यति हसाउने लेखक अरु कोहि जन्मेको छैन(अनि, यति रुवाउने पनि कोहि जन्मेको छैन)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भैरव अर्यालका जय भुँडि, भोलि जस्ता हास्य निवन्ध पढेर मुर्छा परेर हाँसिन्थ्यो पहिला .. अहिले उनको सुसाइड नोट पढ्दा मन नै चसक्क भएको छ।  दर्शकहरुले माग गरेको भएर भैरव अर्यालको जिवनि भिडियो बनाउँदै गर्दा उनको दुखदायि जिन्दगिको बारेमा थाह भयो। मन कटक्क खायो, अति नै दुख लाग्यो । परिचय भिडियो बनाएपछि मात्रै उनले लेखेका चिठि पढ्ने अवसर प्राप्त भयो । (अहिले बनेको भिडियो यो पोष्टको अन्त्यमा छ ।  चिठिहरु पढेर अनि थप जानकारि जम्मा गरेर अर्को भिडियो बनाउने छु) अपडेट :  https://www.youtube.com/watch?... मर्नु भन्दा अघि छोरा छोरिलाइ लेखेको चिठि : भैरब अर्यालले असोज १९, २०३३ साल मध्यरातमा गोकर्ण मन्दिर नजिकको काठे पुलबाट बागमती खोलामा हाम फालेर आत्महत्या गरेका हुन ! घाटीको कारण हो कि भन्ने आशंका ,घाटिको स्वरको प्रसङ्ग धेरैले गरेका छ्न किताबमा ! तर एकिन कारण चै सबैजसोले खुट्याएका छैनन (खुट्याउन सक्ने कुरा पनि भएन ) उनी तेस्रो पटक सम्मको आत्महत्या असफल भएपछि चौथो पटकमा हाम फालेर मरेका रैछन। [शाश्वत व्यङ्ग्यशील्पी(किताबबाट),सं. रोचक घिमिरे] उनको आवाज कस्तो थियो भन्ने त, उनले वाचन गरेको सुनेर थाह हुन्छ - उनको स्वर त्यस्तो खराव नै भएको जस्तो चाँहि लागेन मलाइ। कमेन्ट गर्नु भएमा आभारि हुने थिएँ । धन्यवाद https://www.youtube.com/watch?... Last edited: 19-Sep-19 02:03 PM

AnandNepal · Sep 17, 2019 3:15 PM · 17,694 views

5 Replies

यो कविताले पनि उनको डिप्रेसन देखाउँछ !

AnandNepal · Sep 17, 2019 3:38 PM

नेपाल साप्ताहिकमा प्रकाशित भएको रहेछ उनको आँफ्नै हस्ताक्षरमा ..

AnandNepal · Sep 18, 2019 7:01 AM

ल सबै वाचन गरेर यो भिडियो बनाएको छु https://www.youtube.com/watch?...

AnandNepal · Sep 18, 2019 10:35 PM

यो पनि .. उनैले लेखेका हुन रे

AnandNepal · Sep 19, 2019 2:05 PM

उनि जीउँदो भएको भए हिजो ८६ बर्षका हुने रहेछ ... तर बिडम्बना उनि बितेकै ४५ बर्ष भै सक्यो .. छोटो जीवनकालमा अति नै उत्कृष्ट सृजना दिएका भैरव अर्याललाइ श्रद्धान्जली पनि हाँस्दै दिनु पर्छ !! यि छ वटा मलाइ बिछट्टै मन परेका हास्य : https://youtu.be/iqDiXEZ5qn4

AnandNepal · Sep 21, 2021 2:16 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion