सीता मात्रै किन ? सीताकाे बाबू, अामा, दिदीबहिनी, दाजुभाई, सबै भारतीय हुन् भनेर दावी गर्नेलाई, हाे तिम्रै हाे भनेर दिउँ । हुँदै नभएकाे काल्पनिक कुरा दिनु, नदिनु, लिनु र नलिनुमा के नै फरक पर्छ र ? किन टाउकाे दुखाएर बस्ने ? ब्रह्मा, विष्णु, इन्द्र, गणेश पनि सबैलाई भारतीय नागरिक बनाउन चाहन्छ भने बनाउन दिउँ । हाम्राे चासाेकाे विषय हाेइन । इतिहाससिद्ध नभएका काल्पनिक पात्रहरूमाथि दावी गरेर किन बस्ने ? यथार्थमा बाँचाैं, इतिहासकाे कुरा गराैं । विज्ञानसम्मत हाेअाैं । यथार्थमा न सत्ययुग थियाे, न त्रेता नै । न द्वापर युग थियाे न कलि युग नै । यी कुराहरूले मान्छेकाे दिमाग मात्रै भुट्छ । इतिहासमा कहीँकतै नभेटिने काल्पनिक पात्रहरूकाे नाममा केकाे विवाद गरेर बस्नु ? यहाँ वास्तविक नेपाली सीताहरूले नेपाली नागरिकता पाउन सकेका छैनन्, ती सीताका छाेराछाेरीलाई नागरिकता दिलाउन सकेका छैनन्, तर हुँदै नभएकाे सीतालाई नेपाली बनाउन राेनाधाेना गरिरहेका छन्। मेयर साहेब, तिम्राे काठमाडाैंमा दिनहुँ कति जना सीताकाे अस्मिता लुटिन्छन् भन्ने जानकारी छ कि नाइँ ? #बसन्त_महर्जन @ facebook
Nepsydaze · Jun 16, 2023 6:36 AM · 9,498 views
La maharjan le pelyo ta
paradox · Jun 16, 2023 7:34 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion