छेरपाटीले तहसनहस पारेको चाक भत-भत पोलिराथ्यो, सकि-नसकि फेस्बुकाँ लगिन गरें। डिक बहादुर ठोकर भनेर सर्च गर्दा फेला परेन मुर्दार । चिक्नेले आफ्नो नाम 'बेनिडिक' नै राखेर मरिसक्यो कि भनेर त्यो नि सर्च गरें, छैन त। परेन फसाद अब ? आफ्नो छेरपाटी एपिफेनि फ्लप होला जस्तो भो। येसो साईडाँ हेर्छु त नयाँ फ्रेन्ड रिक्वेस्ट। कुन चैनि गोबर गणेश रैछ मुजि हगनको बेलाँ लगन खोज्नी भनेर हेरेको त सुन्दर ठोकर रे | चिक्नेले नाम पनि कस्तो रोजेछ जस्तो लाग्यो। तर त्यो मुजि सँग बिहे थोडि गर्नु थियो र मलई, सुन्दर होस कि बेनिडिक, आफ्नो दुनो सोझ्याउने काम थियो मेरो, रिक्वेस्ट एक्सेप्ट गरेर टुच्च मेसेज नि पठाईंदिएँ " हाई, हाउ आर यु?" भनेर। रोगि मोरो साईब्राँ ढुकेर बसिरा रैछ, तु रिप्लाई आयो " हाई, इ याम फाईन, हाउ आर यु?" चिक्ने सगँ स्मल-टक गरेर न त मलाई आफ्नो दिमाग तताउनु थियो, न त तोरीलाई कु्नै 'रन्ग आईडीया' नै दिनु थियो, सिधै प्वाईन्टाँ पुगें "हामी भेट्न मिल्छ आज?" "स्योर, मुनल्याण्डमा भेटम न त।" मैले दिन नखोजेको त्यो 'रन्ग आईडीया' लण्डफकिरले पाईसक्या रैछ, मुनल्याण्डाँ भेटेर कहाँ कहाँ ल्याण्ड गर्ने सपना देख्यो होला पातकीले जस्तो लाग्यो, भाउन्न भयेर आयो। पुनः एकचोटि आफुलाई कन्ट्रोल गरेर कन्भर्सेसन कन्टिनिउ गरें "मुनल्याण्डमा त मिल्दैन, प्याराडाईस क्याफे (नाम परिवर्तित) मा भेट्दा हुन्न ? ४ बजे?" प्याराडाईस क्याफे त के, गु को ढलाँ बोलाको भे हुन्छ भन्थ्यो जाँठोले, ४ बजे भेट्ने निधो भो। रण्डोले डेट भन्ठान्यो, आफ्नोलागि भने क्राईसीस म्यानेजमेन्ट। लास्टाँ टुच्च दियें "तर कस्सैलाई नभन है, प्लीज!" अलि हेर्न लाएक केटोलाई भेट्न गाको भे बाउ-आमाले देखे नि अलिकति गालि गर्थे, बिर्सिन्थे होला। येस्तो पोल्दा-पोल्दै उछिट्टीएको जस्तोसँग भेटे भने त दुइटैले आत्महत्या गर्न बेर थिएन, घराँ सुइँको दिनै हुन्थेन। मामुलाई साथिको बड्डे छ, अलिकती पैसा दिस्यो न, ६ बजे फर्किन्छु ब्ला ब्ला दिएं। आफुलाई जन्म दिने आमालाई ढाँटेर काँई-न-काँईको लाँडेलाई भेट्न जाँदा मन अलि खिन्न त भो तर कुरुक्षेत्र्मा धर्मवीर युधिस्ठीरले बोलेको झुट जस्तै मेरो झुट पनि सर्वहितकै लागि थियो, मनमनै मामुसँग माफी माँगे। त्येस्ता काईतेलाई भेट्न जाँदा सेक्सी भएर जानि कुरो नि भएन, भ्यात्ल्याक्क परेको थोत्रो लुगा लाएर, मेकअप-सेकअप नगरि सकेसम्म नराम्री भएर रेडी भएँ, येस्सो घडी हेरेको टन्न टाईम बाँकि रैछ, येस्सो मन भुलाउन भनेर फेस्बुक खोलेको त 'प्लिज कन्फर्म योर रिलेसनसिप विथ सुन्दर ठोकर' पो भन्छ त। हिन्दि फिलिम तिर "पैर के निचे से जमिन फिसल गै" भन्या जस्तो भो, पेट पानी भो, कुनै पनि सेकेण्ड मेरो अन्डर्वेरमा छेरपाटीय बिस्फोट होला जस्तो भो।हत्त-न-पत्त त्यो रिक्वेस्ट क्यान्सिल गरें, आफ्नो प्रोफईल चेक गरें, केहि ड्यामेज भा रैनछ 'धन्न मार्क जुकर्बर्ग, येति भे नि गर्या रैछस' जस्तो लाग्यो। त्यो मुजि मर्न नसकेको ना्ठोको प्रोफाईल नि चेक गरें, 'सुन्दर ठोकर इज इन अ रिलेनसिप' भन्ने मात्र रैछ, आफ्नो नाम कतै देखिन, मार्क जुकर्बर्गलाई फेरि धन्यबाद टक्र्याएक दौडिएँ फेरि घुसलखानातिर। छेरपाटीले आफ्नो कर्तब्य निभायो। मैले पुर्व जुनिमा यो जुनिको चाकको प्वाल भाकल गरेर गुहेस्वोरि मातालाई समर्पित पो गरेको रैछु कि जस्तो लाग्यो। तर जति वाधा-विघ्न आए नि मलाई त्यो इस्यु सल्भ गर्नु थियो, छेरि-ओरि, हात-मुख धोएर हिडें प्याराडाईस क्याफे तिर। भालुको काई परेको चाक त आनन्दसँग चुरोट पो तान्दै रैछ पछाडीको बुथाँ बसेर। मलाई देखेर टाँस्सीएर बस्छे होला जस्तो गरेर साईड तिर सर्न खोज्दैथ्यो, म अपोजिटको बेन्चमा बसें। कफी अर्डर गरियो, ब्रो मस्किन खोज्दै थियो, मँ चाईं मुजि सँग रिजन गर्न आफुलाई मेन्टल्ली प्रीपेर गर्दै थियें। त्येतिकैमा कफी आयो, कफी ल्याउने दाईले मेरो भाईब फील गरे कि के हो बेनिडिकलाई डरलाग्दो स्टेर दिये एक्छिन। मलाई अलिकति आँट आयो, कुरो सुरु गरें। कफी खतम गरुन्जेल बिभिन्न कोणहरुबाट आफ्नो बिचार राखें। मैले तेस्लाई 'जस्ट फ्रेन्डस' को रुपमा हेरेको देखि, चिक्नेको येस्तो ब्यवहारको कारण मलाई कलेज देखि घर सम्म गरो हुन सक्ने सम्म सबै सम्झाए, तर मुजि बिग्रेको बाजा जस्तै खालि 'तर म तिमिलाई माया गर्छु ब्ला ब्ला ब्ला' पो भनिरहन्छ। एक घण्टा जस्तो सम्झाएपछि बल्ल गएर चिक्नेको घैंटाँ घाम लाग्या जस्तो कुरो गर्न थाल्यो। लास्टाँ आएर रण्डीको बानले 'तिमिले भनेको सबै कुरा मान्छु, तर जाने बेल एक किस दिनु पर्छ' पो भन्छ, त्यो पनि टन्ग किस रे। एक मन ले 'एस्तो सुकुलगुण्डोको थुक चुस्नु भन्दा त मोर्नु बेस' भन्यो, तर अर्को मनले 'कोइ छैन वरिपरि, दुइ सेकेण्ड चुसुक्क चुम्दैमा सबै समस्या हल हुन्छ भने केइ हुन्न' भन्यो। एकछिन सोचेर 'दुइ सेकण्ड, अनि एता-उति हात लानि हैन है त?' भनेर सोधेको हुन्छ भन्यो। आफुलाई मेन्टल्लि प्रीपेर गरेर 'लु ओके' भने, चिक्ने मेरो बेन्चमा आएर बस्यो, म नर्वस भएर भित्ता तिर पुगें, उ आँखा चिम्लेर मेरो ओठतिर ओठ जोड्न आयो। तर अचानक मेरा आँखा पुगे माम्पकाको ओठमाथिको सिगानको पाप्रोमा। मेरो दीमागमा त्यो क्षण के चल्यो याद छैन, मैले दायाँ हातले चट्याक्य एक चड्कन लगाएछु, प्याराडाईस क्याफे पुरै गुन्जायमान हुने गरि। अघिको कफि ल्याउने दाई दौडिदै आईपुगे के भो भन्दै। मेरो दीमागले एक मिलिसेकेण्डमै बेनिडिकलाई दोष दिने प्लान बनाईसकेछ। दाई लाई देख्ने बित्तिकै ह्वाँ-ह्वाँ रुदै आफुलाई बेनेडिकले कलेजको नोटस् दिने भनेर बोलएर चान्स लिन खोजेको अनि तेइ भएर उस्लाई झाप्पु हनेको विवरण दिन पुगे्छु। दाईले पनि दुइ-तिन झाप्पु लगाई हाले बिचरोलाई त्यैं को त्यै। पुलिस बोलाउने कुर गर्दै थिये, मैले भयो पर्दैन छोडिदिनुस भने, दाईले क्याफेको बिल को पैसा लिएर अर्को दुइ तिन झाप्पु, एक दुइ लात हानेर 'फेरि एस्तो गरिस भने पुलिस बोलाउँछु', 'एता उति देखिईस भने कुटाई खान्छास', 'बैनि सँग हात जोडेर माफि माग' आदि भनेर घोक्रे ठ्याक लगाए बिचरो बेनिडिकलाई। चिक्ने सुँक्क-सुँक्क रुदै आफ्नो बाटो लाग्यो। 'यो मुजि लोखर्केले अब देखि म सँग नीउँ खोज्दैन ' मेरो मनले शान्ति पायो। क्रमष
Bir_Nepali · Sep 29, 2021 4:38 PM · 2,222 views
Part 3 pls
haku is back · Sep 30, 2021 5:48 PM
part 3 needed ..... bendikh is desperate to read part 3 and laugh a lot re ....... he told me dat ....... Last edited: 03-Oct-21 05:48 AM
pandeyji · Oct 3, 2021 5:47 AM
part 3 chaiyo ........ loghun is waiting from long time .........
pandeyji · Oct 3, 2021 8:06 AM
khoi ta part 3 .....
pandeyji · Oct 4, 2021 4:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion