https://www.onlinekhabar.com/2... आफ्नो लिंग आफैं काटेका युवक भन्छन् – बिच्छीले टोकेपछि विष फैलिने डरले काटें भदौ चितवन । आफ्नो लिंग आफैं काटेर अस्पताल गएका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटेर फालिदिएको बताएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला शौचालयमा बिच्छीले लिंगमा टोकेको र विष नफैलियोस् भनेर लिंग काटेको बताएका हुन् । बुधबार राति लिंग काटेका उनी रगत बग्न बन्द नभएपछि उपचारका लागि भनेर हेटौंडा अस्पताल पुगेका थिए । हेटौंडा अस्पतालका चिकित्सकले उनलाई सोही दिन राति नै रिफर गरेर चितवन मेडिकल कलेज भरतपुरमा पठाएका थिए । उनको शल्यक्रिया गर्नुपरेको र अवस्था सामान्य रहेको चितवन मेडिकल कलेजका चिकित्सकहरु बताउँछन् । चिकित्सकका अनुसार उनको लिंगको आधा भाग काटिएको छ । चितवनमा उपचाररत ती युवकले अनलाइनखबरसँग कुरा गर्दै होटलको शौचालयमा गएको बेला बिच्छीले लिंगमा टोकेको बताए । त्यसपछि बिच्छीलाई मारेर आफ्नो झोलामा भएको दाह्री फाल्ने ब्लेड निकालेर लिंग काटेको उनले बताए । त्यसपछि काटेको भागभन्दा माथि डोरीले बाँधेर आफैं मेडिकलमा गएर औषधि किनेर लगाएको तर रगत बग्न नरोकिएपछि अस्पताल गएको उनको भनाइ छ । ‘पाउडर, मल्हम किनेर लगाएँ तर रगत नरोकिएपछि अब मबाट हुँदैन भनेर अस्पताल गएँ,’ उनले अनलाइनखबरसँग भने, ‘अस्पतालको एकजना डाक्टरलाई अलग्गै बोलाएर भनेँ ।’
Khaobaadi_Netaa · Aug 18, 2023 9:57 PM · 1,660 views
ट्रक सानो भएर तुरीको आकार संग मिलायाका त हैनाऊ सनाक्लाल ?
bandedv2023 · Aug 18, 2023 10:15 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion