भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो, खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो, आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो, लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर र्डर्दैन त्यो, व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो, सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो, मैलो भष्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो, हाहाकार सरी मिठो अरु कुनै संङ्गीत गाउन्न त्यो जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो, जत्ती मिल्छ उती उकेल्दछ पनि केही पचाउन्न त्यो, यै चालासित कल्पकल्प कहिल्यै खाई अघाउन्न त्यो -Lekhnath Paudyal
pandeyji · Jan 8, 2021 9:43 PM · 20,816 views
Thanks for this great poem from Kabi Shiromani.
adhikari_bandhu · Jan 10, 2021 9:54 PM
यो कबितासँग मेरो बाल्यकालको याद आयो। स्कुल हुँदा कबिता वाचन कम्पिटिशन हुन्थ्यो, अनी कबिताहरु कन्ठश्थ भन्नुपर्थ्यो, सबैको अगाडि, तेतिखेर त के गरिरहेका होला हामी जस्तो लाग्थ्यो, को लेख्छ अहिलेको जमनामा कथा-कबिता भनेर, तर जिन्दगीले आफुलाई पनि केही लेख्ने चै बनाइदियो, धेर-थोर। मृत्युसँग नजिकको साछात्कार नभएर होला सानोमा, हामी अबोध थियौ, साथीले यो कबिता भन्दा, हरेक हरफको अन्तमा "को?" "त्यो" गर्दै मजाक गरेको याद आउछ, तर भरे आँफैले नजिकको कोही गुमाएपछी चै यो कबिताको मर्म ज्ञान भयो भनौ। खैर, यस्तै रहेछ जिन्दगी।
Bennedict · Jan 11, 2021 12:15 PM
यी मूजि पाण्डेले दरै लेखे त खत्रा मुन्छे हुन् की क्या हो भन्दै पढेको अन्तिममा आएर थाहा भयो , "यो कबितासँग मेरो बाल्यकालको याद आयो"- बेनीडिक्ट । म चै हजुर ऐले सम्म पनि बाल्ये आवस्थामै हुनुहुन्छ भन्ने कुरोमा बिस्वोस्थ छु ।
logankobaje · Jan 11, 2021 8:37 PM
@Benedict हो मेरो नि बाल्यकाल को मन पर्ने कविता हो यो मलाई मन पर्ने लिने चै "इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो, आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो," @बाजे येत्तिको कविता पाण्डे ले लेख्ने भाको भए कबि सिरोमानी नै हुन्थ्यो होला नि पाण्डे :D
pandeyji · Jan 11, 2021 9:06 PM
@Benedict हो मेरो पनि सानो को मन पर्ने कविता नही हो यो मेरो मन पर्ने लायिन चै "इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो, आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो, " @बाजे येत्तिको कविता पाण्डे ले लेख्ने भाको भए पाण्डे कबि सिरोमानी नै हुन्थ्यो होला नि :D
pandeyji · Jan 11, 2021 9:09 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion