मफलर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

छरपस्ट फालिएका लुगाहरु, हप्तौ देखि गिज्ज्याई रहेका धुलाका कणहरु, महिनौ देखि नछोइएका किताबहरु, सब खाउला जसरि हेर्दा हुन् बर्षौ देखि ओक्ष्यान बाट माथी नउठेको मृत मन। बत्ती कहिल्यै बलेन न मनमा, न जीवनमा बल्यो त केवल अन्धकारको रापमा फैलिएको त्रासको ज्वाला। अह, त्यहा पटक्कै नजानुहोस्, त्यहा बर्षौ देखि कैद गरिएको चिता छ, मध्यरातमा बर्बराउछ वियोगका अध्यायहरु, लय हाल्दै, भाका मिलाउदै, हे ……. थिए के? भए के ? गरायो कसले जीवन बाट खुसी, जलायो जसले। भो मलाई एक्लै छडिदिनुहोस, विन्ती नजिक त पटक्कै नआउनुहोस्, छाडिदिनुहोस मलाइ आफ्नै अन्धकार दुनियामा, मेरो दुनिया, जहा घाम पनि कालो छ, कालो छ इन्द्रेणी, कालै छ पानी, मन कालो, धन कालो, देश कालो, परिवेश कालो, प्रेम कालो, वियोग कालो, समग्र जीवन कालो। रंगहीन दुनियाको एक मात्र रंग, कालो। हो त्यहा बर्षौ देखि कैद गरिएको चिता छ, थाम्न दिएका हातहरुले कुइनो संगै लुछेर लगेपछि कूजो भएर लम्पसार परेको छ एक जिम्दो लास। न जान्छ सास, न मर्छ आश, न बाच्ने रहर, न मर्ने सहास। डरै डर बीच आखा खोल्दा, क्षितिज सम्म संगै हिड्ने बाचा गरेका पैताला देख्छ कान सुन्दा, खित्का छाडेर मुस्कुराएको सुन्छ, र हतार हतार, सुम्सुम्याउछ आफै लटपटिएको पातलो मफलर Susan chapagai

Smriti-malla · Oct 5, 2023 2:45 PM · 10,865 views

2 Replies

मलाई यो कबिता मनपर्‍यो। तर मफलरलाई के मेटाफोरको रुपमा युज गरिएको हो, बुझ्न सकिएन। पातलो मफलर भनेर झिनो आशा, या केही सुरक्षा पाउने आश के हो, बुझ्न सकिएन। मफलर पहिले पढ्दा त "मफ..र" जस्तै पो सुने। माफ गर्नु होला, के भन्ने साझामा गाली, यौनका कुरा, आमा बाउको गाली, टन्नै बिक्ने भएर होला।

Bennedict · Oct 9, 2023 10:49 AM

मफलर पढ्ना साथ् भैरब अर्याल को गाड छोप्ने गलबन्दी सम्झीए |

Logan · Oct 11, 2023 6:55 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion