मुसल्टेको जस्तो तल टुप्पोमा........

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कसैले आज मलाई सोध्योमुसल्टेको जस्तो तल टुप्पोमा काटिएको छ कि छैन, ए मोरो? दिमागको सुइ पुग्यो बार्हमा सोच्न पुगे अनी म एकोहोरो खै आफुलाई त थाहा छैन काटिएको कि नकाटिएको? जिउमा त ठिकै छ निन्द्रा र चैन किन डराउनु अब म एक बोको? कसैले आज मलाई सोध्यो अनी बाउको कस्तो छ नि तेरो? दिमागमा लाग्यो अर्को एक झट्का कसरी सोध्नु नि हो प्रश्न नमिठो? बिर्सिएर कुरा सबै लाज अनी सँस्कारका खै? भने फेरी के छ, के छैन? मलाई के थाहा अब होला र? कुनै छ र नियम त्यस्तो कुनै ऐन? लोग्ने मान्छे सबैले काट्नुपर्छ भनेर? कसैले आज मलाई सोध्यो दिदी - बहिनीलाई सोधिस त जाँठो? भिनाजु -ज्वाँईको के छ हालत? छि! कसरी सोध्ने हुँदै म बाठो खाला नि मैले फेरी मुक्का र लात!! दसैंको महोत्सवमा सोधियो यस्तो प्रश्न उत्तर बिहिन भए म पर्दै जिल्ल सुर त थियो रमाइलो कस्न परेर अब तास र रक्सिमा टिल्ल कसैले आज मलाई सोध्यो दिदी - बहिनिको स्वास्थ्य कस्तो छ? उनिहरुलाई पठाइस त अब चक्की? कस्ता कस्ता प्रश्न राखेको छ, कुन गाँउको चरी हो? यो के भएकी? दसैंको भेटघाटमा जानकारी मैले लिनु रे सारा दसैं एकातिर, लबस्तरीका प्रश्नहरु एकातिर कस्तो सोचाइ भएको मान्छे यो आँडे शन्कै पो लाग्छ नर, नारी हो या बिच निर।

Bennedict · Oct 26, 2023 3:29 PM · 13,874 views

4 Replies

डिक ज्यु, के कविता लेख्या यो हे भगवान ! :)

dkhanal · Oct 27, 2023 10:28 AM

कबिता नलेखेको युग भयो। सधैं को को सँग बाझीबसेको मान्छेलाई कहिले काही कसैले बोलेको शब्दले हिट गर्‍यो भने मात्र कबिता फुर्छ मलाई। तर कथा भन्दा कबिता चै लेख्न मन पराउथे र मन पराउछु पनि। अब तपाईं मलाई के यस्तो कबिता लेखेको भए रियाक्ट गर्न आउनु थियो होला त? "आजका हामी कोपिला भोली फुल बन्नेछौ भोली फुल बनेर सारा बासना छर्नेछौ"

Bennedict · Oct 27, 2023 10:44 AM

डिक ज्यु, लेखाइ चाही हजुर को र सुश्ते को उस्तै उस्तै छ के, हजुर को अलि अलि सभ्य सुनिन्छ तर सुश्ते को चाही मुजी भर्खर ताजा डुंगा बाट उत्रेको ले लेख्या जस्तो ! :)

dkhanal · Oct 27, 2023 11:51 AM

हैट !! बेन्डिक सरका लेख धेरै राम्रा छन् , सुस्तेका लेख संग तुलना गर्न मिल्ल्ला र ???

edv2023 · Oct 27, 2023 9:02 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion