धार्मासाय भनेको के हो भन्नु होला , यो धर्म र ब्यबसाय को सन्धि मा "ब्यब" झटारो हाने पछि बाकि बचेर बनेको शब्द हो | सुन्दा पनि राम्रो हुने र छुद्र बाचक पनि नसुनिने शब्द निकालेको हु | नेपालमा हुदा अल्लाह हो अकबर तो पनि दश कोश टाढा सुनिने गरी माईक लगाएर लेग्रो तानेको कालेज जाउन्जेल दैनिक सुनिन्थ्यो |अल्लाह चै बहिरो भएको हुनाले त्यसरी घाटी फुलाएर पुकारे मात्र सुन्छ् भनेर होला | अब यस्तै घोक्रो फुकाउने काम हाम्रा नयाँ ब्यबसायी हरुले पनि सुरु गरेका छन | १२ घन्टे , २४ घन्टे , ३६ घन्टे अबिरल नारायण नारायण भनी पाठ गराउने चलन आएको छ | यो नारायण पाठ मा सहभागि हुनेले मात्रा होइन छिमेकी हरु र बाटो हिडने बटुवा हरु पनि सुनेर स्वर्ग पुर्याउने जिम्मा नै लिए झै गर्न थालएका छन| यि धर्मासायि हरु अमेरिकामा PCP सँग टाइम लिन छ सात महिना लागे झै यिनी हरु पनि पूर्व मेची देखी पश्चिम महाकाली सम्म भ्याउने हुनाले अर्को बर्ष पछी मात्र पालो आउने रहेछ | हुँदा हुँदा अबत यिनिहरुको पूजा आजा गर्ने चलन पनि सन्स्कारीत हुन पुगेको छ | चिटिक्क पारेर सझाएका लट्ठिहरु बोकाइ वरी परी दाईमा गोरु घुमाए झै घुमाउदा रहेछन | यसो बिचार गर्दा पलेटी मारेर बसाउदा घुडा कुज्जिने हुनाले साररिक रुपमा तन्दुरुस्त बनाइ राख्ने तरिका पनि लागु गरे | भरत सिक्देलले राम्रो मन्दिर बनाए पछी राम्रै आम्दानिको श्रोतमात्र बनेको होइन छोरा छोरी हरु सबै बिदेशमा पढाए त्यो पनि तेही मन्दिरको आम्दानी बाटै पुग्यो | होन्डाई गाडी सानो भए पछी अहिले UV किन्नु भएको छ | दाहाल बाजे बनारस पुगे पछी दाहाल बाबु अनी अमेरिका छिरे पछी ड्याल्भो भए झै वहाँ भरत बाजे बाट भरत बाबु हुनु भएको छ | अलिक रामो दान दक्षिणा दिने धर्मालु हरुलाई आँफैले हाकी घर सम्म पुर्याउनु हुन्छ| अनी झनै सम्मान पाउनु भएको छ | अमेरिका जानेले धोक्रोमा डलर खाद्न सकेका छैनन , वहाँ नेपालमै बसी बसी खादी सक्नु भएको छ् |कस्ले धेरै दान चडायो मा , आफ्नो नाम सर्बोच्च सुचिमा राख्ने होडबाजिले धर्मासायि लाई खुदो पल्टिएको छ | एक बस्न्यात नानी NGO चलाऊने गर्छिन र स्कुल भवन् सगै शौचालय बनाउन लाई गाउ घर सबै सँग हार गुहार गर्दा ३० -३५ हजार भन्दा आएन | यतिले त एउटा चर्पी पनि बन्दैन के गर्ने भन्दा सोझो औलाले घिउ आउँदैन भने औंला बङ्याउनै पर्यो यानेकी हाती झार्ने मेलोमा एउटा धर्मासायी लाई समातेर स्कुल को लागि हो भनेर bargain को अन्त्यमा ४०% ब्यबसायिलाई र ६०% स्कुल लाई दिने भनी भागवत गीता पाठ लागाए पछी ३५ लाख स्कुलको उठाउन सफल भएको कुरा सुनाएकी थीइन | हाम्रा २५००० बर्ष देखिका पुर्वजले दान बाहुन लाई नै दिनु पर्छ त्यो पनि उपाद्याय ( सुद्द ब्राम्हण) हुनै पर्ने ( जैसी लाई दान दिए स्वर्ग होइन नर्क जान्छन } भएकाले स्कुल को लागि धर्मासायी कै शरण पर्नु परेको कुरा तपाईं हरु सम्म पुर्याउदै छु | तुला दान रामायण र महाभारतमा पढिएको थियो अबत तुला राखी राखी जोखिन थाले छन | अनी उता राष्ट्र बैक मा खुद्रा को कमिको कारण टक्सार बिभागमा खैला बैली पनि चलेछ | आमका आम गुठलिका भि दाम भन्ने उखान सुन्नु भएको छ ? त्यो तुला दान गरेको खुद्रे पैसा पनि धर्मासायि ले २५ % थप महसुल राखेर धर्मालम्बिलाइ बेच्न पुगे | म कहाँ पनि आइपुगेको थियो | लौ भन्नुस् त यो जस्तो अपार ब्यापार के होला ? Last edited: 06-Nov-23 10:19 PM
logan · Nov 6, 2023 1:38 PM · 1,951 views
सुश्ते बौलायो !
dkhanal · Nov 6, 2023 7:39 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion