तँ त गइहालिस् एक मुठी तातो पानी दिने कोही छैनन् ठिकै भयो जस्तो पो लाग्न थाल्यो दुःखै लुक्यो तेरो! छोरो अफलाइनमा छोरी अनलाइनमा बुहारी चुनावमा व्यस्त नातिनातिना भिडिओ गेममा म ओच्छ्यानमा! एक मुठी तातो पानी दिने कोही छैनन् बुढी। तेरो इच्छा नै थियो आयुष्मती हुने, सेतो वस्त्र लाउनु नपरोस् भन्ने म रङ्गीन वस्त्र लगाएर पनि सुस्त मन कोही छैन बोल्ने र सुन्ने मेरो कुरा तेरो यादले सारै सताउँछ बुढी! काकाकुल झैं भएको छु एक मुठी तातो पानी दिने कोही छैनन् बुढी! तलाईं मैले तारी दिएँ जस्तो लाग्छ काम, किरिया, श्राद्ध, पिण्डदान सबै गराइदिएँ बैकुण्ठमा होलिस् सायद यता नहेर् ल! हेर्ने कोशिश पनि नगरे है मेरो लुगा रङ्गी बिरङ्गी भए पनि सारै मैलो छ मन एक मुठी तातो पानी दिने कोही छैनन् बुढी! चुठुवाको भरमा पिसाब चारपाउ टेकेर शौच जानुपर्छ खोकी र खकारको शब्दले घरमा भूकम्प आउँछ दह्रो मन् पारेको छु आँशु झार्दिनँ म तिर्खा लागे तँ सम्झिन्छु मेटिन्छ प्यास निकै एक मुठी तातो पानी दिने कोही छैनन् बुढी। दस दान र आतुरी दान पनि गरिदिए गुरूले छोरी आएकी थिई तातो पानी खाने थर्मस ल्याइदिएकी छे हात खर्च पनि दिएर गई के गर्नु यो पैसाले माथि नै जाने प्रार्थना गर्छु! बाँकी प्रभु इच्छा एक मुठी तातो पानी दिने कोई छैनन् बुढी! हाम्रो बिहेमा जुवा खेल्दा पनि तैंले जितेको र दही खुवाउँदा पनि तैंले नै जितेको याद आउँछ जीवन युद्धमा पनि तैंले नै बाजी जितिस् दुःखै नपाई तँ त गइस् दुःख कसलाई सुनाऊँ मलाई चिल्लो लाउने बोटुको कुच्चिएर नानीहरूले धूलो माटोमा भात भात खेल्छन्, हेरिरहन्छु म एक मुठी तातो पानी दिने कोही छैनन् .
kattu tiwari · Oct 12, 2021 4:38 PM · 23,713 views
Good one kattu!
Ketofarar · Oct 12, 2021 10:37 PM
ढुक्कुरका कथा, चिक्नी चेमिलीका कथा , रति छेदनम सति भोगनम का कथा , माल्द्वरमा टासिका चुर्ना र चिर्हहरण गर्न सति सावित्री लाइ लिएर द्वारपाले भनेका थिए , एक निवेश मा कोइ आउछ भने तेस्लाई भोगले वा भागले निमिट्यान्न पार्न सकिन्छ कि सकिन्न भन्ने संकल्प सहित को बोदर्थ र सोदर्थमा बिजय दशमी लाइ जोडेर हेर्दा कतिखेर भिनाजु आउछ र तेस्को सुरुवालको इजारमा झुण्डीएर दसैँको लिङ्गे पिङ्गको स्वाद परदेशमै भए पनि लिउला भनेर पर्खाईमा बसेका सालाहरुमा लौउ समर्पितायामी /
kattu tiwari · Oct 13, 2021 12:02 PM
यो कबिताको कन्टेक्स्ट के होला? प्रचन्डले बुढी स्वर्गे भएछी लेखेको भनेर सोचिएको हो या के हो? मैले त कतै साचै बुढी परमधाम भएछन कि भनेर सोचेको। अनी यो एक मुठी तातो पानी भनेको के?? एक डाडु तातो पानी होला, एक ताप्के तातो पानी होला, एक जग, एक गिलास, एक चम्चा होला। पानी त्यो पनि तातो कतै मुठिमा अट्ने भए त अजिपै हुन्थ्यो होला हो। यो त सार्है भो। अहिलेको जमानामा मुठी-मुठीमा कसैले तातो पानी पिलाउनु भनेको श्रोतालाई उल्लु सम्झनु हो। कबिता लेख्नुभाको छ, तर काब्यत्मक छनक छैन, कथा जस्तो गरी लेख्नुभाको छ तर कन्टेस्क्ट खुलाइएको छैन, यो हो त के हो? कसैलाई बिल्ला गरिएको हो? कसैलाई बिनाकाम उडाइएको हो? के हो यो?
Bennedict · Oct 14, 2021 11:03 PM
Benney Yasto Kura bujhna lai mutu chahincha… joon ta sanga chaina . Ta ek machine hosh .
Sanaklaal · Oct 14, 2021 11:07 PM
कट्टुजी, अनी यो पछिको "श्री लोगन"जीको शैलिमा जवाफ फर्काएर के साबित गर्नुभाको हो? लोगनजीले त हामी सबैलाई उहाको "उपर से भि उपर" स्टाइलमा नेपाली लेख्ने शैलिले यहाँ साझाबासिको दिमाग, शान्ती, सुख, चैन सबको गन्जागोल गरेको अवस्थामा तपाईंको यो जवाफ के हो? हामी त झन बुद्दु को बुद्दु भाका छम। प्रभु रक्षा गर। Last edited: 14-Oct-21 11:09 PM
Bennedict · Oct 14, 2021 11:08 PM
Muthhi jati bhanna khojya hola dicttt.
Sanaklaal · Oct 14, 2021 11:08 PM
अन्जुली होला उसो भए, मुठिमा पानी कसरी अट्छ हँ?
Bennedict · Oct 14, 2021 11:11 PM
साझामा साहित्यकार हरु कुलेलम ठोकि सके झैँ लाग्थ्यो | अरु बाकि सबै हडुवा र भडुवा को हुल हरु भिरुंगी लागेका एइला को बोटल मात्रै सुगेर मातेका हरु ठम ठम सोझो भएर हिड्दै छौ ठान्ने हरु, ढेडु को नक्कल गंर्ने बच्चा माका हरु बेला कुबेला हाँगा हल्लाए झैँ हल्लीन्छन र संसार थर्काएको स्वप्निल दिन बिताउन साझामा सधै बास छ | भन्नु होला त चै कुन ड्याङ्ग को मुला होस, म त मदारी र मदारीको माका को नाच हेर्न छिरेको दर्शक हु र बेला बेलामा टिप्पणि गर्न पछि नपरेको कारणले हो | २ - ४ ओटा कबिता कोर्दैमा भाषा शास्त्री हुईदैन र जित्ने पर्ने बालहठको कारण २ हरफ कोर्नु पर्ने बाध्याता भयो | भर्याङ्ग के हो सुन्दै न सुनेकोलाइ लिस्नो कुन चरीको नाम हो भन्दै बसला ? नेपालि भाषामा खाने र पिउने कुरा तेती छुट्याएर बोल्ने लेख्ने गरेको पाईदैन | बाटो ( पहाडी ) हिडदा वा कुनै नदि नाला वा धारा वाट पानि खादा/ पिउदा मुठ्ठिले पीइदैन, (दुवै हात) अन्जुलीले पीइञ्छ | अनि अन्जुलिको प्रयोग पानि पिउने कुरामा सबै तिर प्रयोग हुनु पर्ने कुरा दोहोरिएको मात्र होईन तेहेरिएको ले अरुले पानि पियाईदिदा " मुठ्ठी " को प्रयोग उपयुक्त देखिन्छ र हुन्छ | शाब्दिक सुद्दता लाइ ठेट शब्दले replace गर्न पाइदैन भन्नु एउटा बालहठ नै जस्तो लाग्यो | अर्को तिर नेपालि उखान टुक्का मा मुठ्ठि शब्दको प्रयोग गहिर्याइमा पुर्याउछ | "एक मुठ्ठी सास रहुन्जेल आश हुन्छ वा रहन्छ" , तर्क को लागि तर्क गरि कुरा लम्ब्याउनलाइ जे जे भने पनि भै हाल्यो नि | साझा बासि हरु: त हरु . तिमि हरु , तपाइँ हरु , मुजी हजुर हरुलाई कुनै धागोमा देखिएको र भएका टिका टिप्पणी लाइ नमुछी यहि धागो संग मात्र सिमित राखेको छु | कृपया खोजि खोजि तेती नभएर सब्स्क्राईब गरेर वा मिल्दै नमिले पनि बाल्टीनमा भएको पानि धमिल्याएर माछा मार्न खोज्ने हरु लाइ तेसो नगर्न अनुरोध संगै ढनुस्टनकार नामास्कार गर्छु |
logan · Oct 19, 2021 12:40 PM
अनि, विद्वान मोहोदय ,के हो "श्री लोगन"जीको शैलि भनेको ? हेपेको कि उडाको? २ ४ ओटा छन्द न बन्दको बाल साहित्य लेखेर आफैले आफैलाई कबि शिरोमनिको उपादीद्वारा बिभोसिद विद्वान लाई यो थाहा रैन रैछकि कुनै व्यक्तिको अगाडी "श्री " झुन्ड्याई राख्नु पर्दैन कसैलाई उडाउने मनसाय छैन भने. "श्री लोगन"जीको शैलि भनेको के हो, प्रस्ट गर्दिनु पर्यो. भन्न त मन थिएन तर भन्नै पर्ने आवस्था आयो, तपाईले आफैले आफैलाई "साझा कबि शिरोमनि " भन्नु र दीपक राज गिरिले आफै लाई महानायक भन्नु उस्तै उस्तै हो अझ तपाइको आवस्था बढी हास्यस्पाद होला, मखुला ?
haku is back · Oct 19, 2021 1:58 PM
ख: हो कि मखु; यु हाकु इज ब्याक एंड वेलाकम टु साझा | मुख हुदा हुदै नाक ले पानि पिउने होड मा ब्रो पनि अघ्रपंक्ति मै हुनुहुन्छ , लाइक पनि दिई हालु हालु लाग्यो |
logan · Oct 19, 2021 2:07 PM
खासाँ ख पनि होइन खु पनि होइन, मख्ला हो , बाहिरी समुदायले हेर्दा नेवारी भाषा र संस्कृति एकै देखे पनि यो भित्र बिबिद्ता छ । भोट बाट आएका भोटबर्मेली नेवारहरु व्यापार गरेर खासा तातोपानी, रोसी खोला तिर ओखलढुंगा, दिक्तेल, दोलखा, जिरी तिर बसे, तिनीहरुले प्रयोग गर्ने भाषा एउटा छ । अरनिकोले बस्ति बसाएका बनेपा, भादगाउँ , धुलिखेल, खोपे, ल्याखे, पाले, वाले, बुन्ग्मति, खोकना, कोइना चोभार थसी हरु आफ्नो कुल देउता दोलखा भीमसेन मान्छन, यिनको बोल्ने सैली नेवार भैकन फरक छ । रातो मछिन्द्र नाथ लाई अस्ट कुल देउता सम्झने आफल, च्यासल, महापाल, धौगल, सौगल, नागबहाल,कुन्ती, चंकी, प्युगल आदि ठाउँमा बोलिने भाषा बेग्लै छ । सेता मछिन्द्र नाथ लाइ कुल सम्झने नेवार असन, इन्द्रोचोक, तटको, नबहिल , पाको , क्वात्को आदि क्षेत्रमा बोलिने भाषा अर्कै छ । तहगत हिसाबमा बोलिने भाषा अलि बेग्लै हुन्छ जस्तै च्यामे, पोडे, बलामी , व्यंजनकार , चित्रकार, सिल्पकरको एक किसिमको सैली हुन्छ , श्रेष्ठ, प्रधान, महर्जन , डंगोल, रंजित आदिले बोल्ने सैली अलिक फरक हुन्छ । म लुवु सानागाउँ , हर्सिद्धि तिर पढे हुर्केको मान्छेको बोल्ने/लेख्ने सैली अलि फरक हुन्छ । सहर ( पाटन) का नेवारले हाम्रो बोल्ने सैली सुन्न साथ गामु ( गाउले ) भनेर हेप्छन । नेवार भाषा महासागर हो , एक तिरको ठिक अर्को तिर बेठिक हुन सक्छ ।
haku is back · Oct 19, 2021 2:37 PM
2 jana baaaaasi bhaaat haru competition ko laagi aaye feri. Aba herdai jao hai… Last edited: 19-Oct-21 04:40 PM
Sanaklaal · Oct 19, 2021 4:40 PM
साभार साझा : २ -४ जनालाई हातले होइन लन्डले झापट दिउ जस्तो लाग्छ | मलाइ पनि तेस्तै लाग्दै छ |
Logan · Oct 21, 2021 10:58 AM
हाकु उर्फ अन्डीजी, "श्री लोगन"जी शैली भनेको लोगनजीलाई आदर दर्शाको हो हजुर, तपाईंले के बुझ्नुभो अब राम जाने। उसै त यहाँ साझाहुदो टण्ट मार्ने साह्रो चलन छ। यसै क्रममा तपाईंलाई मैले पनि "श्री लोगनजी" भनेर टण्ट मारेको जस्तो लागेमा आई एम सरी। अनी मैले कहिले भनिन कि म कुनै कबि हुँँ, कबिता के हो भन्ने चै आईडिया छ तेही भर यो माथिको कबिताको बारेमा केही भनेको चै हो। अब साझामा कबिता भनेर लेखेची चै कृटीसिज्म पनि लिन आटँ चै हुनुपर्छ ल नत्र चै कागजमा लेखेर ढोका बन्द गरेर ठुलो ठुलो स्वरमा भट्टाउदै बसेर आफुलाई मक्ख बनाएर बसे हुन्छ। "साझा कबि शिरोमणी" भनेर ट्याग चै मैले कहिले खोजिन उल्टै यो बिल्ला तपाईं मलाई दिन आतुर मैले देखे पो हो। बाँकी हजुरको नेपाली त कस्तो प्रस्ट भएछ गाँठे, नेवारी "ट", ट", "म", "म" पुरा गायब हँ? एउटा जले गाउँको निठल्ला नेवाँरको एक्टिङ गरेची त कमसे कम त्यो कायम त राख्नु, के हो यस्तो निकम्मापन? म सँग रिस उठेची त आएछ आफ्नो असली रूपमा। कठै बरा।
Bennedict · Oct 23, 2021 12:06 AM
साझाका तथाकथित सुधारक र आफुलाइ सर्बे सर्बा ठान्नेहरु ठाउँ र प्रसङ्ग बिना लाटाले बाउको नाम लिए जस्तो नाम नलिई खाको पच्दैनौ ? कसैको नाम बिगरेर हजुरलाई पनि दिग्बिजय नै भान भएको होला होईन ? साझामा मिसिसिनरीले बाउ , बाजे भिनाजु राखे पछि तेही हुन्छ भन्ने ठानी नया धागो सृजना गरि वाहि वाहि संगै लाईक पनि पाउनु भएको छ | तर मैले "बेन्निदिक्टकोभिनाजु" राखे भने म तपाइको भिनाजु भै हाले भने कुरा लेखि तपाइको धागो मा टिप्पणि र तापाइको प्रस्नको उत्तर दिएको मेटाउनु भएछ ? कहिँ तपाइको शुक्ष्म दिमागले मै भिनाजु भै हाल्यो भन्ने ठान्यो कि क्याहो ? साझामा धेरै तिरमान खान हरु मध्हे तपाइँ बेन्निडेक्ट ब्रो चै गोबरका किरा होईन पाइखाना मा मानब गोबर को किरा चाटेर साझा छिर्नु भए जस्तो भनि छुट्याउन खोज्नु तपाईले मलाइ प्रसं गर्नु भयो, दिएको उत्तर मेटाउनु भयो : लौ यही धागो दिन्छु " बेनीकोभिनाजु" बाट खाता खोलने तपाइको भिनाजु हुन्छ ?हुँदैन भने तेस्ता कुरा सोधी बस्ने ? नाम को अगाडी श्री राखे पनि श्रीपाच राखे पनि तेस्ले तर्तिक भिन्नता के मा प्रस्ट हुन्छ ? गोबर लाइ गोबर गरेश भन्नु र गोबर्गारेश लाइ गोबर भन्नुमा फरक देखु भएन ? सुतेको लाइ उठाउन सजिलो हुन्छ तर सुतेको नाटक गर्ने लाइ उठाउन ३ जुनी कुर्नु पर्छ .
kattu tiwari · Oct 25, 2021 4:16 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion