कुनै जादु थियो, कुनै संगीत यो त भ्रम थियो, यो हो की प्रीत कुनै भाव थियो, कुनै गीत यो त खेल थियो, यो हो कि जीत आवाजमा खोजिरहे शब्दहरु हारेर बिसाएँ बोल्यौ मौनतामा आँखामा खोजिहरे छविहरु थाकेर निदाएँ मुस्कायौ मनमा गोरेटोमा खोजिरहे पाइलाहरू अडेर सुस्ताए आयौ जीवनमा सपनामा खोजिरहे साथहरू झस्केर बिउँझिए भित्रियौ आत्मामा
nepalikaila · Sep 15, 2021 12:45 PM · 6,131 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion