ह्याप्पि सोनाम ल्होसार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अहिले गोरु बर्ष सकिएर बाघ बर्ष शुरु भएको छ । बाघ बर्ष शुरु हुने यो सोनाम ल्होसारको तपाइलाइ धेरै धेरै शुभकामना छ। यसरी १२ वटा वर्ष को गणना मुसा वर्ग बाट हुने र बाह्रौँ बर्ष अर्थात अन्तिम बर्ग चाहिँ सुँगुर रहेको मानिन्छ। यसरी १२ बर्षका जनावरहरु छन - पहिलो-ज्यिवा(मुसा) दोस्रो-लअङ(गोरु) तेस्रो-ताग(बाघ) चौथो-योस, ह्योइ(खरायो) पाँचौ-ड्रुक, डुग (ड्रयागन) छैटौं-डुल(सर्प) सातौं-त, ता(घोडा) आठौं-लुक, लुग (भेँडा) नवौं-टे / ट्रेल (बाँदर) दशौं-ज्या - ज्य (चरा) एघारौं-खि / ख्यी (कुकुर) बाह्रौं-फाग - फग (सुँगुर) यसरी १२ बर्ष बितेपछि फेरी यिनै जनावरका बर्ष फेरी दोहोरिन्छन। सोनाम ल्होसारको कथा (यो कथा भिडियोको लागि हो - पूरा छैन ... ) धेरै अघि को कुरा हो एउटा अति नै भयंकर राक्षस थियो। गाउँलेहरुले त्यसलाइ ल्हो भन्दथे। त्यो राक्षस डरलाग्दो त छँदै थियो उसको अनौठो स्वभाव पनि थियो। त्यो प्र्त्येक बर्ष हिमालबाट झर्थ्यो अनि गाउँ नै सखाप हुने गरेर घरबार बिगार्थ्यो, गाइबस्तुलाइ खाइदिन्थ्यो, मान्छेलाइ पनि कुटपिट गरेर मरणासन्न हुने गरेर धपाउँथ्यो। खानेकुरा, गाइबस्तु सबै खाए पनि र मान्छेलाई पनि साह्रै दुख दिए पनि मान्छेको मासु खाएको चाँहि कसैले देखेका थिएनन। तर, अन्नपातले अघाएन भने मान्छेलाइ पनि खाइदिन्थ्यो भन्ने हल्ला ब्याप्त थियो। अन्नपातले पुगेन भने मान्छेलाइ खोज्दै आउँछ भन्ने डरले गाउँलेहरुले अन्नपात घरमै छोडेर भाग्थे। संधै बर्षको एकै समयमा आउने भएको हुनाले ल्हो आउने बेला हुने बित्तिकै सबै गाउँलेहरु घर छोडेर नजिकका ओडार अनि त्यस्तै लुक्ने ठाउँमा लुक्न जाने गर्थे। त्यसरी लुकेर गाउँलेहरुले मुटु माथि ढुँगा राखेर ल्हो ले गरेको सबै बदमासी सहेर बस्थे। एक बर्ष को कुरा हो ल्हो आउनु भन्दा केहि समय अघि त्यस गाऊमा एक साधु आइपुगे। ति साधुले आँफु कुलदेवता साङ-सेरक्येम भएको बताए। उनले गाउँलेहरुलाइ ल्हो बाट बचाउने बताए। त्यसको लागि साङ-सेरक्येमले गाउँलेहरुलाइ तयारी गर्न भने। ... ...

AnandNepal · Feb 2, 2022 12:48 PM · 9,763 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion