धर्म गर्ने दिन को पर्खाइमा डाक्टरसाब

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एउटा धागोमा कसैले पिन्ड खाने बेलामा पनि बिदेशको नागरिक बन्न जाने कुरा पढे पछी केही कोर्ने बहाना पाए | आजभोलि सबै युबा बिदेशिएका छन | १५-२० बर्ष अघी जस्तो समाज छैन , सबै self-centered बनेका छन | बरु बिदेश तिर अगाडि केही भए देखे सहयोग गर्न आउछन, हाम्राहरुका आँखा कान दुबै बन्द भएका हुन्छन | . यि छिमेकी गाउलेका कुरा हुन भने आफ्नै साख्य छोरा छोरीहरु बिदेश बसेका को ब्यथा अर्कै छ | नेपालमा हुदा कामले सानो र ठुलो को कुरा गर्ने हरु पनि बिदेश छिरे पछी कामले सानो र ठुलो नहुईने हरिया नट थाप्न पाए पछी काम नै ठुलो कुरो भन्ने बुझ्ने हरु धेरै देखियो | एक जना काठमाण्डु विश्वाबिध्यालय्मा पढाउने यता छिरे पछी डा झुन्ड्याए| बाउले इन्जिनियरिङ्ग गर्न लाई भएको आधा भन्दा बढी जग्गा बेचेर पढाए का हुन | अहिले आमा बाउ औषधी किन्नपनी पैसा पठाउदैन भनी गाउमा गुनासो गर्दै हिंड्ने मात्रा होइन ९० पुगेका बाउलाई डिप्रेसन् ले छुएको छ | डाक्टर साब अझ मेरो छोरा छोरीको कुकुरालाई मासिक २००-३०० डलर खर्च हुन्छ भनी सुनाउने मात्र होइन बोटलको पानी पिलाउन नस्क्नेले खान नबोलाउनु भन्ने उर्दी सम्म गर्न पछी नेपरेको कुरा सुन्दा डिग्रिले किताबी ज्ञान र जागिर मात्र दिएछ| आजभोली नेपालमा भागवत गीता पाठ गराएर धर्म कमाउने हरुको ठुलो प्रतिस्पर्धा चलेको हुनाले मैले चिनेका एकजनाले अझै पनि बूकिङ गर्न पाएका छैनन, धर्मै नगरि मारिएला भन्ने डरै डरले मर्लान जस्तो लाग्छ | मैले सोचे यि डाँक्टर साब को धर्म गर्ने दिन नै आई नपुगेको हो जस्तो लाग्यो | जुन दिन तिनी ( बा ) माथि हजुर बा हजुर आमा कहाँ पुग्छन तेस पछी मात्र उन्को धार्मिक काम सुरु हुनेहोला | १३ दिन अलिनो खाइ धुकुटीमा बसी पन्डितजिले पढेको गरुड पुराण सुनी धार्मिक काम सुरु हुनेछ | सके एउटी बाच्छी पनि पुच्छर समात्दै बैतरणी दान गरेर सिधै स्वर्ग पुर्याउने काम छोराको दाइत्व पुरा गर्न पछी नपर्लान | यिनको छोराको उपनयन को कार्यक्रम ससुरालिले गरी दिदा एक कौडी पनि खर्च ( प्लेन भाडा बाहेक ) गर्नु नपर्दाको आनन्द उन्लाई नै थाहा होला | सुने अनुसार ५-६ कक्षामा हुँदा कपाल काट्न गएको चिन्ड्याएर आएछन रे , किन तेसो गरे भन्दा झा जिले गर्नु भएको हिसाब किताब झै अर्को २ महिना काटनु नपर्ने र बचत को कुरा नै कारण थियो रे | यिनका ससुरालीले सम्धिजिको सन्स्कार को लागि नेपाली हात्तीका बन्डल पठाइ दिने हुन्की? यो बेला नभए पनि बरखिको बेला ससुरालिले उन्कै घरमा एक काज दो पन्त हुने ठान्दै भागवत गीताको पाठ पनि लगाइ दिने होलान , तेस्को धर्म कमाउने चै डाक्टरसाब नै पर्लान ? कथम कदाचित यो कथा तपाईं सँग मिल्न गए गाली गलौज पूर्ण टिप्पणी नगरिदिनु हुन अनुरोध छ |

Logan · Jan 10, 2024 9:50 PM · 19,754 views

5 Replies

यो पनि एउटा संयोग नै भन्नु पर्ला | चिनजानको घरमा सप्ताह लगाएका रहेछन उनले गीता प्रेस गोरखपुर् बाट नेपालि स्लोकार्थ सहित को सरल गीता पठाई दिनु भएको रहेछ जो एक अनुबाद मात्र हो | निहित अर्थ तिनै विद्वानले मात्र बुझ्लान : धर्मो रक्षति रक्षत: को भाव पुजापाठ गर दैनिक मन्दिर जाउ मन्दिरमा ठडिएका मुर्ति पुजा अनि संकृत भट्याउने बाहुनलाई दान नै धर्म बुझेका हरुलाई धर्म भनेको " righteousness & moral" भन्ने कुरा बाट बुझाउन खोजे के होला ? उदाहरणको लागि ट्रंप जाली फटाहा हो भनेर रिपब्लिकन लाइ बुझाउन खोज्नु सरह हो | धेरै पल्ट सुनेका छै कस्तो उल्लु ( पशु) जस्तो रहेछ, तर मानिस भन्दा ठुलो पशु अरु कोहि छैन | पशु ३/४ कुरामा आफ्नो पन्जा दरो बनाउन चाहन्छ , दाना पानि , आफ्नो प्रभुत्व त्यो पनि सम्भोग को लागि बाहेक अरु मुद्दा हुदैन जस्तो लाग्छ | तर सिमित ग्यान अनि अरुले दिएको ग्यान लाई बर्चस्व बिस्वास गरि बस्ने हरु हजारौ मुद्दा ( Agenda ) ले लादिएका हरु आफ्नो बानि व्यहोर अबगुन्हारू अरुमा सार्न पछि पर्दैनन् | कारण उनिहरु आफ्नै जस्तो दिमाग भएका हरुको संख्या बढाउँन चाह्नाछंन | बेद ब्यासले पनि शुद्रको कर्तब्य बाहुन छेत्री र बैस्यको सेवा गर्नु स्वाभाविक कर्तब्य भनि लेख्न पछि परेनन् | Narcissism को खेति कहा बाट र कसरि सुरु भयो बारे साझा चिहाउने हरुले बिचार गर्न भ्याउनु भएको छ कि छैन ? कि यो Narcissism भन्ने शब्द नै गलत हो र सुन्नू नै नपरोस भन्नेमा पर्नु हुन्छ| अमेरिकामा आएर कसैले गाडी मर्मत गर्ने गराज खोलेछ , सुनेर खुसि लाग्यो , पेशा ( परिश्रम ) गरेर जिबिको पार्जन गर्नु बाउ बाजेले लुटेर जम्मा गरिदिएको सम्पती गनेर धनि सम्झदै गर्दभ स्वरमा हुङ्कार गर्ने सबै मानसिक गरिबीको घोत्तक हुन् | एउटा धागो मा मैले सोधेको थिए " परिश्रम र नैतिकता बीच को सम्बन्ध" मा २-३ ओटा कमेन्ट कोरीए पनि बिषय बस्तु बाहिर थिए | कसै कसैले त साझामा नैतिकता सिकाउन न छिर बनि भनि सके | जसका घरमा नैतिकता भनेको कुन जन्तुको नाम हो भन्नेले अबस्य पनि सहन शक्ति बाहिरका कुरा भएरै त्यस्तो कोर्न पछि नपरेका हुन् | आज नेपालमा होडबाजी चलेको छ " भागवत गीता " पाठ गराउने | जसका घरमा भागवत पाठ गर्ने गुरु मैरा चिनजानका व्यक्तिका घरमा छिरे पछि चोकमा पृथ्बी लाइ ढोग्दै यो घरमा पनि भागवत गीता पाठ गराउनु पर्छ भन्न पछि परेनन् याने आम्दानीको श्रोत बढाउँने कर्तुत होईन र ? ब्यासले त लेखेका होइनन होला अबस्य पनि पछि थपिएको हुनु पर्छ " श्रीक्रिसनले गीता सुन्ना मात्रले पनि धर्म हुन्छ " | गीताको सार तत्व के त ? फिलोसोफि छ जसलाई व्याख्या गर्न संकृत भट्याउन सक्नेको सामर्थ बाहिरको कुरा हो , साझामा अरुका कुरा बुझे नबुझे पनि टास्न पछि नपर्ने झैँ हो | कृष्णको आफ्नै मुद्दा छ सोहि मुद्दालाइ दुनो सोझाउन खोजेको र आर्जुंन तिमि कोहि होईनौ जे हु सबै मै हु र मेरै इशारामा यो सब भै रहेको छ | तिमि यो युद्दमा जो जो देख्छु तिनलाई तिमीले मार्ने होइन यी त मेरा इशारामा मारी सकेका छन् भन्दै आफ्नो स्वरुप देखाए पछि अर्जुन लडन भिड्न तयार भएका कुरा संजयले धितरास्ट्रलाइ सुनाएको युद्दको आखोदेखा हाल खबर हो |

logan · Feb 4, 2024 1:16 PM

डाक्टर साबको झैँ बरखी बारे पछि सप्ताह लागाई स्वर्गको बाटो खोलिदिने काम को पर्खाइ गरे झैँ तपाईं पनि आफ्ना परिवारले स्वर्ग पुर्याउने काम गर्लान भनि पर्खेर बस्नु सट्टा आफैले बाटो बनाउनुहोस | बिसेष गरि बिदेशमा बसोबास गरि आउने हरुले नेपाली (संकृति र धर्म नबुझेकाले कताको सप्ताह लागाउलान र स्वर्गको बाटो clear गरिदेलान?)| हाम्रो धर्मले स्वाबलम्बी बनाउन दिदैंन नत्र जिउदै हुदा सुनेको सप्ताहले पुग्नु पर्ने होइन र , किन मृत्‍यु पर्यन्त लागाउनु पर्ने ? यसको पछि पनि ठुलै मनोविज्ञानले जेलिएको छ | अंग्रेजीमा vulnerable भन्छन नेपालीमा भन्ने हो भने तातेकै बेला घन ठोक्नु पर्छ भन्ने उक्ती लाई बुझ्नुहोस्| शोक सन्तप्त भएको बेला दान दक्षिणा उठाउन धर्म को आडमा आफ्नो मानो सोझ्याउने काम होइन र ? पुराणहरु आए पछि हिन्दु धर्म पुजाआजा नै धर्म भएको छ | कसैले पनि मैले बुझेको धर्म तैले भनेको जस्तो छैन भन्ने एक व्यक्ति पनि नदेख्दा सबै बाउ बराजे देखि सुनी आएको बाहेक नया केहि थप्न नसकेका हौ ? Last edited: 29-Feb-24 12:45 PM

logan · Feb 29, 2024 12:14 PM

डाक्टर साब का पिताजी एक हप्ता ICU मा बसेर घर फर्किए | कसैलाई व्यंग कसेको थिए " सुहागरात को दिन पनि खेताला खोज्छोउ" यी डाक्टर साबले घरमा आफ्नी आमा दाइ -भाइ दिदि -बैनी संग कुराकानी गर्न छोडेर खेताला खोजे याने छिमेकी आफन्त संग मात्रै कुराकानी गरे रे ? खास कारण चै उपचार खर्च माग्लान भन्ने डरले नै होला ?

logan · Jun 28, 2024 4:27 PM

आफ्नै धागो कति तनक्याएको भन्दै अप शब्द कोर्ने हरु : खोजि खोजि नपढ्नुस अनि अपशब्द पनि बमन नगर्नुस. दशैँ तिहार लागे पछि धार्मिक कार्यक्रम गर्न कुनै साइत नै जुराउनु पर्दैन रहेछ | म पनि सत्यनारायण र लाख बत्ति बाल्ने कार्य क्रम मा निम्त्याइएको थियो | आइतबारको दिन परेको हुनाले बिहानै उत्तर तिर लाग्यौ | घरमा माताहरी भएकाले के के गर्नु पर्छ र चाहिन्छ भनि सबै तयारि थियो तेसैले समयमै कार्यक्रम सुरु भयो | नेपालि स्टोर बाट पुजा आजाका सामाग्री किनिएको र साहुजी का अनुसार चाहिने सबै सामाग्री छन् र गुरु हरु पनि किन मेल गर्न आउनु हुन्छ भन्नु भएको थियो रे | गुरुले यी जनै काम दिदैनन भनि आफुले ल्याउनु भएको जनै तेर्स्याउदै १० ओटा जनै को ५० डलर माग्नु भयो जुन कुरा म पनि सुन्दै थिए | यजमान ले ५० हात् लगाए पछि कार्यक्रम अगाडी बढ्यो | एउटा पुजाको लागि चामल चाहिने रहेछ , गुरुले एक पाथी चामल चाहिन्छ भनेर २-३ पल्ट सम्झाउनु भएको सुने पछि मलाइ सोध्न मन लागेको थियो " गुरु पाथी हामि संग छैन अनि तपाइले पनि ल्याउनु भएको छैंन होला अहिले यो कागजको प्लेटमा अट्ने जति राखेर त्यो चामलको ब्याग मा १० पाउण्ड जति चामल छ तेही प्लेट संग छुवाएर राखी दिउला | लैजान पनि सजिलो अनि अक्क्षेता पनि मिसिदैन " | धर्म गराउनेलाई खुसि नबाए हामीलाई धर्म प्राप्त नहुने डरले जे जे गुरु तै तै स्वाहा भन्दै मान्दै जानु पर्ने मात्र होईन , पारितोषिक चै कति चाहिन्छ भनेर सुरुमै सोध्न पनि न- बिर्सनु होला नत्र घर पुगेर नोट गन्दा वहाको expectation अनुसार नभए तुरुन्त मोबाइल बज्न थाल्दो रहेछ | प्राथिमिक कक्षामा सुनेको कथा " श्राद गर्न भन्दा सिधा पुर्याउन गाह्रो " को ठाउमा " पुजा गराउन भन्दा गुरुलाइ खुसि बनाउन गाह्रो" भन्दा कसो होला ?

Logan · Oct 29, 2025 10:46 AM

लेखाईमा एस्पस्टता छैन

Oops i did it again · Oct 29, 2025 11:19 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion