अरु साथी को कस्तो छ खै मेरो त सम्बन्ध नै धराप मा पार्यो, १० वर्ष लगेर एउटा बिसाए पढियो, न त्यो बिसाए मा काम पाइयो, यता छिरेको २ ३ बर्स भयो, कैले कता कैले कता, राम्रो skill नि छैन, यो उमेर (३० +) मा धेर्रै advance course नि गर्न सकिन, बिबाह भाको नि २ ३ वर्ष भयो, बिबाह भए देखि खासै संगै नि बस्न पाको छैन, उ पूर्व म पश्चिम, weekend मा गएर भेट्न नि नसकिने दुरी मा छौ, भेट हुन लाई कम्ति मा १० दिन को छुट्टि चाहिन्छ र गर्तिलो पैसा नि, म खासै राम्रो छैन, उनि मलाई चौपट्टै राम्रो लाग्छ, २५ बर्स सम्म कसैले फुटेको आखा ले हेरेनन, love गर्ने कति कोसिस गरियो, सधै फेल, उनि मलाई मेरो जिन्दगी को सबै भन्दा ठुलो बरदान जस्तो लाग्छ, भन्नु पर्दा उसैलाई खुसि बनौन र सानो सुखी परिवार को निर्माण गर्न दिल ज्यान दिएर लागेको छु, तर यो long distance relationship ले धोका देला जस्तो लाग्छ, उनि working lady हुन् उनको ओरि परि सधै राम्रा राम्रा को ताती लाग्छ, face book को message हेर्छु दुनिया ले दुनिया थरि लेखि पाठाका हुन्छन ... मैले बाहिर बाट हेर्दा उनि म प्रति फुल comitted नै भाको देख्छु..केहि साथी हरु ले अलि अलि गाई गुइ कुरा सुनौछन मन मा चिसो पश्चा..ग्रीन कार्ड को चक्कर मा धेरै पैसा खर्च भयो.. नेपाली ले गर्ने सबै काम गरियो..कमाको आदा जसो पैसा ग्रीन कार्ड को चक्कर मा खर्च भाको छ, GC बने पछि यो काम छोडेर सानो तिनो व्यापार गरु भनेको त्यो नि सम्भब नहोला जस्तो छ,,, उता घर नागको दसक भन्दा बादी भै सक्यो.. १८ १९ वर्ष मा यहाँ छिरेको ऐले तेस्को दोब्बर उमेर हुने बेला भै सक्यो. मेरो सम्बन्ध बिग्रियो भने तेस्को धेरै जिम्बेवारी मेरै हो जस्तो मलाई लाग्छ, बिबाह गरेको १००० दिन मा मुस्किल ले मा १०० दिन उनि संग बसे होला, ऐले को उमेर ५ वर्ष पछि फेरी फर्किन्न, चादी बटुल्ने चक्कर मा आफु संग भएको हीरा फालेको अनुभब हुन थालेको छ मलाई, येदि भोलि उनको सम्बन्ध अरु कोइ संग भएछ भने नि त्यो बातावरण निर्माण गरेको मैले नै हो जस्तो लग्न थालेको छ आजो मलाई , केहि पाउन केहि गुमाउनु पर्छ तर थोरै पाउन धेरै गुमाएको अनुभव भै र छ मलाई.. ऐले सम्म केहि भाको छैन तर केहि नहुने सुनिस्चिता पनि छैन , काम छाडौ पैसा हुन्न, status गुम्ने खतरा छ , tps धराप मै छ, नछाडौ सम्बन्द धराप मा छ. कति साथी भाई को येस्तै समस्या होला कसै को gf नेपाल मा होला या कुनै कारण ले अरु state मा होलान, तपाई हरु ले long distance relationship कसोरी maintain गर्नु हुञ्छ??
kale dai · Jan 27, 2018 11:30 AM · 60,015 views
-Good luck sathi haru ho. Last edited: 11-Feb-18 01:08 PM
regidk · Feb 11, 2018 1:05 PM
"haku" the black is back
kale dai · Dec 4, 2020 3:49 PM
“काले दाईं” भाई लाई स्वागत छ है । आशा छ एस बीचमा नेपाल ग़एर बा आमा अंग सम्बन्ध नबिकरण गर्नु भो होला । मुख्य कुरा र जोई पोई को पूर्ब पश्चिम बसाई टूँगिएर एकै ठाऊमा ग़ूड़ बनायेर छाऊँरा छाऊँरि पारियों होला । येदि छैन भने जोई भएको ठाऊ यहाँ साझा मा झुक्केर पनी नभंनु नी , आजकल ब्वासा हरू नीकै छन येता पहिले भंदा धेरै । सुभकामना ग्रीन कार्ड को लागी येदि भएको छैन भने ।
salamkrishne · Dec 4, 2020 4:15 PM
ठिक भन्नु भयो, थन्के जस्ता पत्रहरुको कमि छैन यो समाजमा सलाम्क्रिसने
kale dai · Dec 4, 2020 4:34 PM
हो हो एउटा मित्र ले " नत थुतुनो नत मुतुनो" जोडन पाइञ्छ भन्दै गुनासो गर्दै थियो उनिहरु चै एकै घरमा हो काले भाइ जस्तो टाढाको बसाइ होईन |
Logan · Dec 4, 2020 4:41 PM
Last edited: 20-Dec-20 01:15 PM
Nas · Dec 4, 2020 6:29 PM
काले ब्रो वेलकम ब्याक। आशा छ तपाईँ को सबै समस्या समाधान भयो र अहिले हासी खुशी जिवन बिताइरहनु भएको छ होला।
Sajha keto · Dec 5, 2020 5:56 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion