सिद्धिपुर र हरिसिद्धिमा घना ज्यापू बस्ति छ तर यी २ बस्तिलाइ पर्वते बस्तिले घेरेर्को छ येसर्थमा मेरा धेरै पर्वते ( गैर नेवार ) साथीहरु छन् र हामी बीचमा घनिष्ट भाइचारा र संस्कृतिक आदान प्रदान छ। जातैले पाएको, हामी ज्यापूहरुको धेरै किसिमको भोज भत्तेर हुन्छ, मूजि जन्मदा देखि मर्दा सम्म भोजै भोज। फेरी हाम्रो भोजमा ८४ व्यंजनका परिकार हुन्छन, मासुका मात्रै ८ ९ थरि आइटम, साग, सब्जी, गेडा गुडी देखि ठो, ऐला के के हो के के। नेपालाँ हुदा हरेक जसो मुख्य भोजमा ८ १० जना पर्वते साथीहरु लाइ नछुटाई निमन्त्रणा गर्ने गरेको थिए । हाम्रो भोज केटाहरुले रमाई रमाई खान्थे,उनीहरुको खुसिमा आफुलाइ नि सन्तोक मिल्थ्यो । यो मूजि भोजको निमन्त्रणा चै सधै एक तर्फी मात्र हुने, कारण खेचा:हरुको भोजभत्तेर केहि नहुने ।पर्वतेको भोज भयो भने कित श्राद्ध कित बिबाहभोज । श्राद्धको भोजमा पानि हालेको खीर र आलुकेराउको अचार बाहेक अरु केहि खाएको थाहा छैन । पर्वतेहरुको बिबाह भोज पनि ज्यादै अचमम्मको हुन्छ। हामी न्यारको भोज साझको डिनर स्टाइलको हुन्छ, राति को १० १२ बजे सम्म चल्छ अनि चट्ट घर आयो सुत्यो । तर खेचा: को भोज त दिउसो को १ बजे सुरु भएर ४ ५ बजे सम्म सकिन्छ।भोज खाएर घर आइ पुग्दा सम्म फेरी भोक लाग्छ। तेसैले खेचा: हरुको भोजमा जानु पर्यो भने जाउ कि नजाऊ हुन्छ । यसै क्रममा हिजो यहाँ एउटा इमाडोल घर भएको खेचा: साथीले सेलरोटि खान बोलायो । हामी ज्यापू समुदायमा सेल रोटि पकाउने प्रचलन नभएकोले उसले बोलाएको होला सायद। छीमाबू, सेल त खान बोलायो तर सेलको सट्टा चिया र बिस्कुट बाट पो सुरु गर्छ बा! २ घण्टा बाद साथीको बुडीले सेल लिएर आयो, योमाया,,,,,!! जाँठीको सेल त ब्याउने बाख्राको कंडो जस्तो । मूजि ७ ठाउँमा मुजा परेको न जेरी जस्तो न डुनोट जस्तो । टपरीको सेल देखेर साझाको बेनडिकको याद आयो । के ढंगकि आइमाई बिहे गरेछ साथिले ठानेर मनमनै उसलाई सहानुभूति प्रकट गरे । मूजि अनुहार त राम्रै हो साथिपत्नीको तर के गर्नु अनुहार चाटेर जिन्दगि चल्दैन । हिजो ११३ औ पटक बिहे नभएकोमा आफै लाइ बधाई दिए, तट। अब मूजि सेल खाने भनेर हिडीया छ तर त्यो अनुहार नपरेको सेल कसरी खाने ? पकाऊ भने मैले पनि ऐले सम्म खासै सेल पकाको छैन । तै पनि मूजि हिम्मत जुटाए, साथीको बुडी बाट भान्साको कमाण्ड सम्हाले, एप्रोंन लाए, youtoube खोले, ५ मिनट video हेरे अनि मूजि सुरु गरे आफ्नै किसिमले सेल पकाउन । पहिलो सेल सिनक्रोनाइँज भएन र बिग्रियो, फेरी एकाग्र भए तेल अलि बढी तताए धुवा निस्कियो अनि दोस्रो प्रयासको नतिजा एस्तो आयो तल हेर्नुस । हिजो मूजि जिन्दगिमा एउटा अर्को पाठ सिके, नराम्री, नपढेकी भए नि बिहे चै न्यारनी/ज्यपुनी संग नै गर्नु पर्ने रैछ। कमसेकम खानले चै मरिन्न गाँठे
haku is back · Nov 5, 2021 2:06 PM · 2,149 views
भात्माराहरु मुखले एक कामले अर्को गर्छन तेस्माथि हाक्चा को के कुरा? घनिष्टता छ भन्दै उता तिर मिठो बिषेशण को माला " पर्वते " पहिर्याई सक्यो | बजैले भन्थिन यो जात पात भनेको जात पात नै हो, बुढा पाकाको भनाइ ठिकै रहेछ |
logan · Nov 5, 2021 2:26 PM
"पर्वते " आफैमा नराम्रो सब्द होइन,पर्बतका ठकुरी बम्शीय राजा मित्र सेन र यिनका छेत्री भारदारले नेपाल एकिकारण गर्न र काठमाडौँ उपत्यका का मल्ल राजालाइ धुलो चटाई किर्तिपुरका रजौटाको नाक काट्न पृथ्वीनारायण शाह लाइ ठुलो सहयोग गरेको हुनले पर्वते "खस" हरुलाई बिसेष मेजमानीका साथ पृथ्वी नारायण शाहले काठमाडौँमा स्थानतरण गरेका हुन् । काठमाडौँका नेवार माथि पृथ्वीनारायणले गरेको थिचोमिचोमा पर्बत बाटआएका पर्वते खस, ठकुरीले सहयोग गरेको हुनाले काठमाडौँका रैथाने नेवार र पर्वते बीच ३६ को आकडा छ, अन्यथा समग्र नेपालको एकीकरणमा नेवार समुदायले पर्वते छेत्रीको उच्च प्रसंसा गरेको छ । पछि सम्पूर्ण छेत्री लाइ पर्वते भन्न थालियो जुन गलत छ ।
haku is back · Nov 5, 2021 2:52 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion