सुतेपछि…

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सुतेपछि म प्रधानमन्त्री भएको देख्छु देशलाई समृद्ध भएको पाउँछु हेर्छु जता ततै समृद्धी छाएको देख्छु चिसो पेटीमा निदाएका दाजुभाईलाई सपनाको महलमा बसाउँछु खाडीमा गलेका ति हातखुट्टा आफ्नै जन्मभूमिको हिलोमा रमाएको देख्छु अनि बिरानो सडकमा टिलपिल गर्दै हेर्दै बसेका ती बुढा बाबै बुढी आमोइलाई आफ्नै सन्तानकोझै आभाष दिलाउँछु सिमानामा काँडेतार लगाएको पाउँछु यो सबै देखेर खुशीको आशु झार्छु त्यही आशुले म ब्यूँझन्छु र घडीको त्यो ट्वाक ट्वाकसँगै लामो स्वास फेर्दै भन्छु, कास यो विपना भइदिएको भए हुन्थ्यो तर,  तर दुर्भाग्य त्यो त सपना मात्रै थियो त्यसपछि उठेर क्यामेरा समाउँछु र आफ्नै कर्ममा म फर्कन्छु Last edited: 21-Nov-22 09:53 AM

Smriti-malla · Nov 21, 2022 9:53 AM · 5,067 views

1 Reply

Kasto mitho lekhai! Euta matra chitta nabujheko ‘Kaas’ sabda ko prayog.

chicagoan · Nov 21, 2022 8:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion