डाक्टर साब : हजुरका थ्रेड हेर्दै छु र स्वास्थ्य बिसयको जानकारी उपयोगी छन् | हाम्रा टिप्पणि हेर्नु हुन्छ हुदैन एउटा कुरा सोध्दै छु | बिहान करिब २ बजेको थियो मुत्र त्यागको लागि उठ्दा छाती को देब्रे भाग, दुई करंगको जोडि बाट आफ्नो ४ अङ्गुल बाट देब्रे जहा मुटु बसेको हुन्छ भन्छन दुखेको थियो ? हातले छाम्दा छाला पनि दुखेको हो कि भन्दै सुमसुम्याउदा दुखाइ छालामा भएको अनुभब गरे | बम्साणुगत रुपमा मुटु रोगि एउटा दाइ बाहेक अरुमा देखेको छुईन सबै जसो लाई न्यून चाप छ र मलाइ पनि न्युन चाप को कारण इन्कोभाना हटाएका थिए | हिजो गरेको रक्त चाप् को तथ्यांक " १०६ - ६३ " र हृदय गति ८२ थियो | पानि पिउने निधो गरे पछि तिर्खाएको ले पीए झैँ नगरी स्यानो घुड्कि बाट सुरु गरे ( कहिले काही पानि छिटो पिउदा गाठो परे झैँ गरि दुख्ने हुन्थ्यो) | पेट र टाउको दुखाइको लागि तेती औसधोपचार गर्नु परेको छैन नेपाल छोडे पछि | नेपाल मा हुदा समयमा खान पिन नगर्ने कारण जेलुसिल खाने गरिन्थ्यो | कहिँ कतै पढेको थिए : ग्यास्ट्रिक को कारण दुख्ने छाती र हृदयमा भएको गडबडी को कारण दुख्ने उस्तै देखिन्छन | केहि समय पछि निधाएछु र बिहान उठ्दा दुखाई धेरै नै कम थियो तर पहिले दुखेको ठाउमा हात ले सुम्सुम्याउदा दुखाइको तुस बाकि थियो | लौ तपाइँ को सुझाब के छ , जानौ !
logan · Nov 12, 2021 10:03 AM
धन्यवाद Logan ji....हजुरकाे समस्याको लागि ECG र ECHO गरेर हेर्न सक्नुहुन्छ । छातिकाे Xray वा CT गर्न सकिन्छ। यदि यि सबै नर्मल छ भने अात्तिनु नपर्ला। कहिलेकाही Gastritis ले यस्ताे लक्षण देखाउँछ, सजग रहनुहाेला। अन्यथा बाहिरी दुखाइकाे लागि अात्तिनु नपर्ला। धन्यवाद Last edited: 12-Nov-21 11:21 AM
DrAmit Gauli · Nov 12, 2021 10:35 AM
लोगनजीको "छाती को देब्रे भाग, दुई करंगको जोडि बाट आफ्नो ४ अङ्गुल बाट देब्रे जहा मुटु बसेको हुन्छ भन्छन दुखेको थियो " "हिजो गरेको रक्त चाप् को तथ्यांक " १०६ - ६३ " र हृदय गति ८२ थियो" भन्ने बाक्य पढे पछि Myocardial infarction को संखा दरो रुपमा गरे मैले त । बिसेस त १०६/६३ त ज्यादै concerning भयो , हिर्दा डुल्दा , सुतेर जुरुक्क उठ्दा पुक्लुक्कै ढल्ने पो देखियो । दाइमा पनि छ भने पछि त बम्साणुगत जस्तो पनि देखियो एसले त Myocardial infarction होकी भन्ने झन् दरो संकेत गयो किनकि जाने अनुसार ७५% माथि Myocardial infarction कतै न कतै बम्सनुगत हुन्छन रे । तपाईले भनेको एउटा कुरा मा चै २००% सत्यता छ , ग्यास्ट्रिक र हार्ट attack को दुखाईमा ज्यादै समानता छ, एउटा फरक भनेको येदि दाहिने तर्फा दुख्यो भने त्यो १००% heart attack होइन तर तपाईको केसमा देब्रे दुखेको भएर अझ बढी समस्या देकियो । ग्यास्ट्रिकको दुखाईको अर्को भिन्नता चै यो दुखाई ले शोला हान्छ र सहन नसकिने दुखाई हुन्छ र यो अलिक भित्रि रुपमा हुन्छ तर Myocardial infarction को दुखाई चै mild बाट सुरु हुन्छ अनि सतही रुपमा महसुस हुन्छ, हातले दुखेको ठाउँमा छुदा हल्का दुखाई महसुस हुन्छ । Myocardial infarction भएको बेला छाती को बाहिरी भाग epicardium को tissue मार्दै जाने हुनाले बाहिरी रुपमा दुख्छ । ग्यास्ट्रिकको दुखाई भनेको दुखेको बेला मर्ने गरि दुक्छ तर निको भए पछि केहि थाहा हुन्न , Myocardial infarction को चै निको भए पछि नि १ २ दिन सम्म उक्त ठाउँमा हल्का दुख्छ । mild heart attack लाइ ignore गर्दै जाने हो भने बिस्तारै बिस्तारै मुटुको मसल मार्दै जान्छ र यो फेरी बन्दैन, कुनै बेला अलि ठुलो atack आयो भने गम्भीर दुर्घटना हुन सक्छ । मिल्छ भने Echocardiogram र CCT स्क्यान गरि हालम, ecg मात्रले रोग पत्ता लाग्दैन । +२ को एउटा साथी २२ वर्षमा बितेको थियो ठ्याक्कै येस्तै symptoms त्यहाँ देखि अलिक सचेत भएको छु। online counseling को भर त पर्ने भएन, बाकी के भनौ, हजुर नै ज्ञानी हुनुहुन्छ । हजुरको सुभचिन्तक -हाकु
haku is back · Nov 12, 2021 11:03 AM
"दाइमा पनि छ भने पछि त बम्साणुगत जस्तो पनि देखियो एसले त Myocardial infarction होकी भन्ने झन् दरो संकेत गयो किनकि जाने अनुसार ७५% माथि Myocardial infarction कतै न कतै बम्सनुगत हुन्छन रे "। कुरा बुझेरै बम्साणुगत होईन भनेको , किनभने उहालाई खसी मासु दैनिक ऐला छोईला खाने अनि लिङ्ग सुन्निने रोग थियो | यो लिङ्ग बड्ने कुरा चै के हो भनि साझाका औतारी हरु मा खैला बैला चल्ला, क देखि ज्ञ सम्म लेख्न सकिन्न अनि पढ़ने लाई निन्द्रा लगाई दिने बिचार छैन | मेरा दाइले आफैले पुकारेका हुन् | डाक्टर साब का यस्ता ज्ञानबर्द्धक कुराहरु सधै साझामा भैलो खेलाई गर्ने हरुले सुने भने तिनलाई स्वस्थ बारे केहि चासो बढ्थ्यो कि भनि आफना कुरा मार्फत आगाडी बढाउँ खोजेको हु |
Logan · Nov 12, 2021 12:50 PM
भएको ज्ञान सिपको आदान प्रदानको कुरो हो, अस्ति तपैले मेरो ढुक्कुरको लम्बाई बढाउन घरेलु उपाए बताएर मलाई सहयोग गर्नु भयो आज मैले आफु संग भएको जानकारी तपाई सम्म राखे । ज्ञान बाडेर घट्दैन, मर्दा आफै संग लाने हो
haku is back · Nov 12, 2021 2:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion