देखाउने छन । उनले आफ्नो हातले बनाएका खानाका परिकारहरु सहभागीहरुले मिठो र स्वाद मानेर खाने अवसर प्राप्त गर्नेछन् । उनि बिश्व प्रसिद्ध छन् भने उनलाई बिश्वका नेपाली समुदायले अधिकांशले चिन्दछन । सन्तोष साह बिबिसीले आयोजना गरेको प्रतियोगीतामा उत्कृष्ट प्रस्तुति गरे पछि प्रमुख भान्से (माष्टर सेफ )भएका नेपाली हुन् । शाहसंगको रात्रि भोजनको कार्यक्रम बाल्टिमोरमा रहेको क्र्याकपट चमेनागृहमा हुनेछ । डिसी महानगर क्षेत्रका समाज सेवी तथा व्यवसायी मन्दिरा मैनाली तथा विनोद उप्रेतीले यो कार्यक्रमको आयोजना गरेका हुन् । उप्रेतीले ईनेप्लिजलाई दिएको जानकारी अनुसार उनले प्रत्यक्ष रुपमा त्यहा उपस्थित भएका सहभागीहरुकै अगाडीविभिन्न ६ प्रकारका परिकारहरु सन्तोष शाहले पकाउने छन् । साथै संगै बसेर रात्रि भोजन समेत सबैले खान पाउने छन् । स्मरण रहोस ,डिसी महानगर क्षेत्रमा थुप्रै नेपाली चमेनागृहहरु संचालनमा रहेकोले संचालक ,नेपाली खाना पकाउन इच्छुक तथा भान्से (सेफ)हरु समेतले अवसर प्राप्त गर्न सक्ने छन् । उक्त रात्री भोजनको लागि अग्रिम रुपमा प्रवेश पत्र अर्थात् टिकट खरिद गर्नु पर्ने छ । बाल्टिमोरको क्र्याकपट चमेना गृहमा हुने उक्त रात्री भोजनमा अन्य सबै खर्चको व्यवस्थापन चमेनागृहले गर्ने छ भने संकलन भएको सबै रकम सन्तोष शाहलाई जानेछ । स्थान सीमित भएकोले छिट्टै आफ्नो स्थान सुरक्षित राख्न चमेनागृहका संचालक उप्रेतीले ईनेप्लिजलाई बताए । टिकट खरिद बिधुतिय माध्यमबाट खरिद गर्न सकिने छन् भने प्रवेश शुल्क १ सय ७५ डलर राखिएको छ : https://nepyork.com/chef-santo...
ktmpost · Jan 24, 2024 4:32 PM · 5,553 views
भोज कार्यक्रम मेरिल्याण्डमा Entrance fee तीर्न पर्ने चैनी नेपाली currency मा ? WTF!!
Khaobaadi_Netaa · Jan 24, 2024 10:04 PM
पैसा धेरै लगाएर प्रख्यात भएका हुन् कि यिनका पकवान तेरी तिर्न लायक छन् | फण्डरेजिंग को लागि प्रति व्यती रेट लागाए जस्तै लाग्यो |
logan · Jan 28, 2024 4:19 PM
नेपालीहरु लाखौं को संख्यामा विदेशिएका छन्। इन्टरटेनमेन्ट सबैलाई चाहिन्छ। Circle jerking भनेको यही हो
digambar · Jan 28, 2024 6:27 PM
Digambar ra tesla gai circle ma basera ek arka lai circle jerk gardai baseko acknowledgment bhayeko awastha
independent · Jan 28, 2024 6:42 PM
Yo ke bhaneko?? उनि अन्य कार्यक्रममा बिश्वकै सम्राट राज्य न्यूयोर्कमा आएको समयमा Ani esto special event ma $175 unusual ho ra? Proceeds charity lai jane ho bhane ajha badi liyeko bhaye hunthyo Ani Nepali ma “23 hajar” bhanera kina jhukkyauna khojeko? Nepal ma bhayeko karyakram ho ra? Last edited: 28-Jan-24 07:54 PM
chicagoan · Jan 28, 2024 7:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion